back
CTIZAN AD

रिना मृत्यु प्रकरण : रिर्पोट भन्छ-‘टाउको र छातिमा चोट लागेको कारण मृत्यु’

वि.सं.२०७६ वैशाख ३१ मंगलवार

753 

shares

३१ बैशाख, विराटनगर । दुई दिन सम्म पथरी बजार तनाब ग्रस्त बनाएको २९ वर्षीया रुपा भनिने रिनाको बस्नेतको मृत्यु प्रकरणको अन्तिम पोस्टमार्टम रिर्पोट सोमबार आएको छ ।

फरेन्सीक (विधि विज्ञान) ल्याब रिर्पोटबाट प्राप्त भएको पोस्टमार्टम प्रतिवेदनले उनको हत्या नभएको पृष्टि गरेको मोरङका प्रहरी प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । शवको पोष्टमार्टम बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको थियो ।

मृत्युको घटनालाई जोडेर तीनजनासँग गरिएको पोलिग्राफ जाँचको अन्तिम रिर्पोट सोमबार प्राप्त भएको हो । प्रहरीले रिनासँग लामो समयदेखि सम्पर्कमा रहेका प्रतिष्ठित व्यापारी सहित ५० जनासँग सोधपुछ गरेको थियो । रिनाका प्रेमी भनिएका मोरङको सुन्दर हरैंचा नगरपालिका ३ का कमल नेपाल, कमलकी पत्नी मनिता र रिना बस्ने फ्लाटमै डेरा गरी बस्दै आएका मदन गुरागाईँको पोलिग्राफ पनि जाँच गरिएको थियो ।

रिर्पोटमा यौनजन्य क्रियाकलाप नभएको, मादक पदार्थ सेवन गरेको, करङ भाचिएको, हतियार प्रहार नभएको, विषय वा बेहोस बनाउने औषधि जन्य पदार्थ प्रयोग नभएको र टाउको तथा छात्तिको भित्रि भागमा चोटका कारण रिनाको मृत्यु भएको उल्लेख गरिएको डीएसपी श्रेष्ठले बताए । मंगलबारको अन्न्पूर्णपोष्ट दैनिकबाट

वि.सं.२०७६ वैशाख ३१ मंगलवार ०८:२७ मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...