back
CTIZAN AD

 ४० दिनदेखिको आन्दोलन, गिट्ठाका भरमा चिया मजदुर

वि.सं.२०७६ वैशाख २७ शुक्रवार

576 

shares

२७ बैशाख, विर्तामोड । चिया बगानमा ४० दिनदेखि मजदुरको आन्दोलन छ । ऐन र नियमावली अनुसार सुविधा माग गर्दै आफैंले थालेको अनिश्चितकालीन आन्दोलनका कारण बगान र कारखानामा कार्यरत श्रमिक भने समस्यामा पर्न थालेका छन् ।

आन्दोलन टुंगिने कुनै संकेत नदेखिँदा श्रमिकलाई छाक टार्नै मुस्किल पर्न थालेको छ । ‘काम गरेको पैसाले किनेको चामल सबै सकियो । अहिले एक छाक भात र एकछाक गिठ्ठा खाएर बसिरहेका छौं । श्रमिक विप्ता मुण्डाले भने ।

तीन छोराछोरीसहित पाँच जनाको परिवार चिया बगानकै कमाईमा आश्रित छ ।

बगानमा कामगर्ने श्रमिकलाई अन्यत्र काम पाउन मुस्किल हुन्छ । ‘अरुतिर हामीलाई काम दिदैँनन्,’ उनले भने, ‘हप्ता थापेर घर चलाउनेलाई ४० दिनसम्म काम नगरी खानलाई कुन आम्दानीले पुग्छ र ?’ कात्तिक उरावको परिवार पनि अभाव टार्न एक छाक गिठ्ठा खाईरहेको छ ।

उराव र उनकी श्रीमती भद्रपुर नगरपालिका ७ स्थित बुधकरण चिया बगानका श्रमिक हुन् । बगान ४० दिनदेखि बन्द छ । शुक्रबारको कान्तिपुर दैनिकमा बिर्तामोडबाट अर्जुन राजवंशीले लेखेका छन् ।

वि.सं.२०७६ वैशाख २७ शुक्रवार ०७:१७ मा प्रकाशित

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...