back
CTIZAN AD

नेकपा भातृ संगठनबीचको एकताको अन्यौल छिट्टै हट्ने, यसरी गरिँदै छ भागवण्डा

वि.सं.२०७६ वैशाख २६ बिहीवार

654 

shares

स्रोतका अनुसार सर्वाधिक शक्तिशाली मानिएका युवा र विद्यार्थी संगठनमा पूर्व माओवादी र एमालेको सबैभन्दा बढी चासो रहेको छ । यसैले अखिल एमोलेको भागमा पर्दा युवा संघ माओवादीको भागमा पर्नेछ । दुवै संगठनको नाम पूर्व एमालेको अनेरास्ववियु र युवा संघ नै राखिने जनाइएको छ ।

२६ वैशाख, काठमाडौँ । पूर्ववर्ति दुई ठूला कम्युनिष्ट घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता भएको वर्षदिन हुनै लाग्दा पनि जनवर्गीय तथा भातृ संगठनको एकता अझै अन्यौलमा रहेको छ । पार्टी उच्च स्रोतले पार्टी एकता दिवस तथा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको स्मृति दिवस जेठ ३ गते सबै एकता सम्पन्न हुने बताएपनि स्पष्ट खाका सार्वजनिक गर्न भने सकेको छैन ।

जनवर्गीय संगठनमा कसको नेतृत्व स्थापित हुने भन्ने जुंगाको लडाईका कारण एकता सम्पन्न हुन नसकेको हो । खासगरी विद्यार्थी, युवा, महिला, मजदुरमा पूर्व एमाले र माओवादीको आ–आफ्नै दाबीका कारण प्रष्ट एकताको खाका सार्वजनिक हुन सकेको छैन ।

नेकपा उच्च स्रोतका अनुसार जनवर्गीय संगठनहरुको एकताको अन्तिम प्रयास भने भइरहेको छ । महासचिव विष्णु पौडेल नेता जनार्दन शर्मा, योगेश भट्टराई र खिमलाल भट्टराईको समूहले एकता टुङ्ग्याउने गरी पहल गरिरहेको छ । जनवर्गीय संगठनको एकतालाई गति दिन प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रदेश ३ का आन्तरिक मामिला मन्त्री सालिकराम जमरकट्टेलले पनि आन्तरिक पहल गरिरहेको स्रोतले बताएको छ ।

स्रोतका अनुसार संगठन व्यवस्थापन गर्न संयोजक र सहसंयोजको व्यवस्था गर्न लागिएको पनि बताइएको छ । पूर्व एमाले सम्बद्ध नेतृत्वले संयोजक पाएका जनवर्गीय संगठनमा पूर्व माओवादी सम्बद्ध नेता सहसंयोजक रहने छन् । यस्तै पूर्व माओवादीले संयोजक पाउँदा सहसंयोजक एमालेको भागमा पर्नेछ ।

उच्च स्रोतका अनुसार सर्वाधिक शक्तिशाली मानिएका युवा र विद्यार्थी संगठनमा पूर्व माओवादी र एमालेको सबैभन्दा बढी चासो रहेको छ । यसैले अखिल एमोलेको भागमा पर्दा युवा संघ माओवादीको भागमा पर्नेछ । दुवै संगठनको नाम पूर्व एमालेको अनेरास्ववियु र युवा संघ नै राखिने जनाइएको छ ।

मजदुर र महिला संघको नाममा अझै समझदारी नभएपनि मजनुर एमालेको भागमा र महिला संघ माओवादीको भागमा पर्ने छ । यस्तै प्राध्यापक संघ र बुद्धिजीवीमा पनि एमालेको नेतृत्व स्थापित हुने स्रोतको दाबी छ ।

वि.सं.२०७६ वैशाख २६ बिहीवार २०:१० मा प्रकाशित

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने...

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार दिउँसो २...