
नेपालमा मिडियालाइ नियमन , सहजिकरण र निर्देशन गर्ने सस्था हो हालको प्रेष काउन्सील । यहि सस्था भविष्यमा मेडिया काउन्सील बन्दै छ । आमसन्चार माध्यम आम मानिसहरुको जिवनसंग जोडिएकोले यसका बिबिध पहलुहरुमा आम मानिसको चासो हुनु स्वाभाविक हुन्छ ।
पछिल्लो समय मेडिया काउन्सील बिधेयकमा आम चासो र छलफल हुनु स्वभाविक हो । संसदमा दर्ता भएको मेडिया काउन्सील विधेयक अहिले खुव चर्चामा छ । बिपक्षी दल नेपाली काङग्रेस, मेडिया सोसाइटी र नेपाल पत्रकार महासघंले विधेयकको बिरोध गरेका छन । बिरोध गर्नेहरुले विधेयकले पे्रष स्वतन्त्रा खण्डीत गर्ने बताइरहेका छन । यता सरकारका प्रवक्ता तथा सन्चा मन्त्री गोकुल बास्कोटा भने यसको बिपक्षमा देखिन्छन ।
प्रजातान्त्रीक ब्यवस्थामा जनताबाट निर्वाचित सरकारले पे्रष स्वतन्त्रता कुण्ठीत हुने कुनै काम गर्छ भन्ने कल्पना समेत गर्न सकिदैन । जनताको अपार मत सहित अनुमोदित बर्तमान सरकारबाट पनि त्यस्तो पे्रष स्वतन्त्रता बिरोधि कुनै काम हुन सक्ला भन्नु कता कता कुण्ठा पोख्नु भन्दा बढि नहोला । पछिल्लो समय मेडिया सम्वन्धीत सस्थाहरुका अभिव्यक्ती कतै त्यता उन्मुख त छैनन् वा गहिराइमा नपुगि सतहमा आधारीत छन् आम पत्रकारहरुले बिवेक सम्मत बिश्लेषण गर्नेबेला आएको छ ।
महान दार्शनिक थोमस जेर्फसनको चर्चित उक्ती मेडिया बिनाको राज्य र राज्य बिनाको मेडियामा छनौट गर्नु परे आफुले राज्यबिनाको मेडिया छान्ने चर्चित उक्ती यहां स्मरण गर्नु मनासिव हुन्छ । पे्रष स्वतन्त्रता आम पत्रकारहरुको जिवन हो भने प्रजातान्त्रीक शासन प्रणलिको मेरुदण्ड हो । प्रजातन्त्र र पे्रष स्वतन्त्रता एक अर्काका परीपुरक हुन । त्यसैले पे्रष स्वतन्त्रता कुण्ठीत हुने अवस्था आउन नदिन पत्रकार मात्रै होइन आम मानिसहरुपनि सजग र सचेत हुनु जरुरी छ । तर आफ्रनो आङ्गको भैसि नदेख्ने अरुको आङ्गमा परेको लिखो देख्ने प्रवृति नत्यागि पे्रष स्वतन्त्राको रक्षक भने बन्न सकिदैन । अहिले भइरहेको यहि हो । पत्रकार महासघं कहिल्यै पत्रकारहरुको वृति बिकाशमा सहचारी बन्न नसकेको तितो यथार्थ हामिले भोगेकै छौ । पछिल्लो समय महासघंले पत्रकार को बन्न सक्छ यो विषयमा बहस चलाउन सकेकै छैन । मेडिया काउन्सील विधयकको जुइनो महासघंको यहि असक्षमतासगं जोडिएको छ ।
चिकित्सा शिक्षा पढेकाहरुले चिकित्सा पेशा अवलम्वन गर्न लाइसेन्स पास गर्नु पर्छ , वकालत , इन्जीनियरीङ्ग सबैमा लाइसेन्स पास गर्नु पर्छ । डाक्टर अनाडि हुदा एकजना बिरामिको भविष्य मात्र बिग्रन्छ । इन्जीनियर वा वकिलले पनि सिमित प्रभाव पार्छन । यि पेशामा प्रवेश गर्नेहरुले कठिन परीक्षा पास गर्नु पर्छ । पेशामा पनि उच्च नैकिता प्रदर्शन गर्न नसक्दा लाइसेन्सनै खारेज गर्न सक्ने नियामक निकाय छन । तर करोडौलाइ एकैपटक प्रभाव पार्ने समाज परीवर्तनको महत्वपुर्ण टुल पत्रकारीता यति निम्छरो तरीकाले चलेको छ – पत्रकार हुन पत्रकारीता पढ्न पनि मन पर्दैन ।
लाइसेन्सका लागि कुनै पेशागत नैतिकताको जरुरी छैन । सबभन्दा धेरै नैतिकवान बन्नु पर्ने पत्रकार मानहानि र चरीत्र हत्याको कारण बनिरहदा महासघं पिडकको पक्षमा उभिएका घटना हामिसग छन ।न्युनतम पारीश्रमिकको विषयमा महासघं श्रमिकभन्दा बढि मालिकको पक्षमा उभिएको तितो हामिले भेगेकै हो ।यहि यथार्थकाबिच अहिले मेडिया काउन्सील बिधयक चर्चामा छ । केहिमान्छेहरु आकाश खस्लाकि जस्तो गरेर यसको उछितो काढिरहेका छन ।
प्रेष स्वतन्त्रताको आकाश आफैले थामेजस्तो गरी हुटिट्रयाउ पारा देखाउनु अगाडि उनिहरुले पत्रकारपनि मान्छे हो भन्ने बुझ्रनु जरुरी छ । यसकारण पत्रकारलेपनि गल्ती गर्न सक्छ । पत्रकार भएकै नाताले दोष बाट उन्मुक्ती पाउनु पर्छ भन्ने कसैको आग्रह हो भने यो प्राकृतिक न्यायमा आधारीत पक्कै हुदैन । कि पत्रकार आम मानिस होइन भन्न सक्नु पर्रयो होइन भने उसलाइ कानुन किन नलाग्ने ।अहिले बिधयकको बिपक्षमा वकालत गरेर समय वर्वाद गर्नुभन्दा फलाम तातेको बेलामा मर्ममा प्रहार गरौ । नेपाली पत्रकारीतालाइ शुद्दिकरण गर्ने वकालत गरौ । यसका लागि पत्रकार बन्न पत्रकारीताको डिग्रिलाइ अनिवार्य गरौ । लाइसेन्सको परीक्षामा कडाइ गरौ । पत्रकारको वृतिविकासकालागि मेडिया काउन्सीललाइ शसक्त बनाउ ।
जनआस्था साप्ताहिकबाट
वि.सं.२०७६ जेठ २ बिहीवार ११:५५ मा प्रकाशित




























