back
CTIZAN AD

पार्टी एकतापछि डा. बाबुराम भट्टराईको यात्रा कस्तो होला ?

वि.सं.२०७६ वैशाख २३ सोमवार

672 

shares

२३ बैशाख, काठमाण्डौं । डा. बाबुराम भट्टराईको यात्रा अब कस्तो होला ? संघीय समाजवादी फोरमसँगको एकता यात्रासँगै यो जिज्ञासा टड्कारो बनेको छ ।

०७२ सालमा देशले पहिलोपटक संविधानसभाबाट संबिधान जारी भएसँगै आफैले स्थापित गरेर सत्तासीन बनाएको तत्कालिन नेकपा माओवादी केन्द्रलाई रातो स्टीकर लगाएको घर भन्दै पार्टी परित्याग गरेका भट्टराई फेरि आफ्नै कार्यकर्ताले स्थापित गराएको अर्को राजनीतिक दलमा समाहित भएका छन् ।

भट्टराईले बाम तथा प्रजातान्त्रिक सक्तिहरुका सवल पक्षलाई मात्रै आत्मासाथ गर्ने गरी नयाँ शक्ति पार्टी गठन गरेका थिए । तर, ०७५ मा सम्पन्न आमनिर्वाचनको परिणामले भट्टराईको नयाँ शक्तिलाई बाढिले बगाएर बगरमा फालेको ठुटो जस्तो बनाइदिए पछि उनको निद्रा साच्चै खुलेको थियो । यहि कटु सत्यको परिणाम हो संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी विचको एकता ।

भट्टराईले नेतृत्व गरेको भट्टराईले नयाँ सक्तिको संघीय समाजवादी फोरममा भएको विलय सँगै भट्टराई उपेन्द्र यादवका कोपाइलट मात्रै बनेका छन् । यसअघि पुष्पकमल दाहालको कोपाइलट रहिसकेका भट्टराई दोश्रोपटक जनयुद्धकालमा आफैले प्रशिक्षित गरेका पूर्व पुष्पलाल समूहका कार्यकर्ता यादवको कोपाइलट बनेका छन् ।

भट्टराईको यादवमा समायोजनले उनले ०७२ सालमा गरेको विश्लेषण गलत रहेको ठहर समेत भएको छ ।

आफ्नै नेतृत्वमा बनेको संविधान अपुर्ण रहेको र आफैले जीवन दिएर बनाएको दल रातो स्टीकर लगाएको धरापी घर भएको बताएका भट्टराई अहिले कस्तो घरमा प्रवेश गरे यो पनि बहसको विषय बनेको छ । केही विश्लेषकहरुले रातो स्टीकर लगाएको घरबाट निस्किएका भट्टराई हावाले उडाएको झोपडीबाट खपडा लगाएको घरमा प्रवेश गरेको बताएका छन् ।
व्यवस्था परिवर्तनबाट आजित भएर जनताको अवस्था परिवर्तन गर्न नयाँ शक्ति गठन गरेपनि भट्टराईको यात्राबाट उनका नजिकका सहयात्री पनि उनीसँगै टाढिदै गए । साथीहरुले छोडेपछि न्यास्रिएका भट्टराईले आफ्ना पूर्व कार्यकर्ता यादवसँग त्यो न्यास्रो मेट्ने प्रयास गरेका छन् ।

एकताका ९ आधार तयार पारेर संघीय समाजवादी फोरममा डा. भट्टराईको नयाँ सक्ति आजबाट विलिन भएर एकिकृत पार्टीको नयाँ नाम समाजवादी पार्टी नेपाल राखिएको छ । समुन्नत समाजवाद संघीय समाजवादमा समाहित हुँदा पूर्व प्रधानमन्त्री भट्टराई फेरि दोश्रो स्थानकै नेता बनेका छन् । यो एकतासँगै देशले नयाँ बैकल्पिक सक्ति पायो पाएन तर, भट्टराईले फेरि रातो स्टीकर टासेको घरको आश्रय भने पाएका छन् ।

वि.सं.२०७६ वैशाख २३ सोमवार १४:५६ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक संघले देशका विभिन्न मेडिकल कलेजका रेजिडेन्ट...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...