
२४ बैशाख, काठमाण्डौं । मुटुको शल्यक्रिया गर्ने क्रममा गलत समूहको रगत चढाउँदा बालिका आकृति कुमारी साहको मृत्यु भएको छ ।
सर्लाही, सिौटियाकी बालिका साहको मुटुको शल्यक्रिया गर्ने क्रममा गलत समूहको रगत चढाउँदा मृत्यु भएको पीडित पक्षले दाबी गरेको छ । दोषिमाथि कारबाहीको माग गर्दै उनीहरुले शब बुझ्न समेत अस्वीकार गरेका छन् । आकृति बैशाख १३ गते सहिद गंगाला राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना भएकी थिइन् ।
चिकित्सकले सम्पूर्ण स्वास्थ्य परीक्षण पश्चात बैशाख १७ गते शल्यक्रिया गरेका थिए । सोमबार बालिकाको मृत्यु भएको जनाउँदै केन्द्रका निर्देशक डा. ज्योतिन्द्र शर्माले शब बुझ्न दबाब दिएको पीडित पक्षको दाबी छ ।
मुटुमा प्वाल परेको बिरामीको शल्यक्रियाका लागि गरिने ओपन हार्ट सर्जरीका बेला हेल चेक्र्याइ भएको बिरामीका आफन्तले दाबी गरेका छन् । फरक समूहको रगत चढाएपछि मिगौला फेल भएर ज्यान गएको पीडित पक्षको आरोप छ । मंगलबारको अन्नपूर्णपोष्ट दैनिकबाट
वि.सं.२०७६ वैशाख २४ मंगलवार ०७:३८ मा प्रकाशित