back

समृद्धिको आधार तयार गर्न सरकार सफल -राष्ट्रपति भण्डारी

वि.सं.२०७६ वैशाख २० शुक्रवार

36 

shares

२० बैशाख, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान सरकारले चालू आर्थिक वर्षमा विकास सम्भव छ र हाम्रै पालामा सम्भव छ भन्ने विश्वास पैदा जनाउँदै दोहोरो अङ्कको आर्थिक वृद्धिको आधार तयार भएको बताएकी छन् ।

हरेक दिन एक कदम अगाडि बढ्ने शैलीका कारण समृद्धिको आधार तयार गर्न सरकार सफल भएको उनले उल्लेख गरेकी छन् । सङ्घीय संसद्को आजको बैठकमा सरकारको आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले एकीकृत राष्ट्रिय तथ्याङ्कको ढाँचा तयार भएको तथा लगानी सम्मेलन र मित्र राष्ट्र चीन एवं अन्य मुलुकको उच्चस्तरीय भ्रमणबाट अन्तरराष्ट्रिय सम्बन्धको विकास र लगानीमैत्री वातावरण सिर्जना भएको बताएकी थिइन् ।

वर्तमान सरकार गठनपछि राष्ट्रिय अखण्डता र एकता सुदृढ भएको, पुनःनिर्माण उल्लेखनीय भएको, एक हजार किमी सडक कालोपत्र भएको, थप ३०० पुलको निर्माण सम्पन्न भएको र डिजिटल नेपालको कार्यढाँचा तयार भएको तथा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको कार्यक्रममा उल्लेख छ ।

जनता आवास सुविधा उपलब्ध गराइएको, विद्यालय बाहिर रहेकामध्ये ८१ प्रतिशत विद्यार्थीलाई भर्ना गरिएको, प्राविधिक विद्यालय स्थापना शुरु भएको, १६ लाख नेपालीको स्वास्थ्य बीमा गरिसकिएको र भारत र नेपाल जोड्ने रेलमार्ग निर्माणको प्राविधिक कार्य सम्पन्न भएको कार्यक्रममा जनाइएको छ ।

वि.सं.२०७६ वैशाख २० शुक्रवार १७:१८ मा प्रकाशित

केयूले ल्याएको हाइड्रोजन कार

केयूले ल्याएको हाइड्रोजन कार

काठमाडौँ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) परिसरमा कोरियाबाट भर्खरै ल्याइएको...

पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्नु हुँदैन : प्रधानमन्त्री ‘प्रचण्ड’

पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्नु हुँदैन : प्रधानमन्त्री ‘प्रचण्ड’

युएई (दुबइ) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेरिस सम्झौता कार्यान्वयन...

उपप्रधानमन्त्री श्रेष्ठ भन्छन्-अराजकता फैलाउनेलाई छुट दिन सकिँदैन

उपप्रधानमन्त्री श्रेष्ठ भन्छन्-अराजकता फैलाउनेलाई छुट दिन सकिँदैन

चितवन । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुनलाई हातमा लिने...

भरतपुर अस्पतालमा थपियो भेन्टिलेटरसहितको अत्याधुनिक आइसियु शैथ्या

भरतपुर अस्पतालमा थपियो भेन्टिलेटरसहितको अत्याधुनिक आइसियु शैथ्या

चितवन । भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा श्यया थप...

राष्ट्रियसभा निर्वाचन कार्यतालिका, माघ ११ गते निर्वाचन

राष्ट्रियसभा निर्वाचन कार्यतालिका, माघ ११ गते निर्वाचन

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी माघ ११ गते हुने...

खाँण र रायमाझी थुनामै, अदालतले गर्यो यस्तो निर्णय

खाँण र रायमाझी थुनामै, अदालतले गर्यो यस्तो निर्णय

काठमाडौँ । उच्च अदालत पाटनले पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझी...