back
CTIZAN AD

पोल्याण्डमा कपाल खौरेर ब्रत वस्दै पानी अभियन्ता पार्दे

वि.सं.२०७६ जेठ १९ आइतवार

1.1K 

shares

हरेक घरमा धारो होस्, हरेक गाउँमा सिंचाइ होस् राज्यले नागरिकहरुलाई पानी निशुल्क दिनुपर्छ भनेर बिगत लामो समय देखि संघर्ष गरिरहेका पानी अभियानकर्ता मित्र लाल पार्दे आज पानी अभियानको नाममा पोल्यान्ड वारसवामा व्रत बस्ने भएका छन् ।

हरेक राज्यले नागरिकलाई पानी दिन सकेन भने त्यो राज्य राज्य होइन र यो पृथ्वीमा कोहि पनि पानीको कारणले बिदेशिनु नपरोस् भनेर दोश्रो पटक एक दिने व्रत बस्न लागेको उनले बताए ।

पानी अभियान र पानी नपाएका आत्माहरुको नाममा उनले व्रत बस्नु भन्दा अघि कपाल पनि खौरिसकेका छन् ।

‘देखिने पानी नपाउदाँसम्म नदेखिने भगवानको नाममा व्रत बस्नै सक्दैन । पानी नहुँदासम्म कपालमा जुम्रा परिरहनेछ, पानी नारा सफल नहुदाँसम्म म चिल्लाइरहनेछु मेरो कपालमा मेरो शरीरमै जुम्रा परिरहनेछ जुम्रा र खटिरा परेको शरीरले कसरी भगवानको नाम पुकारु ? भोलिको अनशन नभनौ’ भन्ने आग्रहका साथ स्वैच्छिक व्रतका लागि कपाल खौरेको उनले बताए ।

जुन दिन सम्म सरकारले हरेक घरमा पानी निशुल्क व्यवस्था गर्दैन त्यो दिन सम्म प्रत्येक वर्ष एक दिन भए पनि पानी नपाएर तड्पिएका आत्माहरुको सम्झनामा बिहान देखि साझ ५ बजे सम्म व्रत बस्ने योजना अनुरुप यो बर्ष वारसवाको Łazienki Park, 01-999 Warszawa पार्कमा आज आइतबार बस्न लागेको जानकारी गराएका छन् ।

स्मरण रहोस् पहिलो व्रत फ्रान्कफर्ट जर्मनीमा भएको थियो । उक्त ब्रतमा सहभागी कमलेश अधिकारी र केशब ज्ञवाली थिए । पानी अभियान स्वस्फूर्त अभियान भएकोले कसैलाई निमन्त्रणा गरृर नबोलाउने उनको भनाइ छ । ‘पानी अभियान स्वैच्छिक अभियान हो । पानी अभियान कुनै करकाप जबर्जस्ति अभियान होइन । यो अभियान अन्तरआत्माको अभियान हो त्यसैले अभियान आफै बगोस स्वस्फूर्त बगोस यहि हो मेरो चाहना । यद्यपि पानी अभियानमा स्वैच्छिक एवं इच्छुक व्यक्तिहरु पार्कमा समावेश हुन सक्नुहुनेछ । ’अभियन्ता पार्दैको सबैसँग आग्रह रहेको छ ।

वि.सं.२०७६ जेठ १९ आइतवार १२:३९ मा प्रकाशित

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता सोम सापकोटाले...

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...

अफ्रिकाका नेपालीले मातृभूमिको पीडामा सहयोग गर्न एक करोडभन्दा बढी राहत जुटाउँदै

अफ्रिकाका नेपालीले मातृभूमिको पीडामा सहयोग गर्न एक करोडभन्दा बढी राहत जुटाउँदै

लागोस, नाइजेरिया । नेपालमा आएको बाढीबाट प्रभावित नागरिकका लागि अफ्रिकामा...

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...