back

नायिका शुभेच्छाले ल्याइन् ‘लक्ष्मी रानी’

वि.सं.२०७६ जेठ ६ सोमवार

435 

shares
GLOBAL IME AD
NTC AD

६ जेठ, काठमाडौं । नायिका निर्माता तथा निर्देशक शुभेच्छा थापाको ‘लक्ष्मी रानी’को छायाँकन सम्पन्न भएको छ ।

शुभेच्छा सिने फ्रेमको प्रस्तुति ‘लक्ष्मी रानी’ चलचित्रको छायाँकन नेपाल–भारत सिमाना दार्चुला क्षेत्रमा ५५ दिन लगाएर सम्पन्न गरिएको हो ।

यो चलचित्रमा गाउँको अबस्था र शहरी परिवेशको चित्रण हुने भएकोले फिल्म युनिटको रोजाई दार्चुला परेको थापाले बताइन् । ‘लक्ष्मी रानी’ बिशुद्ध सामाजिक कथामा आधारित चलचित्र निर्माण भएको कुरा निर्माण पक्षले जानकारी गराएको छ ।

ग्रामिण क्षेत्र र शहरी क्षेत्रका महिलाहरुले जीवन बिताउन भोगेका अलग अलग सघर्षको ब्यथा र धर्म सस्कृतिका बारेमा चलचित्रले आफ्नो कथामा समेट्ने प्रयास गर्ने फिल्म युनिटले जनाएको छ ।

‘लक्ष्मी रानी’ चलचित्रमा शुभेच्छा सहित धिरेन शाक्य, मिथिला शर्मा, नयाँ प्रस्तुतिमा विनोद त्रिपाठी, जयकिशन बस्नेत, भोजपुरी कलाकार परदेशी साह, श्याम राई, पल्पसा डंगोल लगायत कलाकार रहेका छन् ।

हालसम्म कलाकार तथा निर्माता बन्दै आएकी नायिका शुभेच्छाले ‘लक्ष्मी रानी’ चलचित्रबाट पहिलो पटक निर्देशनमा डेब्यु गरेकी हुन् । आधा दर्जन चलचित्रमा सहायक निर्देशनमा काम गरेको अनुभवले पनि मैले यो चलचित्रको निर्देशनको भूमिकामा सफल हुने बिश्वास लिएकी छु, उनले भनिन् । ‘लक्ष्मी रानी’ चलचित्र आगामी ०७६ सालको तिहारमा प्रदर्शनमा ल्याईने जानकारी निर्देशक थापाले बताइन् ।

वि.सं.२०७६ जेठ ६ सोमवार १४:२२ मा प्रकाशित

रजतपटमा आइरहेका चलचित्रभन्दा फरक ‘कर्मा’, के भन्छन् कलाकारहरु ?

रजतपटमा आइरहेका चलचित्रभन्दा फरक ‘कर्मा’, के भन्छन् कलाकारहरु ?

काठमाडौं । चलचित्र ‘कर्मा’का कलाकारले यो नेपाली रजतपटमा आइरहेका चलचित्रभन्दा...

‘कर्मा’ मा विपिन कार्कीको नयाँ अवतार (भिडियोसहित)

‘कर्मा’ मा विपिन कार्कीको नयाँ अवतार (भिडियोसहित)

काठमाडौं । फिल्म ‘कर्मा’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले...

‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड

‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड

काठमाडौँ । शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘होस्टेल ३’ हेर्न चलचित्र...

ढुङ्गे पार्कमा श्रमदान गर्दै मूर्तिकार बराइली

ढुङ्गे पार्कमा श्रमदान गर्दै मूर्तिकार बराइली

धरान (सुनसरी) । धनकुटाको पाख्रिबासबाट आएका मूर्तिकार शङ्कर बराइलीले यहाँको...

कला संस्कृति संरक्षण गर्न मगर सङ्ग्रहालय स्थापना

कला संस्कृति संरक्षण गर्न मगर सङ्ग्रहालय स्थापना

घोराही (दाङ) । मगर समुदायको कला संस्कृति संरक्षण गर्न घोराही...

महाशिवरात्रिको अवसरमा चार चलचित्रको छायांकन सुरु

महाशिवरात्रिको अवसरमा चार चलचित्रको छायांकन सुरु

काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर आज चारवटा चलचित्रको मुहुर्त तथा...