
२९ बैशाख, काठमाण्डौं । परराष्ट्र मन्त्रालयलको राहदानी विभागले एमआरपी पासपोर्ट बनाउँदा पटक–पटक प्रमाणिकरणको कागजात ल्याइरहनु पर्ने आवस्यक नपरेको सूचना जारी गरेको छ ।
विभागद्धारा शुक्रबार जारी सूचनामा नेपालको सरहदभित्र (राहदानी विभाग, जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालयहरु) बाट आफ्नो नागरिकता वा नाबालक परिचय पत्रको विवरण प्रमाणित गराई एकपटक यन्त्रबाचक Machine Readable Passport (MRP) लिइसकेका हरुले पुन : प्रमाणिकरण गराउनु नपर्ने विभागले जनाएको छ ।
एकपटक एमआरपी, नागरिकता वा नाबालक परिचयपत्र लिइसकेको अवस्थामा राहदानी हराएको, मसी पोखिएको, पाना च्यातिएको, वा पाना सकिएर पुन ः राहदानी बनाउनु पर्ने अवस्थामा कतिपय सेवाग्राहिहरुले पुन सम्बन्धित ठाउँबाट प्रमाणिकरण गरेर ल्याइएको पाइएकोले अब त्यसो गर्न नपर्ने विभागद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
‘एकपटक नेपालको सरहदभित्रबाट राहदानी लिइसकेका सेवाग्राहीको विवरण विभागको सिस्टममा प्रविष्ट भै सुरक्षित हुने भएकोले पुन : राहदानी बनाउन परेमा त्यस्तो प्रमाणिकरणको आवस्यक नपर्ने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि सूचित गरिन्छ ।’ विभागद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै पहिलोपटक विदेशस्थित नेपाली नियोगबाट यन्त्रबाहक राहदानी (एमआरपी) लिएकाहरुको हकमा नेपाल आई पुन : राहदानी नविकरण गर्न वा नयाँ राहदानीको लागि आवेदन पेशमा गर्नुपरेमा भने सेवाग्राहिले आफ्नो नागरिकता वा नावालक परिचयपत्रको आधिकारीकता अनिवार्य रुपमा पेश गर्नु पर्ने पनि विभागले सूचित गराएको छ ।
वि.सं.२०७६ वैशाख २९ आइतवार ०९:५० मा प्रकाशित