back
CTIZAN AD

स्पेनी प्रधानमन्त्रीद्वारा ‘लिनर बजेट’मा समर्थन दिन प्रतिपक्षलाई आग्रह

वि.सं.२०७३ कात्तिक २८ आइतवार

723 

shares

२८ कात्तिक, म्याड्रिड (स्पेन) । स्पेनका प्रधानमन्त्री मारिआनो रजोएले आफ्नो सरकारले युरोपियन युनियनसँगको घाटा बजेटलाई व्यवस्थापन गर्नेगरी ल्याउन लाएको ‘लिनर बजेट’ मा सरकारलाई सहयोग गर्न प्रतिपक्षीदलसँग आग्रह गरेको छ ।

प्रधानमन्त्री रजोएको दलसँग वर्तमान सत्ता समीकरणमा कानुन परिवर्तन गर्नका लागि चाहिने बहुमत संसद् सदस्य नहुँदा ‘लिनर बजेट’ ल्याउन प्रतिपक्षको सहयोगको याचना गरिएको छ ।

प्रधानमन्त्री रजोएले सरकार बाहिर रहे पनि आफ्नो दलसँग निकटता राख्ने दलका नेताहरूसँग कुरा अघि बढाएको र देशको अर्थव्यवस्थापनमा देखिएको सङ्कट समाधान गर्दै राजनीतिक स्थिरताको लक्ष्य प्राप्त गर्ने आफ्नो उद्देश्य रहने बताउनुभयो ।

स्पेनको सन् २०१६ मा जारी गरिने बजेटले ५.५ अर्बको राजस्व वृद्धिका लागि इयु अधिकारीसँग सहमति जनाएअनुसार बजेटको व्यवस्था गर्नुपर्ने हुन्छ ।

स्पेनमा दुई पटकसम्म भएको निर्वाचनले कुनै पनि दललाई स्पष्ट बहुमत नदिएको अवस्थामा १० महिना लामो राजनीतिक सङ्कटलाई अन्त्य गर्न कन्जर्भभेटिव पार्टीलाई यहाँका दलले जिम्मेवारी सुम्पिएका छन् ।

रजोएले राजनीतिक सङ्कट समाधान गर्ने सर्तमा दोस्रो पटक उहाँलाई प्रधानमन्त्री बन्न संसद्ले विश्वासको मत प्रदान गरेको छ । एपी

वि.सं.२०७३ कात्तिक २८ आइतवार ०३:३१ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...