
३० बैशाख, काठमाण्डौं । पार्टी एकता भएको एकसाता नपुग्दै मेडियाका कारण चर्चामा आएका छन् उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव ।
एभिन्युजको स्टुडियोमा राजनीतिक अन्तर्वार्ताका लागि निम्त्याइएका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्टुडियोनै छोडेर जानुपर्ने अवस्था आएको देखिएको छ । एभिन्यु टेलिभिजनको ‘सकस राजनीति’ नामक कार्यक्रममा अन्तर्वार्ता दिन निम्त्याइएका समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष समेत रहेका उपेन्द्र यादवले पत्रकार सुशीले पाण्डेले गरेको प्रश्नको उत्तर दिने क्रममै भनाभन हुँदा स्टुडियो नै छाडेर जाने अवस्था आएको देखिन्छ ।
अन्तर्वार्ताका क्रममा राजनीतिक दलका नेताहरुमाथि प्राय खरो रुपमा प्रस्तुत हुने एभिन्युज टेलिभिजका पत्रकार शुसील पाण्डले पार्टी एकतापछि समाजवादी पार्टीले जनतालाई के दिन्छ भनेर सोधिएको प्रश्नमा मन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद अध्यक्षले प्रश्नको जवाफ फर्काउने क्रममा भनेका छन्,
पत्रकार पाण्डे-पार्टी एकतापछि समाजवादी पार्टीले जनतालाई के दिन्छ ?
मन्त्री यादव-मेडियाले नेपाली जनतालाई के दिन्छ ?’
पत्रकार पाण्डे-सूसूचित गरिरहेको छ ।
पत्रकार पाण्डेको प्रश्न गर्ने ढंग नभएको आरोप लगाउँदै मन्त्री यादवले भनेका छन् ‘राजनीतिक दलले के दिन्छ भन्ने पनि थाहा छैन ?’
त्यसैको जवाफमा पत्रकार पाण्डेले भनेका छन्–समाजवादी पार्टी गठन भइसकेपछि यो पार्टीले नेपाली जनतालाई के दिन्छ ? भनेर सोधिएको भन्दै भनेका छन्, ‘प्रश्नको ढंग तपाइ नसिकाउनुस् ।’
त्यस्तैमा मन्त्री यादवले शिष्ट भएर प्रश्न सोध्न र इन्टरव्युलिने तरिका सिक्न तथा कसरी कुरा गरिन्छ त्यो सिक्न भनेका छन् ।
त्यस्तैमा पत्रकार पाण्डेले भनेका छन्–ए,तपाई नेपाली मेडियालाई प्रश्न सोध्न सिकाउने ? ठाडो प्रश्न हो ठाडै जवाफ हुन्छ मन्त्रीज्यू । त्यसको जवाफमा मन्त्री यादवले ‘सबै मेडियालाई होइन, तपाइलाई हा ’ भनेर जवाफ दिएको देखिन्छ ।
त्यत्तिकैमा पत्रका पाण्डेले ठाडो प्रश्न र ठाडो जवाफ हुन्छ भनेर पुन : पहिलेको बाक्य दोहो¥याएका छन् भने मन्त्रीले ‘ल बन्द गर्नुस्’ भनेर जवाफ दिँदा पत्रकार पाण्डेले ‘तपाइ जान सक्नुहुन्छ भनेर’ जवाफ फर्काएका छन् ।
पत्रकार पाण्डेले भनेका छन्– प्रश्नको उत्तर दिन सक्नुहुन्न भने तपाइ जान सक्नुहुन्छ मन्त्रीज्यू यहाँ आएर तपाई बकबास नदेखाउँनुस् । हामी मजालै प्रश्न सोध्न सक्छौं ठाडो प्रश्न सोध्छौं । कुन चाँहि शब्द अशिष्ट भयो भन्नुस् त ? प्रश्नको जवाफ दिने हिम्मत छैन भने तपाइ जान सक्नुहुन्छ छ भने बस्न सक्नुहुन्छ
यत्तिकैमा मन्त्री यादवले आफ्नो शरीरमा लगाइएको माइक्रो फोन निकालेर कार्यक्रमबाट बाहिरीएको देखिन्छ ।
राजनीतिक दलप्रति वितृष्णा नै भएपनि पत्रकार पाण्डेको प्रश्न सोध्ने शैलीमा राजनीतिक मानमर्दन नराखेको देखिन्छ भने मन्त्री यादवले पनि प्रश्नको जवाफ दिने क्रममा आक्रोश भएर होइन कि, सहनशीलता र सभ्यता देखाउनु पर्दथ्यो । तर, त्यस्तो हुन नसक्नु समाजको लागि विडम्वना नै मान्नुपर्छ ।
पत्रकार पाण्डेको प्रश्न सोधाइ र प्रस्तुति धमला शैलीमा गएको देखिएको पनि विश्लेषकहरुको आरोप छ ।
तातिएको समाजिक संजाल
मन्त्री र पत्रकारको यो संवाद युट्युवमा मात्र नभएर सामाजिक संजाल फेसबुक लगायतका सोसल मेडियामा भाइरल बनेका छन् । कसैले पत्रकारको प्रश्न सोध्ने तरिकामा प्रश्न उठाएका छन् भने, कतिपयले मन्त्री यादवले पत्रकारले सोधेको जवाफ दिन नसकेको आरोप लगाएको छन् ।
यो संवाद सुनेपछि देशविदेबाट कसले के भने त ?

अन्तर्वार्ता लिन बोलाएका अतिथिलाई स्डुडियोबाट ‘हिम्मत नभए जाउ’ भनेर पटकपटक भनेपछि उपेन्द्र हिँडे । प्रश्नहरू शिष्ट हुनुपर्छ, र अन्तरवार्ताकारसँग पत्रकार मर्यादित हुनैपर्छ । उसो भए प्रश्नको जवाफ दिन नसके स्डुडियो बिचैमा छोडेर हिड्ने त ! भन्न खोजेको के ?
— Deep Shikha (@deepshikha_im) May 13, 2019
त्यो अतिथि बोलार ‘जान सक्नुहुन्छ’ भन्ने सोल्टीको नामचैँ के रछ हौ? एभिनुजले तलब नदेको रिस यादवमाथि पोखेछ केटोले??सेकेन्डको सड्काले मान्छे सकिन्छन् जे होस्!
— Anamol Mani (@anamolmani) May 13, 2019



वि.सं.२०७६ वैशाख ३० सोमवार १०:४३ मा प्रकाशित






























