back
CTIZAN AD

राजी समुदायमा उमेर नपुग्दै विवाह

वि.सं.२०७६ वैशाख २३ सोमवार

858 

shares

२३ वैशाख, लम्की । कैलालीमा वादी र राजी समुदायको बसोबास छ । अल्पसङ्ख्यक राजी र पिछडिएको वादी समुदायमा अधिकांशको बालविवाह हुन्छ । टीकापुर नगरपालिकाको ज्योतिनगरमा राजी र वादीको बस्ती छ । त्यहाँ बस्ने धेरै किशोरीको उमेर नपुगेरै विवाह हुन्छ । विवाहको अन्तर हेर्दा त्यहाँ हिजोको चलन र आजको चलनमा केही फरक छैन । त्यहाँ १६ वर्षदेखिका किशोरी आमा छन् ।

आठ कक्षा पढ्दै गरेकी राजी किशोरीले १७ वर्षको उमेरमा विवाह गरिन् । १९ वर्षमा छोरा जन्मियो, परिपक्व नभएर सन्तान जन्माउँदा उनको बच्चा अस्वस्थ जन्मियो । “बालविवाहका कारण बच्चा कम तौलको जन्मियो, बच्चालाई पाँच दिन सघन उपचार कक्षमा राख्नुप¥यो । अहिले पनि बच्चा कमजोर छ”, उनी भन्छिन्, “बालविवाहका कारण मलाइ ढाड दुख्ने समस्या छ, म धेरै काम गर्न सक्दिनँ ।”

सोह्र वर्षमा विवाह गरेकी अर्की राजी बालिकाका पनि हाल दुई बच्चा छन् । पहिलो सन्तान १७ वर्षमा जन्माएकी यी किशोरीका दुइटै बच्चा परिवारले हुर्काए । “सानै उमेरमा विवाह गर्दा पाठेघरमा समस्या छ, नियमित औषधि खान्छु, अन्य स्वास्थ्य समस्या पनि शुरु भएको छ”, उनी थप्छिन्, “मेरो केही कमाइ छैन । सासू ससुरासँग मागेर गुजारा चलेको छ । बच्चालाई कसरी राम्रो शिक्षा दिने भन्ने चिन्ता छ ।”

स्वयंसेविका जानकी सारु मगर ज्योतिनगर गाउँमा १८ जना २० वर्षमुनिका गभर्वती महिला रहेको बताउछिन् । उनी १६ वर्षमाथिका किशोरी आमा बन्ने अवस्थामा रहेको बताउँदै भन्छिन्, “बालविवाहले आमा र बच्चाको स्वास्थ्यमा गम्भीर असर गर्छ । धेरै किशोरी आमा कमजोर छन् ।” स्वयंसेविका मगरका अनुसार राजी र वादी बस्तीमा किशोरी २० वर्ष पुग्नै पाउँदैनन् । किशोरी महीनावारी भएपछि यहाँ विवाहको कुरा चल्छ । अभिभावक सचेत भएका छैनन् ।

ज्योतिनगर गाउँमै जनज्योति आधारभूत विद्यालय छ, जहाँ कक्षा ८ सम्म पढाइ हुन्छ । ज्योतिनगरमा रहेका अल्पसङ्ख्यक राजी र पिछडिएको वादी समुदायका बालबालिका यहीँ पढ्छन् । कक्षा ८ पढिसकेपछि धेरै किशोरीको बालविवाह हुन्छ । बालविवाह रोक्न विद्यालयले हरेक साताको शुक्रबार जनचेतामूलक कार्यक्रम गर्ने योजना बनाएको विद्यालयका शिक्षक शङ्कर न्यौपानेले बताए ।

राजी समुदायका अगुवा चित्रबहादुर राजी बालविवाह न्यूनीकरणका लागि जनचेतना वृद्धि गर्न नसकेकै कारण बालविवाह कायम रहेको बताउछन् । “राजी शाल्क समाजले जनचेतना जगाउने कार्य त गरेको छ तर गरीबीका कारण बालविवाहलाई रोक्न सकिएको छैन”, उनले बताए । अल्पसङ्ख्यक लोपोन्मुख जाति राजी समुदाय विस्तारै आफ्नो पुख्र्यौली पेशा छोडेर रोजीरोटीमै लागेकाले अझै गरीबी घट्न नसकेको र शिक्षामा पछाडि रहेको उनी बताउछन् ।

राजी अगुवा चित्रबहादुरका छोराको पनि बालविवाह भएको हो । उनका छोराले प्रेम विवाह गरेपछि पढाइ बिग्रन्छ भन्दै छोरा र बुहारीलाई अलग अलग राखे । हाल उनका छोरा इञ्जिनीयर र बुहारी आइएससीएजी पढ्दैछन् । यी राजी समुदायका उदाहरणीय दम्पतीमात्र हुन् जसले विवाहपछि पढ्ने वातावरण पाए ।

राजी बस्तीमा अझै पनि बालविवाह परम्पराका नाममा हुँदै गइरहेको छ । त्यसमाथि अझ प्रेम विवाहका नाममा पनि बालविवाह घट्न सकेको छैन । टीकापुर नगरपालिका–१ का वडासदस्य इन्द्रप्रसाद चपाई बालविवाह रोक्न अभिभावक सचेत बन्नुपर्ने बताउछन् । कानूनले बालविवाहलाई दण्डनीय मानेकाले सचेत हुन आग्रह गर्दै भन्छन्, “उमेर नपुगी विवाह दर्ता गर्न आएमा हामी सहयोग गर्न सक्दैनौँ । तपाईंका बालबालिकाले कानूनी अधिकार पाउन कठिन छ ।”

विगतमा जङ्गलका गिठ्ठा, भ्याकुर, तरुल खाने, माछा मारेर जीविका चलाउने राजी परिवारको अहिले काम भने फेरिएको छ । हाल उनीहरुको रोजीरोटी र खानपान पनि बदलिएको छ । हाल राजी समुदायका पुरुष मजदूरी गर्ने, भारत गई कमाउने गर्छन् भने महिला बाख्रा पाल्ने, तरकारी खेती र मजदूरी गर्ने काम गर्छन् ।

वि.सं.२०७६ वैशाख २३ सोमवार १०:१८ मा प्रकाशित

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

काठमाडौं । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश...

प्रधानमन्त्रीले राजदूतहरूसँग गरेको भेटलाई अतिरञ्जित बनाउन आवश्यक छैन –कमल थापा

प्रधानमन्त्रीले राजदूतहरूसँग गरेको भेटलाई अतिरञ्जित बनाउन आवश्यक छैन –कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले प्रधानमन्त्री...

सरकारप्रतिको अविश्वास बढ्दै गएकाे कांग्रेसकाे निष्कर्ष 

सरकारप्रतिको अविश्वास बढ्दै गएकाे कांग्रेसकाे निष्कर्ष 

काठमाडौँ । नेपाली कांग्रेसले सरकारप्रति नागरिकको अविश्वास बढ्दै गएको निष्कर्ष...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

शशांक कोइरालाको नेतृत्वमा देउवालाई विमानस्थलमै स्वागत गर्ने भव्य तयारी, पक्राउ गरिए कडा प्रतिवाद गर्ने चेतावनी

शशांक कोइरालाको नेतृत्वमा देउवालाई विमानस्थलमै स्वागत गर्ने भव्य तयारी, पक्राउ गरिए कडा प्रतिवाद गर्ने चेतावनी

काठमाडौं । लामो समयदेखि विदेशमा उपचाररत नेपाली कांग्रेसका निवर्तमान सभापति...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...