
१८ बैशाख, काठमाडौं । जापानी सम्राट अकिहितोको नाति युवराज हिसाहितो पढ्ने कक्षा कोठामै हतियार राख्ने व्यक्तिका बारेमा सरकारले दोषी सार्वजनिक गर्न आफै सकेको छैन ।
ओजानोमिजु विश्वविद्यालयको जुनियर हाइस्कुलको एक कक्षा कोठाभित्र यूवराजको डेस्कमा हतियार भेटिएपछि जापानमा मात्र होइन, यो घटनाले संसारभरी चर्चा पाएको थियो । सम्राट अकिहितोले सत्ता छाडेको घोषणा गर्नु अगावै नाति युवराजको कोठामा त्यस्तो हतियार फेला पर्नुले जापानी प्रशासनको फितलो सुरक्षा प्रणाली उदांगो भएको टिप्पणी गरिदैंछ ।
किचनमा प्रयोग गर्ने दुई धार भएका चक्कु कसरी त्यहाँ पुग्यो भन्ने बारेमा सुरक्षा फुटेजका आधारमा अनुसन्धान भइरहेको र ‘एक हेल्मेट लगाएको व्यक्ति निलो कपडा लगाएर काम गर्ने मजदुरको भेषमा भित्र छिरेको’ प्रमाण प्रहरीले फेला पारेपनि यसबारेमा थप तथ्य अझै बाहिर आउन सकेको छैन ।
झण्डै २ सय वर्ष पछाडि शासन हस्तान्तरण हुन लागेको जापानी इतिहासमा नातिलाई सिध्याउने कुनै षडयन्त्र त थिएन भनेर प्रश्नहरु गरिएका छन् ।
वि.सं.२०७६ वैशाख १८ बुधवार १४:४६ मा प्रकाशित






























