back
CTIZAN AD

पेरिस जलवायु सम्झौता रद्द नगर्न ट्रम्पलाई आग्रह

वि.सं.२०७३ मंसिर २ बिहीवार

933 

shares

२ मंसीर, माराकेस (मोरक्को) । अधिकांश अमेरिकी ठूला कम्पनीसहित विश्वका ३६० भन्दा बढी कम्पनी र करिब ५०० फर्मले अमेरिकी राष्ट्रपतिमा हालै निर्वाचित डोनाल्ड ट्रम्पलाई १९६ राष्ट्रद्वारा सहमति जनाएको जलवायु सम्झौतालाई कार्यान्वयनमा लान आग्रह गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घले माराकेसमा भइरहेको उच्चस्तरीय जलवायु छलफलमा पठाइएको पत्रमा विश्वका ठूला कम्पनीद्वारा जलवायु सम्झौताबारे वर्तमान अमेरिकी प्रशासनको अडानलाई कार्यान्वयन गर्न नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पलाई उनीहरूले अनुरोध गरेको बताइएको छ ।

पत्रमा विश्व तापक्रमलाई दुई डिग्री सेल्सियसभन्दा माथि जान नदिन दीर्घकालीन बाटो अवलम्बन गर्नुपर्ने धारणा राखिएको छ ।

अमेरिकी नेता ट्रम्पले आफ्नो चुनावी अभियानमा विश्वव्यापी तापक्रम वृद्धिबारे चर्चामा आएका मुद्दाहरू बेकारका गफ भएको भन्दै आफूले उक्त सहमतिलाई रद्द गर्न पहल गर्ने बताउनुभएको थियो । एएफपी

वि.सं.२०७३ मंसिर २ बिहीवार ०३:३५ मा प्रकाशित

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...