back
CTIZAN AD

गैरआवासीय नेपाली संघ ओसेनिया बैठक सम्पन्न, यस्ता छन् निर्णयहरु

वि.सं.२०७६ वैशाख २९ आइतवार

546 

shares

२९ बैशाख, काठमाण्डौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ओसेनिया क्षेत्रिय बैठक अष्ट्रेलियाको सिड्नीमा सम्पन्न भएको छ ।

नेपाल सरकारका कानुन तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यता, अष्ट्रेलिया सरकारका केन्द्रीय अध्यागमन मन्त्री डेभिट कोलमनको विशेष आतिथ्यतामा मे ११ र १२ का दिन बैठक सम्पन्न गरिएको थियो ।

चौध देशका ३ सय भन्दा बढी सहभागी रहेको उक्त बैठकले गरेका निर्णहहरु यसप्रकार रहेका छन् ।

१-गैरआवासीय नेपालीहरुको सामूहिक लगानीलाई नेपालको समृद्धिमा सहयोग पुग्ने गरीपरिचालन गर्न स्थापित हुने सामूहिक लगानी कोष, जलविद्युत्, लगायतका परियोजनाहरुमा यस क्षेत्रबाट पनि सक्दो लगानी गर्ने प्रतिबद्धता यो बैठक गर्दछ ।

२-नेपाल सरकारद्वारा घोषणा गरिएको भ्रमण वर्ष २०२० लाई सफल बनाउन गैरआवासीय नेपाली संघले अघि सारेको ‘नेपाल प्रवर्द्धन वर्ष २०१९’ अभियानलाई विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरी भ्रमण वर्ष २०२० लाई सफल बनाउने निर्णय गरियो ।

३- महिला सशक्तिकरण अभियानको थालनी र महिला उद्यमशीलतालाई प्रोत्साहन दिन कार्ययोजना अगाडि बढाउने निर्णय गरियो । स्वदेश तथा विदेशमा हुने घरेलु हिंसाविरुद्ध जनचेतना अभियान सञ्चालन गर्दै गैरआवासीय नेपाली अभियानको मूलधारमा महिला सहभागिताको सुनिश्चितता गराउने निर्णय गरियो ।

४- गैरआवासीय नेपाली संघले Knowledge City र Academy को प्रस्तावलाई आत्मसात् गरी कार्यान्वयन गर्न प्रमुख भूमिका खेल्ने र विदेशमा रहेका नेपाली ज्ञाताहरुको सीप, ज्ञान र प्रविधिलाई नेपालको विकासमा लगानी गर्ने वातावारण बनाउने निर्णय गरियो ।

५-नेपाल र अस्ट्रेलिया बीचमा आपसी सहयोग सद्भावलाई कायम गर्न AussieMed Foundation Australia / Nepal Science Foundation, NRNA  बीचमा सहकार्य गर्ने निर्णय गर्दै आपसी सम्झौतामा हस्ताक्षर सम्पन्न भयो ।

६. ओसेनिया क्षेत्रमा बसोबास गर्ने युवा तथा दोस्रो पुस्तालाई गैरआवासीय नेपाली अभियानको मूलधारमा समाहित गर्न उनीहरुका निम्ति उपयोगी र आकर्षण गर्न सकिने कार्यक्रमहरु तय हुनुपर्ने महसुस गरी आगामी दिनमा यसतर्फ विशेष ध्यान दिनुका साथै यस क्षेत्रका गैरअवासीय नेपाली बालबालिकालाई नेपालीभाषा, संस्कार, संस्कृति सिकाउने कार्यक्रमहरु तय गर्ने निर्णय गरियो ।

७-आवश्यक कानुन निर्माण गरी तत्काल गैरआवासीय नेपाली नागरिकता वितरण गर्न र नागरिकता प्राप्त व्यक्तिले अन्य सम्पूर्ण अधिकार प्रयोग गर्न सक्ने गरी सम्पूर्ण व्यवस्था ऐनमै गर्न यो बैठक सम्बधित निकायलाई अनुरोध गर्दछ ।

८-अस्ट्रेलिया सरकार तथा राजनीतिक दलहरुको नेपाली समाजसँग सहयोग र सहकार्य गर्ने प्रतिबद्धताको यो बैठक स्वागत गर्दछ ।

९. यो बैठक सफलतापूर्वक सम्पन्न गर्न सघाउनु हुने नेपाल सरकार, अस्ट्रेलिया सरकार, अस्ट्रेलियास्थित नेपाली दूतावास, सम्पूर्ण एनसीसीहरु, आयोजक राष्ट्र अस्ट्रेलिया र प्रायोजकहरु स्वयंसेवी, पत्रकार, कलाकार सबै पक्षलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

वि.सं.२०७६ वैशाख २९ आइतवार १०:५३ मा प्रकाशित

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

काठमाडौँ . काठमाडौँ महानगरपालिकाले मेयर्स रिसर्च फेलोसिप २०८३ (Mayor’s Research...

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

भक्तपुर । नेपाल सरकारले प्रारम्भिक बालविकासका सहजकर्ता, विद्यालय सहायक कर्मचारी,...

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...