back

पार्टी एकतापछि डा. बाबुराम भट्टराईको यात्रा कस्तो होला ?

वि.सं.२०७६ वैशाख २३ सोमवार

36 

shares

२३ बैशाख, काठमाण्डौं । डा. बाबुराम भट्टराईको यात्रा अब कस्तो होला ? संघीय समाजवादी फोरमसँगको एकता यात्रासँगै यो जिज्ञासा टड्कारो बनेको छ ।

०७२ सालमा देशले पहिलोपटक संविधानसभाबाट संबिधान जारी भएसँगै आफैले स्थापित गरेर सत्तासीन बनाएको तत्कालिन नेकपा माओवादी केन्द्रलाई रातो स्टीकर लगाएको घर भन्दै पार्टी परित्याग गरेका भट्टराई फेरि आफ्नै कार्यकर्ताले स्थापित गराएको अर्को राजनीतिक दलमा समाहित भएका छन् ।

भट्टराईले बाम तथा प्रजातान्त्रिक सक्तिहरुका सवल पक्षलाई मात्रै आत्मासाथ गर्ने गरी नयाँ शक्ति पार्टी गठन गरेका थिए । तर, ०७५ मा सम्पन्न आमनिर्वाचनको परिणामले भट्टराईको नयाँ शक्तिलाई बाढिले बगाएर बगरमा फालेको ठुटो जस्तो बनाइदिए पछि उनको निद्रा साच्चै खुलेको थियो । यहि कटु सत्यको परिणाम हो संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी विचको एकता ।

भट्टराईले नेतृत्व गरेको भट्टराईले नयाँ सक्तिको संघीय समाजवादी फोरममा भएको विलय सँगै भट्टराई उपेन्द्र यादवका कोपाइलट मात्रै बनेका छन् । यसअघि पुष्पकमल दाहालको कोपाइलट रहिसकेका भट्टराई दोश्रोपटक जनयुद्धकालमा आफैले प्रशिक्षित गरेका पूर्व पुष्पलाल समूहका कार्यकर्ता यादवको कोपाइलट बनेका छन् ।

भट्टराईको यादवमा समायोजनले उनले ०७२ सालमा गरेको विश्लेषण गलत रहेको ठहर समेत भएको छ ।

आफ्नै नेतृत्वमा बनेको संविधान अपुर्ण रहेको र आफैले जीवन दिएर बनाएको दल रातो स्टीकर लगाएको धरापी घर भएको बताएका भट्टराई अहिले कस्तो घरमा प्रवेश गरे यो पनि बहसको विषय बनेको छ । केही विश्लेषकहरुले रातो स्टीकर लगाएको घरबाट निस्किएका भट्टराई हावाले उडाएको झोपडीबाट खपडा लगाएको घरमा प्रवेश गरेको बताएका छन् ।
व्यवस्था परिवर्तनबाट आजित भएर जनताको अवस्था परिवर्तन गर्न नयाँ शक्ति गठन गरेपनि भट्टराईको यात्राबाट उनका नजिकका सहयात्री पनि उनीसँगै टाढिदै गए । साथीहरुले छोडेपछि न्यास्रिएका भट्टराईले आफ्ना पूर्व कार्यकर्ता यादवसँग त्यो न्यास्रो मेट्ने प्रयास गरेका छन् ।

एकताका ९ आधार तयार पारेर संघीय समाजवादी फोरममा डा. भट्टराईको नयाँ सक्ति आजबाट विलिन भएर एकिकृत पार्टीको नयाँ नाम समाजवादी पार्टी नेपाल राखिएको छ । समुन्नत समाजवाद संघीय समाजवादमा समाहित हुँदा पूर्व प्रधानमन्त्री भट्टराई फेरि दोश्रो स्थानकै नेता बनेका छन् । यो एकतासँगै देशले नयाँ बैकल्पिक सक्ति पायो पाएन तर, भट्टराईले फेरि रातो स्टीकर टासेको घरको आश्रय भने पाएका छन् ।

वि.सं.२०७६ वैशाख २३ सोमवार १४:५६ मा प्रकाशित

सङ्घीय कानुन निर्माणमा संयुक्त पहल गरौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

सङ्घीय कानुन निर्माणमा संयुक्त पहल गरौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनका लागि आवश्यक...

बोलेराले मोटरसाइकललाई ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु, एक जना घाइते

बोलेराले मोटरसाइकललाई ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु, एक जना घाइते

भरतपुर । चितवनको माडीमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई...

मानवअधिकारसम्बन्धी प्रतिबद्धता पूरा गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री ‘प्रचण्ड’

मानवअधिकारसम्बन्धी प्रतिबद्धता पूरा गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव अधिकारको प्रत्याभूति दिलाउन...

भ्रष्टाचार निवारणका लागि अहिलेको प्रयत्न र परिणाम पूर्ण छैन : प्रधानमन्त्री ‘प्रचण्ड’

भ्रष्टाचार निवारणका लागि अहिलेको प्रयत्न र परिणाम पूर्ण छैन : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुआयामिकरूपमा रहेको भ्रष्टाचारलाई सरकारी,...

ठगी गरेको आरोपमा जनप्रतिनिधिसहित चार पक्राउ

ठगी गरेको आरोपमा जनप्रतिनिधिसहित चार पक्राउ

कास्की । पोखराका एक जनप्रतिनिधि ठगी मुद्दामा पक्राउ परेका छन्...

एनसेल प्रकरणमा आर्थिक लेनदेन भएको उपमहासचिव पुनको आरोप

एनसेल प्रकरणमा आर्थिक लेनदेन भएको उपमहासचिव पुनको आरोप

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले एनसेल खरिद–बिक्री...