back
CTIZAN AD

महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्रलाई दुई लाख सहयोग

वि.सं.२०७३ कात्तिक २६ शुक्रवार

945 

shares

२६ कात्तिक, काठमाडौँ । अनुसन्धानकर्ता महावीर पुनले स्थापना गर्न लागेको राष्ट्रिय आविस्कार केन्द्रलाई रु दुई लाख आर्थिक सहयोग गरिएको छ ।

प्रथम र दोस्रो विश्वयुद्धमा ज्यान गुमाएका नेपाली सेनाको सम्झनामा आज यहाँ आयोजना गरिएको ‘पप्पी डे’ का अवसरमा भूतपूर्व बेलायती सैनिक सङ्घ र पुन समाज काठमाडौँ जिल्ला कार्यसमितिले रु एक÷एक लाख आर्थिक सहयोग गरेका हुन् ।

सङ्घले प्रथम र दोस्रो विश्वयुद्धमा ज्यान गुमाएका नेपाली सेनाको सम्झनामा अङ्ग्रेजी समयअनुसार आज ११ महिना ११ गते ११ बजे ११ मिनेट ११ सेकेन्डमा उक्त कार्यक्रम गरेको थियो । सो कार्यक्रममा सङ्घले तिहारमा खेलेको देउसी भैलोबाट उठेको रकम आविस्कार केन्द्रलाई सहयोग गरेको हो ।

कार्यक्रममा सङ्घका अध्यक्ष जनक रानाले राष्ट्रका लागि केही गर्ने अभियानका साथ लाग्नुभएकाले पुनलाई आर्थिक सहयोग गरिएको बताउनुभयो । उहाँले भन्नुभयो–“हामीजस्ता संस्थाको सानो रकमले आविस्कार केन्द्र खोल्न सहयोग पुग्छ भने हामीले सहयोग किन नगर्ने रु”

अनुसन्धानकर्ता पुनले देशको आर्थिक विकासका लागि सानातिना सहयोगको खाँचो रहेको बताउनुभयो ।

सङ्घले यसअघि भूकम्पपीडित जनतालाई राहत उपलब्ध गराउनेदेखि पुनःनिर्माणका लागि प्रधानमन्त्री राहत कोषमा रु २० हजार आर्थिक सहयोग गरेको छ ।

वि.सं.२०७३ कात्तिक २६ शुक्रवार १०:२५ मा प्रकाशित

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा...

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

देशका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...