
३१ बैशाख, काठमाण्डौं । भारतमा जारी लोकसभाको चुनावको प्रभाव नेपालको भान्सामा परेको छ ।
विभिन्न राज्य छुट्टा छुट्टै भएको चुनावका लागि नेपाल–भारतवीचको नाका बन्द हुँदा तरकारी आयात रोकिएकाले तरकारीको मूल्य शतप्रतिशतदेखि १८५ प्रतिशत सम्मले बढेको हो ।
भारतीय बजारबाट ल्याइने स्याउ लगायतका फलफूलको मूल्य समेत आकासिएको छ ।
कालीमाटी तरकारी तथा फलफूल बजार बिकास समितिको आइतबार मूल्यसूची अनुसार
भान्साको अनिवार्य उपज गोलभेडा (ठूलो) को थोक मूल्य नै प्रतिकिलो ९५ देखि १०० रुपैयाँसम्म छ भने सानो गोलभेडाको थोक मूल्य ८५ देखि ९० रुपैयाँ सम्म छ । ठूलो गोलभेडाको मूल्य गतवर्षको यहि अवधिको तुलनामा १५८ बढी हो भने सानो गोलभेडाको मूल्य २८२ प्रतिशत महँगो हो ।
गत वर्ष यही अवधिमा ठूलो गोलभेडा ३८ रुपैयाँ र सानो गोलभेडा २३ रुपैयाँ किलो थियो । मंगलबारको अन्न्पूर्णपोष्ट दैनिकबाट
वि.सं.२०७६ वैशाख ३१ मंगलवार ०८:३७ मा प्रकाशित