back
CTIZAN AD

राहदानी बनाउँदा प्रमाणीकरण आवस्यक नपर्ने

वि.सं.२०७६ वैशाख २९ आइतवार

1.1K 

shares

२९ बैशाख, काठमाण्डौं । परराष्ट्र मन्त्रालयलको राहदानी विभागले एमआरपी पासपोर्ट बनाउँदा पटक–पटक प्रमाणिकरणको कागजात ल्याइरहनु पर्ने आवस्यक नपरेको सूचना जारी गरेको छ ।

विभागद्धारा शुक्रबार जारी सूचनामा नेपालको सरहदभित्र (राहदानी विभाग, जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालयहरु) बाट आफ्नो नागरिकता वा नाबालक परिचय पत्रको विवरण प्रमाणित गराई एकपटक यन्त्रबाचक Machine Readable Passport (MRP)  लिइसकेका हरुले पुन : प्रमाणिकरण गराउनु नपर्ने विभागले जनाएको छ ।

एकपटक एमआरपी, नागरिकता वा नाबालक परिचयपत्र लिइसकेको अवस्थामा राहदानी हराएको, मसी पोखिएको, पाना च्यातिएको, वा पाना सकिएर पुन ः राहदानी बनाउनु पर्ने अवस्थामा कतिपय सेवाग्राहिहरुले पुन सम्बन्धित ठाउँबाट प्रमाणिकरण गरेर ल्याइएको पाइएकोले अब त्यसो गर्न नपर्ने विभागद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

‘एकपटक नेपालको सरहदभित्रबाट राहदानी लिइसकेका सेवाग्राहीको विवरण विभागको सिस्टममा प्रविष्ट भै सुरक्षित हुने भएकोले पुन : राहदानी बनाउन परेमा त्यस्तो प्रमाणिकरणको आवस्यक नपर्ने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि सूचित गरिन्छ ।’ विभागद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै पहिलोपटक विदेशस्थित नेपाली नियोगबाट यन्त्रबाहक राहदानी (एमआरपी) लिएकाहरुको हकमा नेपाल आई पुन : राहदानी नविकरण गर्न वा नयाँ राहदानीको लागि आवेदन पेशमा गर्नुपरेमा भने सेवाग्राहिले आफ्नो नागरिकता वा नावालक परिचयपत्रको आधिकारीकता अनिवार्य रुपमा पेश गर्नु पर्ने पनि विभागले सूचित गराएको छ ।

वि.सं.२०७६ वैशाख २९ आइतवार ०९:५० मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...