back
CTIZAN AD

शान्तिको कामना गर्दै बहराइनमा २५६३ औ बुद्ध जयन्ती मनाईयो

वि.सं.२०७६ जेठ १३ सोमवार

528 

shares

२६ मे, बहराइन ।  नेपाल तामाङ घेदुङ प्रवास शाखा बहराइन द्वारा आयोजित २५६३ औ बुद्ध जयन्ती समारोहको अवसरमा शान्ति पुजा पाठ कार्यक्रम गरेर २४ मा भव्यरुपमा २५६३ औ बुद्धजयन्ती मनाईएको छ ।

बहराइनको मानमास्थित ओरेनटेल प्लाजा होटेलमा शान्तिको कामना गर्दै लामा गुरु गौतम लामाबाट पूजा पाठ गरि २५६३ औ बुद्ध जयन्ती भव्यरुपमा मनाईएको हो ।

देश–बिदेशमा २५६३ औ बुद्ध जयन्ती मनाइरहेको बेला प्रवास शाखा बहराइन घेदुङले पनि बहराइनमा रहेका बौद्धमार्गी तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको उत्साहजनक उपस्थितिमा शान्तिको कामना गर्दै २५६३ औ बुद्ध जयन्ती मनाइएको बताएको छ ।

२५६३ औ बुद्ध जयन्ती घेदुङ बहराइनका अध्यक्ष महेन्द्र तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा बहराइनका बरिष्ठ समाजसेवी तथा नेपाली क्लब बहराइनका संरक्षक गम गुरुङ प्रमुख अतिथि रहेका थिए । त्यस्तै, विशेष अतिथितर्फ नेपाली क्लब बहराइनका अध्यक्ष कमल श्रेष्ठ र एन आर एन बहराइनका अध्यक्ष लाल पुन र अतिथितर्फ बहराइनमा रहेका विभिन्न क्रियाशील संघ सस्थाका प्रतिनिधिहरु रहेका थिए भने बहराइनमा रहेका समाजसेवी, पत्रकार, बुद्धिजीवी, कलाकार, व्यावसायी, लगायत उल्लेख रूपमा बहराइनबासी नेपालीहरुको उल्लेख्य उपस्थिति रहेकोे थियो ।

कार्यक्रममा तामाङजातिको पहिचान झल्काउने मौलिक भेष भुषामा व्यापक रूपमा बहराइनमा रहेका तामाङ दाजुभाइ तथा दिदिबहिनीहरुको उपस्थिति रहेकोे थियो ।

घेदुङ बहराइनका महासचिव मान बहादुर तामाङ र सास्कृतिक बिभागका सचिव सलाम गोम्जाको संचालन रहेको उक्त कार्यक्रममा मेन्दोमाया र घेदुङ बहराइनका सम्पूण मीत्रहरुबीच एक आपसमा तामाङ टोपि, फेटा र खादा साटासाट गरि बुद्ध जयन्तीको शुभकामना आदानप्रदान गरेका थिए ।

सभापति, प्रमुख अतिथि र अतिथिहरुले संयुक्त रूपमा दीप प्रज्वलन गरि कार्यक्रम उदघाटन गर्दै नेपालको राष्ट्रिय गान बजाइ कार्यक्रमलाई मुर्तरुप दिइएको थियो ।

घेदुङ बहराइनका बरिष्ठ उपाध्यक्ष प्रेम स्याङतानले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम हल भरिभराउ थियो भने अतिनै रमाइलो बाताबरणमा सम्पन्न कार्यक्रममा उपस्थिति सम्पूर्णलाई सेलरोटी, अचार, पुरी तरकारी, खिर, फलफूल पानी र जुसको व्यवस्था आयोजक घेदुङ बहराइनले गरेको थियो ।

घेदुङको महिला विभाग गठन

बुद्ध जयन्ती कार्यक्रमकै दिन घेदुङ बहराइनले महिला बिभाग तर्फ महिला कार्यसमिति चयन समेत गरेको छ ।

जसमा महिला बिभाग प्रमुख गिता लामा सहित क्रमशः अम्बिका लामा, माया लामा, अबिना वल, सरिता पाख्रीन, सुबि मोक्तान , प्रनिसा दोङ रहेका छन ।
त्यसैगरी महिला उपाध्यक्षमा सरिता लामा, सल्लाहकारतर्फ रोज लामा र सांस्कृतिक सचिवमा सलाम गोम्जालाई चयन गरिएको छ ।

