back

स्पेनी प्रधानमन्त्रीद्वारा ‘लिनर बजेट’मा समर्थन दिन प्रतिपक्षलाई आग्रह

वि.सं.२०७३ कात्तिक २८ आइतवार

36 

shares

२८ कात्तिक, म्याड्रिड (स्पेन) । स्पेनका प्रधानमन्त्री मारिआनो रजोएले आफ्नो सरकारले युरोपियन युनियनसँगको घाटा बजेटलाई व्यवस्थापन गर्नेगरी ल्याउन लाएको ‘लिनर बजेट’ मा सरकारलाई सहयोग गर्न प्रतिपक्षीदलसँग आग्रह गरेको छ ।

प्रधानमन्त्री रजोएको दलसँग वर्तमान सत्ता समीकरणमा कानुन परिवर्तन गर्नका लागि चाहिने बहुमत संसद् सदस्य नहुँदा ‘लिनर बजेट’ ल्याउन प्रतिपक्षको सहयोगको याचना गरिएको छ ।

प्रधानमन्त्री रजोएले सरकार बाहिर रहे पनि आफ्नो दलसँग निकटता राख्ने दलका नेताहरूसँग कुरा अघि बढाएको र देशको अर्थव्यवस्थापनमा देखिएको सङ्कट समाधान गर्दै राजनीतिक स्थिरताको लक्ष्य प्राप्त गर्ने आफ्नो उद्देश्य रहने बताउनुभयो ।

स्पेनको सन् २०१६ मा जारी गरिने बजेटले ५.५ अर्बको राजस्व वृद्धिका लागि इयु अधिकारीसँग सहमति जनाएअनुसार बजेटको व्यवस्था गर्नुपर्ने हुन्छ ।

स्पेनमा दुई पटकसम्म भएको निर्वाचनले कुनै पनि दललाई स्पष्ट बहुमत नदिएको अवस्थामा १० महिना लामो राजनीतिक सङ्कटलाई अन्त्य गर्न कन्जर्भभेटिव पार्टीलाई यहाँका दलले जिम्मेवारी सुम्पिएका छन् ।

रजोएले राजनीतिक सङ्कट समाधान गर्ने सर्तमा दोस्रो पटक उहाँलाई प्रधानमन्त्री बन्न संसद्ले विश्वासको मत प्रदान गरेको छ । एपी

वि.सं.२०७३ कात्तिक २८ आइतवार ०३:३१ मा प्रकाशित

‘नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य’

‘नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य’

काठमाडौँ । नेपाल हेर्ने इन्डोनेशियाको ढाकास्थित दुतावासले नेपालबाट इन्डोनेशिया प्रवेश...

गाजाबाट थप १२ बन्धक रिहा

गाजाबाट थप १२ बन्धक रिहा

गाजापट्टी (प्यालेस्टिनी अधिनस्थ क्षेत्र) । प्यालेस्टिनी बन्दीहरूको बदलामा थप बन्धक...

गाजामा युद्धविराम मध्यस्थता प्रयास जारी

गाजामा युद्धविराम मध्यस्थता प्रयास जारी

गाजा,जेरुसेलम । विद्यमान इजराइल–हमास मानवीय युद्धविरामलाई अगाडि बढाउन मध्यस्थता प्रयासलाई...

बङ्गलादेशमा ‘हिंसात्मक’ कारवाहीमा हजारौँ मानिस पक्राउ

बङ्गलादेशमा ‘हिंसात्मक’ कारवाहीमा हजारौँ मानिस पक्राउ

ढाका । बङ्गलादेश सरकारले आम निर्वाचनअघि ‘प्रतिस्पर्धा हटाउन’ का लागि...

विश्व बैंकद्वारा कम्बोडियाका लागि १६ करोड ३० लाख डलर सहयोग स्वीकृत

विश्व बैंकद्वारा कम्बोडियाका लागि १६ करोड ३० लाख डलर सहयोग स्वीकृत

नोम पेन्ह । विश्व बैंकले कम्बोडियाका चार प्रान्तमा पानी आपूर्ति...

इजराइल–हमास युद्धविराम र बन्धक रिहाइमा ढिलाइ

इजराइल–हमास युद्धविराम र बन्धक रिहाइमा ढिलाइ

जेरुसेलम । इजराइलले चार दिने गाजा युद्धविराम र बन्धकहरूको रिहाइ...