back
CTIZAN AD

तपाई पनि बन्न चाहानुहुन्छ कि मिसेस नेपाल ग्रान्ड ?

वि.सं.२०७६ जेठ २ बिहीवार

840 

shares

काठमाडौं । विवाह पछि महिलाहरु घर तथा कार्यालयको काम काजमा सिमित हुनुपर्ने अबस्था छ । तर यो अबस्थाबाट माथि उठाएर सेविब्रेटी समेत बनाउन यल मिडियाले गतवर्षबाट मिसेस नेपाल ग्रान्ड आयोजना गर्दै आएको छ ।

यसरी विवाहित महिलाहरुको व्यक्तित्व विकाश, प्रतिभा प्रस्तुति र विभिन्न अबसरका लागि ‘मिसेस नेपाल ग्रान्ड–२०१९, सिजन–२’ आयोजना हुने भएको छ ।

यो प्रतियोगिताको लागि अडिसनको फारम खुला गरिएको आयोजक संस्था यल मिडियाकी अध्यक्ष रमी श्रेष्ठले जानकारी गराएकी छिन् । यो प्रतियोगिताले हरेक महिलालाई सेलिब्रेटी बनाउन सक्ने पनि श्रेष्ठले बताएकी छिन् ।

यो प्रतियोगितामा ५० वर्ष ननाघेका जुनसुकै उमेरका विवाहित महिलाले भाग लिन पाउने पनि आयोजक श्रेष्ठले जानकारी गराईन् । जेठको पहिलो साता र दोश्रो साता अडिसन लिएर प्रशिक्षण सुरु गरी असारमा भव्य समारोहबीच मिस नेपाल ग्रान्ड–२०१९ चयन गरिने भएको छ ।

अडिसनपछि चयन भएका महिलाहरुलाई व्यक्तित्व विकाश, महिला शक्तिकरण सम्बन्धि प्रशिक्षण, पब्लिक स्पिकिङ, जुम्बा, स्विमिङ, क्याटवाक, नृत्य, सेल्फ मेकअप, मिडिया म्यानेजमेन्ट, बिजनेश म्यानेजमेन्टसहित विभिन्न प्रशिक्षण दिइने भएको छ । चर्चित कोरियोग्राफर सहित नायक नायिका, मोडल, ब्युटिसियन, पत्रकार, सफल महिलाहरु तथा विभिन्न क्षेत्रका सफल व्यक्तिहरुबाट आ आफ्नो क्षेत्रको बारेमा विविध कक्षाको पनि आयोजना गरिने भएको छ । एक महिनाको विशेष प्रशिक्षणपछि प्रतियोगीहरुलाई अन्तिम प्रतिस्पर्धामा उतारिने भएको छ ।

‘मिसेस नेपाल ग्रान्ड–२०१९, सिजन–२’का बिजेताले नगद रुपैयाँ, तीन महिनाको ब्युटिसियन सम्बन्धि विशेष कोर्ष, फिटनेश सम्बन्धि एक महिनाको बिशेष कोर्ष सहित विभिन्न अबसर र उपहार प्राप्त गर्नेछन् ।

यस्तै प्रतियोगितामा अन्य शिर्ष उपाधि र गिफ्ट ह्याम्पर पनि राखिएको छ । यल मिडियाको आगामी फेशन शोहरुमा एक वर्षसम्म मोडलिङ गर्ने अबसर पनि बिजेता तथा रनर अपहरुले प्राप्त गर्ने आयोजक रमी श्रेष्ठले जानकारी गराएकी छिन् ।

वि.सं.२०७६ जेठ २ बिहीवार १३:२३ मा प्रकाशित

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

काठमाडौं । हास्यकलाकार तथा अभिनेता दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...