back
CTIZAN AD

भारतीय प्रधानमन्त्रीले माफी मागे

वि.सं.२०७३ कात्तिक २९ सोमवार

951 

shares

narendra-modi२९ कात्तिक, नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार गोवाको पणजीमा एक विशाल सभालाई सम्बोधन गर्नुभएको छ ।

पणजीमा एक आमसभालाई सम्बोधन गर्दै उहाँले गत नोभेम्बर ८ बाट लागू गरिएको भारु पाँच सय र एक हजारको मुद्रा नोटलाई बन्द गर्न तत्कालका लागि भारु सय र त्यस भन्दा मुनिको नोटमात्र प्रचलनमा ल्याउने सरकारको घोषणाको पक्षमा बोल्नुभएको थियो

कसैले सुइको साइनोसमेत नपाएको अनअपेक्षित रूपमा आएको सरकारी उक्त निर्णय र कार्यान्वयनका कारण हाल बजारमा मुद्रा नोटको हाहाकार पर्दा सर्वसाधारणले सास्ती खेप्नु परेको छ ।

यस्तै अवस्थालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले यसलाई भ्रष्टाचारी, कर छली गर्ने गिरोह र अवैध मुद्राका कारोवारीहरूबाट देशलाई बचाउनको लागि यस्तो कदम अपनाइएको जानकारी दिनुभयो ।

सम्बोधनको क्रममा देश प्रेमले भाबुक हुनु भएका प्रधानमन्त्री मोदीले ५० दिन अर्थात आगामी डिसेम्बर ३० सम्म आफूलाई सहयोग गर्न भारतीय जनतालाई आग्रह गर्नुभयो ।

आर्थिक सुधारका अरू पनि कैयौँ कदमहरू भएको उहाँले बताउनुभएको छ । गोवा राज्यका जनताहरूबाट आर्शिवाद लिन आफू आएको र अहिले जनताबाट सहयोग पाएमा आर्थिक रूपमा सम्पन्न नयाँ भारतको निर्माण हुने पनि उहाँले बताउनु भएको छ । एएफपी

फाइल: तस्बिर

वि.सं.२०७३ कात्तिक २९ सोमवार ०४:१२ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...