back
CTIZAN AD

नायिका शुभेच्छाले ल्याइन् ‘लक्ष्मी रानी’

वि.सं.२०७६ जेठ ६ सोमवार

762 

shares

६ जेठ, काठमाडौं । नायिका निर्माता तथा निर्देशक शुभेच्छा थापाको ‘लक्ष्मी रानी’को छायाँकन सम्पन्न भएको छ ।

शुभेच्छा सिने फ्रेमको प्रस्तुति ‘लक्ष्मी रानी’ चलचित्रको छायाँकन नेपाल–भारत सिमाना दार्चुला क्षेत्रमा ५५ दिन लगाएर सम्पन्न गरिएको हो ।

यो चलचित्रमा गाउँको अबस्था र शहरी परिवेशको चित्रण हुने भएकोले फिल्म युनिटको रोजाई दार्चुला परेको थापाले बताइन् । ‘लक्ष्मी रानी’ बिशुद्ध सामाजिक कथामा आधारित चलचित्र निर्माण भएको कुरा निर्माण पक्षले जानकारी गराएको छ ।

ग्रामिण क्षेत्र र शहरी क्षेत्रका महिलाहरुले जीवन बिताउन भोगेका अलग अलग सघर्षको ब्यथा र धर्म सस्कृतिका बारेमा चलचित्रले आफ्नो कथामा समेट्ने प्रयास गर्ने फिल्म युनिटले जनाएको छ ।

‘लक्ष्मी रानी’ चलचित्रमा शुभेच्छा सहित धिरेन शाक्य, मिथिला शर्मा, नयाँ प्रस्तुतिमा विनोद त्रिपाठी, जयकिशन बस्नेत, भोजपुरी कलाकार परदेशी साह, श्याम राई, पल्पसा डंगोल लगायत कलाकार रहेका छन् ।

हालसम्म कलाकार तथा निर्माता बन्दै आएकी नायिका शुभेच्छाले ‘लक्ष्मी रानी’ चलचित्रबाट पहिलो पटक निर्देशनमा डेब्यु गरेकी हुन् । आधा दर्जन चलचित्रमा सहायक निर्देशनमा काम गरेको अनुभवले पनि मैले यो चलचित्रको निर्देशनको भूमिकामा सफल हुने बिश्वास लिएकी छु, उनले भनिन् । ‘लक्ष्मी रानी’ चलचित्र आगामी ०७६ सालको तिहारमा प्रदर्शनमा ल्याईने जानकारी निर्देशक थापाले बताइन् ।

वि.सं.२०७६ जेठ ६ सोमवार १४:२२ मा प्रकाशित

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...