back

रु दुई अर्ब बक्यौता उठाउन प्राधिकरणलाई निर्देशन

वि.सं.२०७६ जेठ ५ आइतवार

483 

shares

५ जेठ, काठमाडौँ ।  प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले मातहतका विभिन्न निकायको झण्डै रु दुई अर्ब बक्यौता असुल्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ ।

समितिको आजको वैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअन्तर्गत ग्राउण्ड हेण्डलिङ तथा भाडाबापतको वक्यौता रकम यथाशीघ्र उठाउनका लागि आवश्यक कारवाही अघि बढाउन प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको हो । समितिले सञ्चालनमा रहेका र नरहेका राष्ट्रिय अन्तर्राष्ट्रिय विमान कम्पनीहरु, सरकारी कार्यालय तथा विभिन्न निजी कक्षहरुको हालसम्मको वक्यौता रु एक अर्ब ९५ करोड ३० लाख ७३ हजार २२८ यथाशीघ्र असुलउपर गर्न निर्देशन दिएको छ ।

उक्त बक्यौतामध्ये सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय विमान कम्पनीको करीब रु ८१ करोड, सञ्चालनमा रहेका राष्ट्रिय विमान कम्पनीको रु चार करोड, सञ्चालनमा नरहेका अन्तर्राष्ट्रिय विमान कम्पनीको रु चार करोड, सञ्चालनमा नरहेका राष्ट्रिय विमान कम्पनीको रु आठ करोड, सरकारी कार्यालयको रु ५५ करोड, अन्य सञ्चालनम रहेका र नरहेका कक्षहरुको करीब रु ४० करोड बक्यौता रहेको प्राधिकरणका महानिर्देशक संजिव गौतमले जानकारी दिए । प्राधिकरणले जम्मा बक्यौता रु दुई अर्ब ५१ करोड ४० लाख ५० हजार ६०३ मध्ये गत वैशाख मसान्तसम्म रु ५६ करोड नौ लाख ७७ हजार ३७४ असुल गरेको उनले बताए ।

वि.सं.२०७६ जेठ ५ आइतवार १७:२३ मा प्रकाशित

Himalayan Life AD
विप्लवले फोरे पार्टीको नाम, राखे नेकपा (माओवादी)

विप्लवले फोरे पार्टीको नाम, राखे नेकपा (माओवादी)

काठमाडौँ । नेत्रविक्रम चन्दले नेतृत्व गरेको पार्टीले नाम फेरेको छ...

फर्किएको रैथाने खान्कीको रौनक

फर्किएको रैथाने खान्कीको रौनक

काठमाडौँ । एक जमाना यस्तो थियो मानिस कोदोको ढिँडो लुकाएर...

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

  काठमाडौँ । ‘फ्लड लाइट’ले उज्यालिएको मैदानको प्याराफिटमा हजारौँ दर्शक...

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर...

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काठमाडौं । सरकारले सम्झौता भएका तर काम नगरेर अलपत्र पारिएका...

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

काठमाडौँ । विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महशुल...