Logo
१९ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 2 2023
E-paper
  English Edition
   Unicode
Logo

महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्रलाई दुई लाख सहयोग



२६ कात्तिक, काठमाडौँ । अनुसन्धानकर्ता महावीर पुनले स्थापना गर्न लागेको राष्ट्रिय आविस्कार केन्द्रलाई रु दुई लाख आर्थिक सहयोग गरिएको छ ।

प्रथम र दोस्रो विश्वयुद्धमा ज्यान गुमाएका नेपाली सेनाको सम्झनामा आज यहाँ आयोजना गरिएको ‘पप्पी डे’ का अवसरमा भूतपूर्व बेलायती सैनिक सङ्घ र पुन समाज काठमाडौँ जिल्ला कार्यसमितिले रु एक÷एक लाख आर्थिक सहयोग गरेका हुन् ।

सङ्घले प्रथम र दोस्रो विश्वयुद्धमा ज्यान गुमाएका नेपाली सेनाको सम्झनामा अङ्ग्रेजी समयअनुसार आज ११ महिना ११ गते ११ बजे ११ मिनेट ११ सेकेन्डमा उक्त कार्यक्रम गरेको थियो । सो कार्यक्रममा सङ्घले तिहारमा खेलेको देउसी भैलोबाट उठेको रकम आविस्कार केन्द्रलाई सहयोग गरेको हो ।

कार्यक्रममा सङ्घका अध्यक्ष जनक रानाले राष्ट्रका लागि केही गर्ने अभियानका साथ लाग्नुभएकाले पुनलाई आर्थिक सहयोग गरिएको बताउनुभयो । उहाँले भन्नुभयो–“हामीजस्ता संस्थाको सानो रकमले आविस्कार केन्द्र खोल्न सहयोग पुग्छ भने हामीले सहयोग किन नगर्ने रु”

अनुसन्धानकर्ता पुनले देशको आर्थिक विकासका लागि सानातिना सहयोगको खाँचो रहेको बताउनुभयो ।

सङ्घले यसअघि भूकम्पपीडित जनतालाई राहत उपलब्ध गराउनेदेखि पुनःनिर्माणका लागि प्रधानमन्त्री राहत कोषमा रु २० हजार आर्थिक सहयोग गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।