back
CTIZAN AD

७९० अपराधीको विवरण पठायो जिल्ला अदालत दाङले

वि.सं.२०७६ जेठ ८ बुधवार

714 

shares

८ जेठ, दाङ । जिल्ला अदालत दाङले कैद भुक्तान गर्न र जरिवाना तिर्न बाँकी रहेका एक हजार ७९० अपराधीको नाम ठेगानासहित स्थानीय तहमा विवरण पठाएको छ ।

सेवा प्रवाहमा उनीहरुको पहिचान गर्न आग्रह गर्दै कुनै पनि सार्वजनिक सेवा नदिन अदालतले सम्बन्धित उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका र वडामा पत्र पठाएको हो ।

अदालतका मुख्य न्यायाधीश हेमन्त रावलका अनुसार दाङमा विसं २००८ देखि २०७५ सालसम्म कैद सजाय तोकिएका २७९ नेपाली र नौ विदेशीसहित २८८ अपराधी अदालतको फरार सूचीमा छन् । त्यसैगरी, जरिवाना तोकिएका एक हजार ८५ नेपाली र पाँच जना विदेशी गरी एक हजार ९० जना अपराधी फरार छन भने कैद तथा जरिवाना दुवै फैसला भएका ४०८ नेपाली र चार विदेशी गरी ४१२ अपराधी फरार सूचीमा छन् ।

अपराधीको विवरण वडागतरुपमा स्थानीय सरकारलाई उपलब्ध गराइएको र उनीहरुलाई सेवा दिए कर्मचारी तथा जनप्रतिनिधिलाई कारवाही हुनेसमेत न्यायाधीश रावलले बताए । त्यसैगरी प्रशासन, बैंक तथा वित्तीय संस्थालाई पनि पत्र पठाउने तयारी भइरहेको उहाँले जानकारी दिए ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६५ तथा जिल्ला अदालत नियमावली २०७५ को नियम ८७ को व्यवस्थाअनुसार सबैलाई पत्राचार गरिएको उनको भनाइ छ ।

वि.सं.२०७६ जेठ ८ बुधवार १४:४० मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...