
२३ बैशाख, काठमाण्डौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोटेश्वर हुँदै भक्तपुर चल्ने सवारी साधनलाई तिनकुने र कोटेश्वर चोकबाट डाइभर्सन गरिएको बताएको छ ।
जसले गर्दा उक्त स्थान हुदै चल्ने सवारी साधनका चालकले अन्य बैकल्पिक मार्गको प्रयोग गर्न पनि महाशाखाले अनुरोध गरेको छ ।
बेलुकीको पिक आवरमा बढेका सवारी साधनका कारण कलंकी, सतुगंल, कोटेश्वर, जडिबुटी, गौशाला, चावहिल, चुच्चेपाटी हुँदै चल्ने सवारी साधन क्युमामा चलिरहेका छन् । क्यु रहेको स्थानमा ट्राफिक प्रहरीले आवागमन सहज बनाउने प्रयास गरिरहेको समेत बताएको छ । यसबाहेक अन्य चोकमा भने सवारी साधन ट्राफिक व्यवस्थापनको क्रममा केही समय रोकिनुपर्ने अवस्था रहेको महाशाखाले जानकारी दिएको छ ।
वि.सं.२०७६ वैशाख २३ सोमवार १८:४९ मा प्रकाशित






























