
१७ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम तथा बजेटको विषयमा छलफल गर्न सोमबार बोलाएको सचिवालयको अनौपचारिक बैठकमा नेकपाका नेताहरुले ललिता निवास जग्गा प्रकरणमा पार्टीको बदनाम भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको बैठकमा नेकपाका सचिवालय सदस्यले सरकारले ल्याउन लागेको बजेटसँगै ललिता निवासकोे जग्गा प्रकरणबारे पनि आ–आफ्नो धारणा राखेका थिए ।
बैठकमा सहभागी सदस्यहरुले महासचिव नै सो प्रकरणमा मुछिएपछि पार्टीको बदनाम भएको भन्दै चिन्ता व्यक्त गरेका थिए । मंगलबारको नागरिक दैनिकबाट
वि.सं.२०७६ वैशाख १७ मंगलवार ०८:०५ मा प्रकाशित






























