
पोर्चुगलमा रहेका बाग्लुङ्गेहरुको भेलाले बाग्लुङ समाज पोर्चुगल गठन गरेका छन् ।
प्रेम बहादुर खड्काको नेतृत्वमा गठन भएको समाजको उपाध्यक्षहरुमा ज्ञानु गौतम, ओम कार्की, डोलेन्द्र राना, केशवबहादुर केसी र गंगा क्षेत्री, महासचिवमा विक्रम गौतम, सचिवद्वयमा रमेश बुढाथोकी, किरण दीप, कोषाध्यक्षमा गंगाराम कँडेल र सहकोषाध्यक्षमा टीका सापकोटा चयन भएका छन् ।
त्यस्तै मान अर्गेजा, दुर्गा पौडेल, विमल गौतम, प्रकाश केसी, अनिल खड्का, सन्तोष सापकोटा, विवेक बोहरा, गीता राना, अर्जुन थापा, सुजु गौतम, गङ्गा गौतम, हरि मगर, लक्ष्मीपति कँडेल, रेशम जीसी, सरु शर्मा, हिरा गुरुङ, दीप केसी, तेजेन्द्र अधिकारी, गोविन्द खड्का, ईन्द्रकुमारी थापा, सुनिता सुवेदी र तिलक श्रीस मगर समाजको सदस्यमा चयन भएका छन् ।
गैह्रआवासीय नेपाली संघ (एनआरएनए) आइसीसी सदस्य नरेन्द्रबहादुर हमाल, नेपाल पत्रकार महासंघ युरोप शाखाका महासचिव योगेन्द्रमिलन छन्त्याल, सूर्य हमाल, दीपेन्द्र आचार्य तथा गङ्गाराम कँडेलले नयाँ कार्यसमितिको कार्य सफलताको कामना गरेका थिए ।
ज्येष्ठ सहभागी रबीलाल उपाध्यायको अध्यक्षतामा नेपोन रेष्टुरेन्टमा आयोजित भेलामा यामबहादुर गुरुङको सञ्चालन रहेको थियो भने प्रेमबहादुर खड्काले सहभागीलाई स्वागत मन्तव्य दिएका थिए । कार्यक्रममा विभिन्न संघ संस्थामा नेतृत्व गर्ने र व्यवसाय सञ्चालन गरेका बागलुङ्गेहरुलाई सम्मान गरिएको थियो ।
यसअघि सन् २०१० मा गठन भएको समाज निस्क्रीय रहेका कारण मइ ५ का दिन एक भेलाको आयोजना गरि नयाँ कार्यसमिति चयन गरिएको बताइएको छ ।
वि.सं.२०७६ वैशाख २३ सोमवार १८:२३ मा प्रकाशित






























