
३१ बैशाख, काठमाण्डौं । नेपालका भू माफिया यति शक्तिशाली छन्, जसबाट पशुपति नाथले आफ्नो जायजेथा रक्षा गर्न सकिरहेका छैनन् ।
पशुपतिका नाममा रहेको उपत्यकाकै कम्तिमा दुईसय ३१ रोपनी १० आना जग्गा कहिले कसले खायो पत्तै छैन ।
बाग्मती मनहरा नदी बगरसम्मका पशुपति जग्गा हराएका हुन् । तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शम्सेरदेखि भूमाफियासम्मले पशुपतिको जग्गा गायब पारेको ठहर छानविन समितिले गरेको छ ।
श्रीपशुपति नाथको अमलकोट कचहरी, श्रीपशुपति भण्डार तहबिलको असुली लगतको अभिलेख अनुसार पशुपतिनाथको नाममा रहेको दुईसय ३१ रोपनी १० आना जग्गा गायब पारिएको छ ।
पशुपति नाथको गुठी जग्गा छानबिन तथा संरक्षण समितिले अर्बौ रुपैयाँ पर्ने जग्गा हराएको प्रतिवेदन तयार पारेको छ । मंगलबारको अन्नपूर्णपोष्ट दैनिकबाट
वि.सं.२०७६ वैशाख ३१ मंगलवार ०८:११ मा प्रकाशित