back

७९० अपराधीको विवरण पठायो जिल्ला अदालत दाङले

वि.सं.२०७६ जेठ ८ बुधवार

513 

shares

८ जेठ, दाङ । जिल्ला अदालत दाङले कैद भुक्तान गर्न र जरिवाना तिर्न बाँकी रहेका एक हजार ७९० अपराधीको नाम ठेगानासहित स्थानीय तहमा विवरण पठाएको छ ।

सेवा प्रवाहमा उनीहरुको पहिचान गर्न आग्रह गर्दै कुनै पनि सार्वजनिक सेवा नदिन अदालतले सम्बन्धित उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका र वडामा पत्र पठाएको हो ।

अदालतका मुख्य न्यायाधीश हेमन्त रावलका अनुसार दाङमा विसं २००८ देखि २०७५ सालसम्म कैद सजाय तोकिएका २७९ नेपाली र नौ विदेशीसहित २८८ अपराधी अदालतको फरार सूचीमा छन् । त्यसैगरी, जरिवाना तोकिएका एक हजार ८५ नेपाली र पाँच जना विदेशी गरी एक हजार ९० जना अपराधी फरार छन भने कैद तथा जरिवाना दुवै फैसला भएका ४०८ नेपाली र चार विदेशी गरी ४१२ अपराधी फरार सूचीमा छन् ।

अपराधीको विवरण वडागतरुपमा स्थानीय सरकारलाई उपलब्ध गराइएको र उनीहरुलाई सेवा दिए कर्मचारी तथा जनप्रतिनिधिलाई कारवाही हुनेसमेत न्यायाधीश रावलले बताए । त्यसैगरी प्रशासन, बैंक तथा वित्तीय संस्थालाई पनि पत्र पठाउने तयारी भइरहेको उहाँले जानकारी दिए ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६५ तथा जिल्ला अदालत नियमावली २०७५ को नियम ८७ को व्यवस्थाअनुसार सबैलाई पत्राचार गरिएको उनको भनाइ छ ।

वि.सं.२०७६ जेठ ८ बुधवार १४:४० मा प्रकाशित

Himalayan Life AD
आज १२५ राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री

आज १२५ राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सबै राजनीतिक दलहरुलाई सिंहदरबार...

सिरहामा डाँका समूहको गोली प्रहारबाट बाबु-छोरा घाइते

सिरहामा डाँका समूहको गोली प्रहारबाट बाबु-छोरा घाइते

जनकपुरधाम । सिरहामा डाँका समूहको गोली प्रहारबाट दुई जना गम्भीर...

बालाचतुर्दशीः डोलेश्वर,ज्योतिर्लिङ्गेश्वर र गोकुलधाममा छरियो शतबीज

बालाचतुर्दशीः डोलेश्वर,ज्योतिर्लिङ्गेश्वर र गोकुलधाममा छरियो शतबीज

भक्तपुर । यहाँस्थित डोलेश्वर महादेव मन्दिर ज्योतिर्लिङ्गेश्वर र गोकुलधाममा शतबीज...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

  काठमाडौँ ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले...

मतदाता नामावली सुरक्षित रहेको निर्वाचन आयोगको दाबी

मतदाता नामावली सुरक्षित रहेको निर्वाचन आयोगको दाबी

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अभिलेख पूर्ण रूपमा सुरक्षित...

विप्लवले फेरे पार्टीको नाम, राखे नेकपा (माओवादी)

विप्लवले फेरे पार्टीको नाम, राखे नेकपा (माओवादी)

काठमाडौँ । नेत्रविक्रम चन्दले नेतृत्व गरेको पार्टीले नाम फेरेको छ...