२४ बैशाख, बिर्तामोड । भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउने प्रक्रियामा मुछिएका जनप्रतिनिधि र स्थानीयलाई पक्राउ गर्न प्रहरी असफल भएको छ ।
जिल्ला अदालत झापाले नेपाली नागरिकता काण्डमा मुछिएका जनप्रतिनिधि र कर्मचरारीसहित ९ जनालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय झापालाई पक्राउ पुर्जी दिएको थियो । तर अदालतबाट पक्राउ पुर्जी जारी हुनासाथ घटनामा मुछिएका सबै फरार भएपछि समस्या देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी महेन्द्र कुमार श्रेष्ठले बताए । ‘हामीले पक्राउ पुर्जी लिनासाथ सबै फरार भएका छन्, खोजी जराी छ,’ उनले भने, ‘भागेर जाने सम्भावनै छैन कुनै पनि समयमा पक्राउ गर्नेर्छौ ।’
अदालतले कचनकवल गाउापलिका २ का वडाअध्यक्ष मेखबहादुर भट्टराई, वडा सदस्य धन बहादुर गुरुङ, वडासचिव हरि प्रसाद गौतम, कर्मचारी खगेन्द्र प्रसाद खतिवडा तथा स्थानीय कविता गुरुङ, गंगाप्रसाद भट्टराई, तुलसीराम गुरुङ, प्रेम प्रसाद तिम्सिना र शिव कुमार दाहालको नाम उल्लेख गरेर प्रहरीलाई पक्राउ पुर्जी थमाएको थियो । मंगलबारको अन्नपूर्णपोष्ट दैनिकबाट
वि.सं.२०७६ वैशाख २४ मंगलवार ०७:४६ मा प्रकाशित