दिल बहादुर तामाङलाई आर्थिक सहयोग
घेदुङ बहराइनले महिला बिभागका सदस्य प्रनिसा दोङकी भिनाजु काठमाडौ शंखरापुर न. पा. वाड न. २ निवासी वर्ष ५३ का दिल बहादुर तामाङ (क्यान्सर रोगले पीडित) लाई बुद्ध जयन्ती कार्यक्रमकै दिन उपचारार्थ आर्थिक नगद बहराइन दिनार १२५ नेपाली रकम ३७००० (सैतिस हजार रुपैयाँ) आर्थिक सहयोग गरिएको छ ।

क-कसले दिएका थिए त मन्तव्य ?
कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ समाजसेवी गम गुरुङ कि.या. चुका अध्यक्ष तथा जनजाती महासघ बहराइनका बरिष्ठ उपाध्यक्ष बिरेन्द्र तुम्बापो, घेदुङ बहराइनका प्रमुख सल्लाहकार एक वल, घेदुङ बहराइनका सांस्कृतिक सचीव सलाम गोम्जाले बुद्ध जयन्तीको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

धन्यवाद ज्ञापन
कार्यक्रम समापन गर्दै अध्यक्ष महेन्द्र तामाङले कार्यक्रममा उपस्थिति भएर कार्यक्रम सफल पार्नु हुने बहराइनमा अबस्थित कृयासिल संघ संस्थाहरुको प्रतिनिधिहरु बुद्धिजीवी, समाजसेवी, पत्रकार, व्यावसायी, कलाकार, राजनीतिज्ञ र कार्यक्रममा उपस्थिति जनाउनु हुने सम्पूर्ण बहराइनबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाइ हृदयदेखिनै धन्यवादको साथमा आभार प्रकट गरेको बताए ।

यसैगरी आउने वर्षहरुमा पनि घेदुङ बहराइनले व्यापक रूपमा बहराइनबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको उपस्थितिमा बुद्ध जयन्ती मनाउने बताएका थिए ।

२५६३ औ बुद्ध जयन्ती समारोह कार्यक्रममा जुस र पानी स्पोन्सर गर्नुहुने घेदुङ बहराइनका उपाध्यक्ष याम दोङ लामा त्यसैगरी क्यामरा स्टेन सहयोग गर्नुहुने घेदुङ बहराइनका सचिव सरोज मोक्तान क्रमश डिल्बा दोर्जे स्पोन्सर गर्नुहुने सागर थिङ, डमरु(फेन्द्वर) स्पोनसर गर्नुहुने रोज लामा र पिङ, छेमे र धूप स्पोनसर गर्नु हुने घेदुङका सल्लाहकार उर्गेन लामा लगायतलाई घेदुङ बहराइनले विशेष धन्यवाद ज्ञापन गरेको छ ।

त्यसैगरी घेदुङ बहराइनको बुद्ध जयन्ती समारोह कार्यक्रम सफल बनाउन यातायातको व्यवस्थापन गर्ने पेमा पाख्रीन साथै मिनि मेलामा सामान बिक्रीवितरण गरि सस्थालाइ सहयोग गर्ने याम दोङ, रानी लामा, अबिना बल, सरिता पाख्रीन साथै क्यामारामा अपरेटर सरोज मोक्तान, रोज लामा साउन्ड सिस्टम अपरेटर दिपेश लामा, कार्यक्रम संयोजक प्रेम लामा उपसंमयोजक सोम मोक्तान साथै स्वयंसेवक मित्रलाई र सम्पुर्ण कार्यक्रममा खटिएका दाजुभाइ तथा दिदीबहिनीहरुलाइ पनि घेदुङले धन्यवा दिएको छ ।

माला फेटा र खादा स्पोन्सर गर्नुहुने मेन्दोमायाका कलाकार तथा मेन्दोमाया प्रेमीहरु क्रमशः फुल माया तामाङ, खेवा लामा , मनमाया वाइबा ,लक्ष्मी स्याङतान, टीका माया चोथेन, शान्ति माम्बा तामाङ, सलाम गोम्जा लगायतलाई पनि ध्यनवाद दिएको छ ।

त्यसैगरी कार्यक्रमलाई सफल बनाउन समाचार सम्प्रेषण गरि प्रचारप्रसारमा सहयोग पुर्याउनु हुने सम्पुर्ण मिडियाहरु क्रमशः नामसादिङ डटकम, नुवाकोट एक्सप्रेस डटकम, सैलुन अनलाइन डटकम, थहामती डटकम, पिटि अनलाइन न्युज, तामाङ पेज, इन्फो प्लिज, तामाङ भ्वाइस डटकम, सिमपानी न्युज डटकम लगायत र अतिथि मेन्दोमाया कलाकार रोम लामा र आर बि लामालाई समेत घेदुङले विशेष धन्यवाद ज्ञापन गरेको छ ।

वि.सं.२०७६ जेठ १३ सोमवार १७:२२ मा प्रकाशित

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...