back
CTIZAN AD

चन्द्र शमशेर जतिपनि हिम्मत नभएको सरकार

वि.सं.२०७६ जेठ २३ बिहीवार

987 

shares

 

पशुपति मन्दिरको सम्पति विवरण भनेर सरकार मातहतको पशुपति क्षेत्र विकास कोषले विवरण सार्वजनिक गरेको छ । तर मूल ढुकुटीको विवरण सार्वजनिक नगरिएको तथा अरु ढुकुटीको विवरण पनि अधुृरो सार्वजनिक गरिएको छ ।

धेरैले पशुपतिनाथ मन्दिरको अथाह सम्पति हिनामिना भएको आशंका गरेका छन् ।

सार्वजनिक गरिएको विवरण अनुसार मात्रै पनि करीव ९ किलो सुन रहेको छ । १ अर्ब २९ करोड नगद विभिन्न वंैकमा रहेको जनाइएको छ । करीव १८ हजार रोपनी जमीन रहेको छ ।

मूल ढुकुटी नखोल्न सर्वोच्च अदालतले आदेश दिएकोले सो खोलिएको छैन । तर सर्वोच्च अदालतले के कति कारणले सो आदेश जारी गरेको थियो र अहिले सम्म किन सो ढुकुटी खोलेर सही विवरण जनता सामु ल्याउन नयाँ आदेश दिएन भन्ने विषयमा सरकारले र सरोकारवाला सबैले सोचेर सो आदेश वदर गराउने वेला भैसकेको छ । देशको सम्पति वारे यस्तो रहस्य वनाइराख्नुले वेइमानी गर्नेहरुले फाइदा उठाउनेछ ।

यस्तो सार्वजनिक मन्दिरको सम्पति सार्वजनिका हितमा प्रयोग गर्ने चलन पहिलेदेखि चलेको नै हो । चन्द्र शमशेरले समेत पनि नेपालवाट दास प्रथा उन्मुलन गर्न पशुपतिको ढुकुटीवाट ३६ लाख ७० हजार रुपैयाँ झिकेर त्यसमा आफु र सरकारले १४ लाख रुपैयाँ थपेर नेपालका सबै दासदासीहरुलाई मालिकहरुवाट मुक्त गरेका थिए । त्यो वेला ५९ हजार ८ सय दासदासीहरु मुक्त गरिएको थियो । उनीहरुलाई अमलेख गन्जमा वसोवासको व्यवस्थापनि सरकारले गरेको थियो । त्यो वेला नेपालको जनसंख्या करीव ५५ लाख थियो ।

३६ लाख रुपैयाँ भनेको त्यो वेलाको ठूलो रकम हो । उपत्यकामा १०० रुपैयाँमा एक रोपनी जमीन पाइने वेला थियो । त्यो भनेको ३६५०० रोपनी जमीन वरावर भयो । यो भनेको अहिले २ करोड प्रति रोपनीको हिसावले ७३ हजार करोड रुपैया भयो । अर्थात ७ खर्ब ३० अर्ब रुपैयाँ । यो भनेको नेपालको अहिलेको वजेटको आधा रकम भन्दा वढी हो ।

मूल ढुकुटी र अरु सबैको वास्तविक हिसाव आउने हो भने अरबौं रुपैयाँ जमीन वाहेक नै पशुपतिनाथ मन्दिरको रहेको हुने अनुमान विज्ञहरुको छ ।

पहिलो, यस मन्दिरको हिसाव पारदर्शि गर्ने आदेश सरकारले दिनु पर्दछ । नगरे कारवाहीको दायरामा ल्याइनु पर्दछ । दोश्रो, सो सम्पति जनताको कल्याणको लागि प्रयोग गरिनु पर्दछ । सो सम्पतिवाट अस्पताल कलेज खोल्ने व्यवस्थाको शुरुवात गर्ने हिम्मत ओली सरकारले गर्नु पर्दछ । सो सम्पतिवाट देशमा विद्यमान दुइखाले शिक्षा प्रणाली अन्त गर्न सकिन्छ ।

तर यस्तो वलियो सरकार भएको वेला पनि चन्द्र शमशेरले जतिपनि हिम्मत गर्न सकेको छैन । यो दुखको कुरा हो ।

वि.सं.२०७६ जेठ २३ बिहीवार १२:०७ मा प्रकाशित

पूर्व रास्वपा स्वास्थ्य विज्ञ डा- सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्ष  नियुक्त

पूर्व रास्वपा स्वास्थ्य विज्ञ डा- सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्ष नियुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व स्वास्थ्य विज्ञ...

कृषि क्षेत्रको रूपान्तरण : समस्या, र राज्यको रणनीतिक दायित्व

कृषि क्षेत्रको रूपान्तरण : समस्या, र राज्यको रणनीतिक दायित्व

नेपाल सनातनी कालदेखि नै कृषिप्रधान मुलुकका रूपमा परिचित छ ।...

खाद्यवस्तुमा फर्मालिनको प्रयोग आम उपभोक्ताको स्वास्थ्यसँग खेलवाड

खाद्यवस्तुमा फर्मालिनको प्रयोग आम उपभोक्ताको स्वास्थ्यसँग खेलवाड

आजको आधुनिक युगमा मानिसको जीवनशैली जति सहज बन्दै गएको छ,...

वाम आन्दोलनको पुनर्जागरणका लागि ३४ आधारहरु

वाम आन्दोलनको पुनर्जागरणका लागि ३४ आधारहरु

अहिले नेपाली कम्युनिस्ट पार्टी र एमाले विच प्रदेश स्तरमा सहकार्य...

मनोगत लक्षण विश्लेषण र सर्वसाधारण जनताका चुनौती

मनोगत लक्षण विश्लेषण र सर्वसाधारण जनताका चुनौती

मनोवैज्ञानिक र सामाजिक विशेषताका आधारमा मानिसहरूको वर्गीकरण गर्ने तरिका नै...

सुशासन, असल शासनको अभ्यास

सुशासन, असल शासनको अभ्यास

काठमाडौँ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ ले मुलुकको...