Logo
७ आश्विन २०८०, आईतवार
     Sun Sep 24 2023
E-paper
  English Edition
   Unicode
Logo

बैंकमा प्रतिबन्धित भारतीय नोट साट्न हजारौँको भीड



२८ कात्तिक, नयाँदिल्ली (भारत) । भारत सरकारले भारतीय ५०० रुपैयाँ र एक हजार रुपैयाँलाई प्रतिबन्ध गर्ने घोषणा गरेपछि सर्वसाधारण, व्यापारी उद्योगपतिलगायतले आफूसँग रहेका नोट साट्न बैंकहरूमा भीड लागेपछि शनिबार केही बैंक वरपरको स्थानमा भद्रगोलको अवस्था सिर्जना भयो ।

नयाँदिल्लीमा पनि नगद साट्न मानिसहरू घन्टौँ लाइनमा बसे । तर हजारौँ मानिसले पालोका लागि अघि बढ्ने क्रममा सामान्य भागदौडको स्थिति बन्यो ।

ठूलो भीड देखिएका ठाउँमा सरकारले प्रहरीको व्यवस्था ग¥यो । प्रहरीले भीडलाई सम्यमित रुपमा लाइनमा बसेर आफ्नो नगद साटेर फर्किन दिनभर अनुरोध गर्दैमा व्यस्त बने ।

केहीले सरकारको अदूरदर्शिताका कारण आफ्नो पैसा लिनसमेत घन्टौँ लाइनमा बस्नुपरेकामा दुखेसो पोख्दै थिए । ‘मलाई सरकारले यति ठूलो कदम योजनाबिनै लिँदा लाखौँ जनता दुःखमा परेका, नगद साट्न दिल्लीको एक बैंक बाहिर तीन दिनदेखि लामो लाइनमा बसेका थकित युवा राजु सुन्दरमले बताउनुभयो ।

उहाँले बिहीबार र शुक्रबार मेरो पालो आउनुपूर्व नै बैंकमा नयाँ नोट सकिएको सूचना गर्दै सकिएको बताउनुभयो ।

सरकारको कदमले जनमानसमा असुविधा भएको भन्दै सरकारले यसलाई सहज बनाउनेबारे सोचेको छैन भन्ने प्रश्नमा भारतीय अर्थमन्त्री अरुण जेट्लीले पक्कै पनि यस कदमबाट सर्वसाधारणमा समस्या भएको भए पनि यो कदम बाध्यात्मक भएको बताउनुभयो ।

उहाँले नयाँ नोट सहज उपलब्ध गराउन दुई वा तीन हप्ताको समय लाग्न सक्ने उहाँको भनाइ थियो । एपी


-->

विक्रम गिरी, हाङ्जाउ (चीन) । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा आइतवार भएको

काठमाडौँ । आर्थिक क्षेत्रका विज्ञहरूले नेपाल र चीनबीच सम्झौता गर्दा र सम्झौता कार्यान्वयनका लागि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज

एकराज पाठक,बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गरेका

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवाती दुई महिनामा मुलुकले रू दुई खर्ब