
२० बैशाख, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् ।
सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को आजको संयुक्त बैठकमा रमष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदनको वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सक्ने संवैधानिक व्यवस्था रहेको छ ।
वि.सं.२०७६ वैशाख २० शुक्रवार १७:२५ मा प्रकाशित






























