Logo
७ चैत्र २०७९, मंगलवार
     Tue Mar 21 2023
E-paper
  English Edition
   Unicode
Logo

ललितपुरमा ७ तह प्रस्ताव



२६ कात्तिक, ललितपुर । दलहरुका बीचमा सहमति हुन नसकेपछि जिल्लास्तरको स्थानीय निकाय पुनःसंरचना प्राविधिक समितिले सात तहको प्रस्तावित खाका स्थानीय निकाय पुनःसंरचना आयोगलाई पठाएको छ ।

एक महानगरपालिका, एक उपमहानगरपालिका, दुई नगरपालिका र चारवटा गाउँपालिकासमेत गरेर सात तह प्रस्ताव गरिएको जिल्ला विकास समितिले जनाएकोे छ ।

स्थानीय निकाय पुनःसंरचना आयोगले तोकेको अन्तिम मितिसम्म सहमति हुन नसकेपछि प्राविधिक समितिले नै सो खाका पठाएको हो । दलहरुले भने दलको भूमिकालाई बेवास्ता गरेको आरोप लगाउँदै समितिले पठाएको खाकाप्रति असन्तुष्टि जनाएका छन् ।

जिविसले केन्द्र पुल्चोक नै रहने गरी हालको ललितपुर उपमहानगरपालिकालाई ३० वडा बनाएर महानगरपालिका प्रस्ताव गरेको छ । प्रतावित खाकामा गोदवारी नगरपालिका र महालक्ष्मी नगरपालिका समायोजन गरेर महागोदावरी उपमहानगरपालिका प्रस्ताव गरिएको छ । उपमहानगरपालिकाको केन्द्र सिद्धिपुर पानीट्याङ्की हुने प्रस्ताव गरिएको छ ।

यस्तै केन्द्र छम्पीमा रहने गरी बज्रविनायक नगरपालिका प्रस्ताव गरिएको छ । बज्रबाराही नगरपालिका र कार्यविनायक नगरपालिकामा देवीचउर गाविससमेत मिलाएर सो नयाँ नगरपालिका प्रस्ताव गरिएको हो ।

प्युटार, आश्राङ, गिम्दी र ठूला दुर्लुङ रहने गरी बागमती गाउँपालिका प्रस्ताव गरिएको छ । यो गाउँपालिकाको केन्द्र सुवाने बेसीमा राख्न भनिएको छ भने दक्षिण पूर्वमा पर्ने पाँच गाविसलाई समेटेर बन्न लागेको महाँकाल गाउँपालिकाको केन्द्र गोटीखेलमा राख्न प्रस्ताव गरिएको छ । गोटीखेल, बुखेल, मानिखेल, चन्दनपुर, कालेश्वर गाविस यस गाउँपालिकामा पर्नेछ ।

तामाङ जाति संरक्षित केन्द्रका रुपमा प्रस्ताव गरिएको कोन्जेसोम गाउँपालिकामा नल्लु, भारदेउ, चौघरे दलचोकी र शङ्खु गाविस परेका छन् । सो गाउँपालिको केन्द्र चौघरेको नामले चौर केन्द्र प्रस्ताव गरिएको छ । भटेडाँडा केन्द्र रहनेगरी घुसेल, माल्टा, भट्टेडाँडा र इकुडोल गरेर चार गाविसलाई खानीखोला गाउँपालिका प्रस्ताव गरिएको छ ।

नौवटा तहसम्म प्रस्ताव गरिएकामा पछिल्लोपटक सात तह प्रस्ताव गरिएको सूचना शाखामा कार्यरत सावित्री बजगाईंले बताउनुभयो । उहाँले भन्नुभयो – “पहिले गाविसका वडा छुट्याएर पठाइएको भए पनि पछिल्लोपटक पठाइएको प्रस्तावमा कुनै पनि गाविस टुक्र्याइएको छैन ।”

दलहरुका बीचमा घुसेल र देवीचउर गाविसको विषयमा विवाद रहेको थियो । यी दुई गाविसलाई गाउँपालिकामा राख्नुपर्ने नेपाली काँग्रेसले बताउँदै आएको थियो । नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० भने नगरपालिकामा राख्नुपर्ने बताउँदै आएका थिए ।

एमाले उपाध्यक्ष श्याम कृष्ण सिलवालले दललाई बेवास्ता गरेर प्राविधिक समितिले प्रस्तावित खाका पठाएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो – “हामीले कम्तीमा आठवटा तह बनाएर पठाउँभन्दा सातमात्रै पठाएको छ । घुसेल उपत्यकामा पर्ने भएकाले गाउँपालिकामा राख्न नहुने उहाँ बताउनुहुन्छ । उपत्यकाका सबै गाविसलाई नगर बनाउने राज्यको नीति छ ।”

नेकपा ९माओवादी केन्द्र०का जिविस प्रतिनिधि राम आचार्यले दलहरुसँग सहमति नभएकाले सात तह प्रस्ताव भएको बताउनुभयो । नगरोन्मुख ठाउँमा चार तह र दक्षिण ललितपुरमा चार गरेर आठ तह हुनुपर्नेमा जोड दिंदै आएका थियौं । उहाँ भन्नुहुन्छ – “दक्षिणमा त ठिकै हो तर नगरमा एउटा बढी हुनुपर्ने हाम्रो माग हो ।” उपमहानगरपालिकामा सैँबु, खोकना र बुङ्मती थपेर महानगरपालिका प्रस्ताव गर्नुपर्ने उहाँले बताउनुभयो । जनसङ्ख्या पुगेको नगरपालिका भएकाले महालक्ष्मी नगरपालिकामा अन्यत्र थप्न नहुने उहाँ बताउनुहुन्छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

गलेश्वर । चैतको सुरुवातसँगै झन्डै छ महिनापछि माटो भिज्नेगरी वर्षा हुँदा खुसी भएका म्याग्दीका

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले