back
CTIZAN AD

वर्तमान राजनीतिक आन्दोलनले गलत दिशा लिएको छ :ओबामा

वि.सं.२०७३ मंसिर २ बिहीवार

924 

shares

२ मंसीर, एथेन्स (ग्रीस) । विश्वव्यापीकरणले विश्व अर्थतन्त्रमा फाइदा भएको तर वर्तमान विश्व असमानतालाई नियन्त्रण गर्नेतिर उद्दत रहेको भन्दै पछिल्ला राजनीनिक आन्दोलनलार्ई सही दिशा दिनुपर्ने अमेरिकी राष्ट्रपति बाराक ओबामाले बताउनुभएको छ ।

अमेरिकी राष्ट्रपतिका रूपमा युरोप भ्रमणमा रहनु भएका ओबामाले बुधबार ग्रीसबाट जर्मनीका लागि छुट्नुपूर्व एथेन्समा गर्नुभएको सम्बोधनमा विश्वव्यापीकरणको विश्व अभियानमा केही सुधार गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

हामीले देख्दा विश्वका धनी वर्ग तथा सम्पन्न निकायहरूले कर छली र कानुनका छद्म बाटाहरूलाई अवलम्बन गर्ने परिपाटी मौलाउदा समाजमा अन्यायको महसुस हुने गरेको छ र यसको अन्त्यका लागि नयाँ अभियानको आवश्यकता भएको छ, अमेरिकी राष्ट्रपति ओबामाले भन्नुभयो ।

आफ्नो युरोप भ्रमणका क्रममा राष्ट्रपति ओबामाले युरोप र अमेरिकी माटोमा सस्तो लोकप्रियताका लागि गरिने आन्दोलनले सफलता पाएजस्तो देखिएको बताउनुभयो ।

बेलायत ईयूबाट बाहिरिने सवाल र अमेरिकामा रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पको विजयलाई सङ्केत गर्दै ओबामाले भन्नुभयो विश्वले फरक बाटो हिँड्न लागेको अवस्थामा सतर्कताका साथ अतिराष्ट्रवाद, जातीय पहिचान वा हामी र तिनीहरू भन्ने विभाजित मानसिकतालाई नियन्त्रण गर्न पहल गर्नुपर्ने बताउनुभयो । एएफपी

वि.सं.२०७३ मंसिर २ बिहीवार ०३:३६ मा प्रकाशित

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

तेहरान (एएफपी) । क्यास्पियन सागरमा आफ्नो एक व्यापारिक जहाजमाथि भएको...

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा केही दिनदेखि फैलिएको भीषण डढेलोका कारण तीन...

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

किन्शासा । पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा ‘एलाइड डेमोक्रेटिक...

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनले अफराह अल–जौबालाई विदेशमन्त्री नियुक्त गरेको छ। उनको नियुक्तिसँगै यमनको...

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ । शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि...

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाको मध्यावधि चुनाव हुन १०० दिन...