back
CTIZAN AD

च्याम्पियन्स लिगको उपाधि लिभरपुललाई

वि.सं.२०७६ जेठ १९ आइतवार

762 

shares

१८ जेठ, म्याड्रिड । युरोपेली फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको यस वर्षको उपाधि इङ्लिस क्लब लिभरपुलले जितेको छ ।

स्पेनको म्याड्रिडमा शनिबार राति भएको फाइनल प्रतिस्पर्धामा लिभरपुलले टोटेनह्यामलाई २ – ० गोल अन्तरले पराजित गरेको थियो ।पहिलो गोल २ मिनेटभित्रै गरेको लिभरपुल र टोटेनह्यामबीच निकै प्रतिस्पर्धात्मक खेल भएको थियो । पहिलो गोल लिभरपुलका प्रतिभाशाली खेलाडी एवं प्लेमेकर मोहम्मद सालेहले पेनाल्टी मार्फत गरेका थिए ।

डिबक्सभित्र साडिओ मानेको क्रस पासमा टोटेनह्यामका डिफेन्डर सिसोकोको हातमा बलले छोएका कारण लिभरपुलले पेनाल्टीको अवसर पाएको थियो ।

इङलिस प्रिमियर लिगमा दोस्रो र तेस्रो स्थानमा रहेका यी दुबै टिमले खेल अवधिमा गोल गर्ने केही अवसर पाएका थिए तर गोल हुन सकेको थिएन । दुबै तर्फका गोलरक्षकले सुन्दर प्रदर्शन गरेका कारण प्रतियोगितामा धेरै गोल हुन पाएन ।तर लिभरपुलका लागि स्थानापन्न खेलाडी डिभोक ओरिगीले ८७औं मिनेटमा गोल गरी लिभरपुलको जित सुनिश्चित गरेका थिए

। लिभरपुलले यो सहित छ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

वि.सं.२०७६ जेठ १९ आइतवार ११:२७ मा प्रकाशित

पल्सर स्पोर्ट्स अवार्डः चार विधाका मनोनयन सार्वजनिक

पल्सर स्पोर्ट्स अवार्डः चार विधाका मनोनयन सार्वजनिक

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) पल्सर स्पोर्ट्स अवार्ड...

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

काठमाडौं । आईएनजी ग्रुपको हेराल्ड कलेजले २० औं एसियाली खेलकुदमा...

ज्ञान कार्निभलको ३२औँ संस्करण सोमबारदेखि, पहिलोपटक छात्रा फुटबल समावेश

ज्ञान कार्निभलको ३२औँ संस्करण सोमबारदेखि, पहिलोपटक छात्रा फुटबल समावेश

काठमाडौं। विद्यालयस्तरीय खेलकुद प्रतियोगितामध्ये पुरानो तथा लोकप्रिय स.बल ज्ञान कार्निभलको...

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...