back
CTIZAN AD

अमेरिकामा डा. एलिना शाक्य सम्मानित

वि.सं.२०७६ जेठ १४ मंगलवार

789 

shares

संयुक्तराज्य अमेरिकाको बाल्टीमोर काउन्टीका मेरिल्याण्ड हाउस अफ डेलिगेट्स हयारी भंडारीले ओहायो राज्यको एक्रोनमा लामो समयदेखि सामाजिकसेवा र भुटानी शरणार्थीहरुको स्वास्थ्यउपचारमा उल्लेखनीय योगदान दिएकी डा.एलिना शाक्यलाई विशेष् सम्मानपत्र प्रदान गरेका छन् ।

नेपाली अमेरिकी अर्गनाइजेसन अफ ओहायो (नाओ) का अध्यक्ष डा. शाक्यले शरणार्थीहरुको खासगरी शैक्षिक क्षेत्रमा पिछडिएका र अंग्रेजी भाषाको संचारमा कठिनाइ भोगीरहेका बिस्थापित भुटानी शरणार्थीहरुको प्राथमिक स्वास्थ्य उपचारमा बिगत आठ बर्षदेखि योगदान दिइरहेकी छन् ।

काठमाडौं कुलेश्वर आवासमा जन्मीएकी डा.शाक्यले नेपाल मेडिकल कलेज अत्तरखेलबाट एमविविएस पुरागरी अमेरिकाको ओहायो राज्यबाट इन्टरनल मेडिसिनमा एमडी उपाधि हासिल गरेकी छन् ।

अंग्रेजी भाषा र नेपाली भाषाको क्षेत्रमा विशेष् दक्षता हासिल गरेकी डा. शाक्यले यसअघि ओहायोका बिभिन्न भुटानी शरणार्थी संस्थाहरुबाट पनि थुप्रै सम्मानपत्र प्राप्त गरिसकेकी छन् । उनी नेपलिज मिडवेष्ट अमेरिका अर्थात एनमाको कार्यकारिणी सदस्य पनि रहेकी छन् ।
उनले अमेरिकामा भुटानी शरणार्थीहरुले भोगीरहेका भाषागत समस्या र अमेरिकी स्वास्थ्य उपचार पद्धतिमा पाइने अप्ठेराहरुलाई मेहनतकासाथ सहज बनाउन उल्लेखनीय योगदान दिंदै आएको कुरा बिज्ञप्तीमा जनाइएको छ ।

ओहायोमा बिगत दुइ दशक सन १९९९ देखि आप्रवासी नेपालीहरुको हितमा कार्यरत गैरमुनाफा मुलक सामाजिक संस्थाले नेपालमा शैक्षिक क्षेत्रको विकास लगायत भुकम्प पीडित,बाढी पीडितहरुका लागि चन्दा संकलनगरी पठाएको छ ।

सामाजिक र स्वास्थ्यउपचारमा न्याय र समान अधिकार कायम हुनुपर्छ भन्ने मन्यता राख्नु हुने डा.शाक्यको विशेष सक्रियतामा नेपाली महिला सशक्तिकरणमा योगदान दिने उद्देष्यले नाओका सदस्य डा.प्रिया वैद्यको संयोजकत्वमा महिला सशक्तिकरण समिति गठन भएको छ । समितिले हालै महिला सशक्तिकरण संबन्धी विचार गोष्ठी सफलतासाथ सम्पन्न गरेको छ ।

 

वि.सं.२०७६ जेठ १४ मंगलवार ११:५० मा प्रकाशित

धौलागिरी गाउँपालिका समाज अमेरिकाको अध्यक्षमा नवराज फगामी

धौलागिरी गाउँपालिका समाज अमेरिकाको अध्यक्षमा नवराज फगामी

अमेरिकामा रहेका धौलागिरी गाउँपालिकावासी नेपालीहरूलाई संगठित गर्दै धौलागिरी गाउँपालिका समाज...

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

ओस्लो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् नर्वेको...

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट...

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता सोम सापकोटाले...

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...