Logo
२६ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 9 2023
E-paper
  English Edition
   Unicode
Logo

साउदी अधिराजकुमार टुर्कीको निधन



२८ कात्तिक, रियाद (साउदी अरब),। साउदी राजा सलमानका भाइ अधिराजकुमार टुर्कीविन अब्देल अजिजको निधन भएको राजदरबारबाट शनिबार जारी विज्ञप्तिमा जनाइएको यहाँको एसपिए न्यूज एजेन्सीले जनाएको छ ।

अधिराजकुमार टुर्की साउदी अधिराज्यका संस्थापक पिता किङग अब्दुल अजिजविन साउद र माता हासावन अहमद सुदैरीका कोखबाट सन् १९३४ मा जन्मनुभएको थियो ।

टुर्कीले सन् १९६८ देखि सन् १९७८ मा साउदीको उप–रक्षामन्त्रीका रुपमा समेत काम गर्नुभएको थियो ।

उहाँको शनिबारै अन्त्येष्टि गरिएको दरबारद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

साउदी राजा सलमानले अधिराजकुमारको मृत्युपछि शनिबार बेलुकादेखि तीनदिनसम्म समवेदना सन्देश ग्रहण गर्नुहुने राजदरबार स्रोतले जनाएको छ । एएफपी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लन्डन । अध्ययनका लागि यूके आएको केही महिनामै बिरामी भएर निधन भएकी २१ वर्षीया