back
CTIZAN AD

विदेशस्थित भातृसंस्थामा पहिलो जनजागरण कार्यक्रम गर्ने देश बन्यो आयल्याण्ड

वि.सं.२०७६ जेठ १९ आइतवार

825 

shares

कर्क, आयरल्याण्ड । नेपाली जनसम्पर्क समिति आयरल्याण्डको आयोजनामा ‘नेपाली कांग्रेस र गैरआवासीय नेपाली’ नामक अन्तरकृया कार्यक्रम कर्क सहरमा भब्यरूपमा सम्पन्न गरेको छ ।

नेपाली जनसम्पर्क समिती आयरल्याण्डको अधिवेशन तयारी एवं नेपाली कांग्रेसको जनजागरण अभियान अन्र्तगत विदेशमा भएको यो पहिलो कार्यक्रम हो ।

नेपाली जनसम्पर्क समिती आयरल्याण्डका अध्यक्ष शुक्रराज न्यौपानेको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुखअतिथी नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य तथा पूर्बमन्त्री वीर बहादुर बलायर रहेका थिए ।

उक्त कार्यक्रममा प्रमुख अतिथी वलायरले अहिले नेपालको कम्युनिष्ट घटक सरकारले चौतर्फी दृष्टिकोणबाट देशलाई कङ्गाल बनाएको देखिएको बताउँदै काँग्रेसले अब कम्युनिष्ट सरकारको सदन र सडकबाट प्रतिकार गर्दै देशमा रोजगारको अवसर सृजना गरि विदेशीएका नेपालीहरूलाई नेपाल फिर्ता गर्ने गरी पार्टीमा नीतिगत सुधार गरिने वताए ।

नेता बलायरले सानो संख्यामा आयरल्याण्डमा रहेका नेपाली बीचको एकता र सम्पूर्ण संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती देख्दा विदेशमा रहने नेपालीहरूले सद्भावपूर्ण तरिकाले एकापसमा सहकार्य गर्दै मिलेर वस्नु पर्दछ भन्ने अर्थपूर्ण सन्देश दिएकोमा खुशी व्यक्त गरेका थिए । उनले नेपाली जनसम्पर्क समितीको नेतृत्व तथा सम्पूर्ण उपस्थित जनसमुदायको प्रसंसा समेत गरेका थिए ।

त्यसैगरी गैह्रआवासीय संघ आयरल्याण्डका अध्यक्ष नवराज कोईरालाले विदेशमा रहेका आम नेपालीहरू नेपाली संस्कृतिबाट टाढा रहन नसक्ने बताउँदै मन मुटुमा जन्मभूमि बोकेर हिड्ने गैह्रआवासीय नेपालीलाई नेपाली नागरिकता दिनुपर्ने माग गरेका थिए ।

कार्यक्रममा नेपाली जनसम्पर्क समिति आयरल्याण्डका अध्यक्ष, गैरआवासीय नेपाली संघ आयरल्याण्डका संरक्षक एवं पूर्बअध्यक्ष शुक्रराज न्यौपानेले सभापतिको आशनबाट बोल्दै विगतमा पनि विभिन्न माध्यमबाट आयरल्याण्डमा रहेका हरेक नेपालीको सुख दुःखमा संगै रहेर कार्यं गरीरहेको बताउँदै विगतमा जस्तै भविष्यमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

 

 

अध्यक्ष न्यौपानेले नेपाली कांग्रेसको नीति तथा सिद्धान्त राष्ट्रियता, प्रजातन्त्र र समाजवादमार्फत् नै देशको भविष्य सुरक्षित हुने भएकोले नेपाली कांग्रेसको कमीकमजोरीलाई छोपेर होइन सुधारको निम्ती दबाब दिनसम्म जनसम्पर्क समिती आयरल्याण्ड पछि नपर्ने बताका थिए । उनले नेपाली कांग्रेस पार्टीमार्फत् आयरल्याण्डबासी सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरूको समस्या समधान गर्न जोड दिने पनि बताए ।

नेपाली जनसम्पर्क समिति आयरल्याण्डका कोषाध्यक्ष लक्ष्मी सापकोटाको स्वागत मन्तव्य, समितिका सहमहामन्त्री अंकित वलीको सञ्चालन रहेको उक्त अन्तरक्रिया कार्यक्रममा एनआरएनएका पूर्वअध्यक्ष गणेश प्रसाईं, आईसीसी सदस्य राजन काफ्ले, एनआरएनए महिला संयोजक अंजु काफ्ले, कर्क नेपाली समाजका अध्यक्ष लोकनाथ त्रिपाठी, पूर्बअध्यक्ष टेक नारायण पौडेल, लिम्रिक समाजका अध्यक्ष लक्ष्मी पौडेल, पूर्बअध्यक्ष राज थापा नर्दन आयरल्याण्ड समाजका अध्यक्ष लिलाराम निउरे, नारायण कडेल, बसन्त न्यौपाने, वीरेन्द्र अधिकारी, अमृत जोशी, लोकेश धामी, सन्जय अधिकारी, राम गुरूङ्ग, रुपेश रेग्मी, राज कुमार महत, प्रकाश सापकोटा, सुमन गुरुङ्ग, पुण्य नेउपाने, सन्दिप केसी, चमन राना, भागीरथी त्रिपाठी लगायत आयरल्याण्डमा रहेका अधिकांश संघ संस्थामा आबद्ध नेपालीरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

 

वि.सं.२०७६ जेठ १९ आइतवार ११:३९ मा प्रकाशित

धौलागिरी गाउँपालिका समाज अमेरिकाको अध्यक्षमा नवराज फगामी

धौलागिरी गाउँपालिका समाज अमेरिकाको अध्यक्षमा नवराज फगामी

अमेरिकामा रहेका धौलागिरी गाउँपालिकावासी नेपालीहरूलाई संगठित गर्दै धौलागिरी गाउँपालिका समाज...

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

ओस्लो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् नर्वेको...

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट...

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता सोम सापकोटाले...

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...