back

वर्तमान राजनीतिक आन्दोलनले गलत दिशा लिएको छ :ओबामा

वि.सं.२०७३ मंसिर २ बिहीवार

522 

shares
GLOBAL IME AD
NTC AD

२ मंसीर, एथेन्स (ग्रीस) । विश्वव्यापीकरणले विश्व अर्थतन्त्रमा फाइदा भएको तर वर्तमान विश्व असमानतालाई नियन्त्रण गर्नेतिर उद्दत रहेको भन्दै पछिल्ला राजनीनिक आन्दोलनलार्ई सही दिशा दिनुपर्ने अमेरिकी राष्ट्रपति बाराक ओबामाले बताउनुभएको छ ।

अमेरिकी राष्ट्रपतिका रूपमा युरोप भ्रमणमा रहनु भएका ओबामाले बुधबार ग्रीसबाट जर्मनीका लागि छुट्नुपूर्व एथेन्समा गर्नुभएको सम्बोधनमा विश्वव्यापीकरणको विश्व अभियानमा केही सुधार गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

हामीले देख्दा विश्वका धनी वर्ग तथा सम्पन्न निकायहरूले कर छली र कानुनका छद्म बाटाहरूलाई अवलम्बन गर्ने परिपाटी मौलाउदा समाजमा अन्यायको महसुस हुने गरेको छ र यसको अन्त्यका लागि नयाँ अभियानको आवश्यकता भएको छ, अमेरिकी राष्ट्रपति ओबामाले भन्नुभयो ।

आफ्नो युरोप भ्रमणका क्रममा राष्ट्रपति ओबामाले युरोप र अमेरिकी माटोमा सस्तो लोकप्रियताका लागि गरिने आन्दोलनले सफलता पाएजस्तो देखिएको बताउनुभयो ।

बेलायत ईयूबाट बाहिरिने सवाल र अमेरिकामा रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पको विजयलाई सङ्केत गर्दै ओबामाले भन्नुभयो विश्वले फरक बाटो हिँड्न लागेको अवस्थामा सतर्कताका साथ अतिराष्ट्रवाद, जातीय पहिचान वा हामी र तिनीहरू भन्ने विभाजित मानसिकतालाई नियन्त्रण गर्न पहल गर्नुपर्ने बताउनुभयो । एएफपी

वि.सं.२०७३ मंसिर २ बिहीवार ०३:३६ मा प्रकाशित

पोप फ्रान्सिसको निधन : भ्याटिकन

पोप फ्रान्सिसको निधन : भ्याटिकन

भ्याटिकन सिटी । पोप फ्रान्सिसको सोमबार ८८ वर्षको उमेरमा निधन...

इस्टर युद्धविरामपछि रुसले पुनः हवाई आक्रमण सुरु गर्यो : युक्रेन

इस्टर युद्धविरामपछि रुसले पुनः हवाई आक्रमण सुरु गर्यो : युक्रेन

किएभ । मस्को र किएभले एकअर्कामाथि इस्टर युद्धविराम उल्लङ्घन गरेको...

बढ्यो चीनको विद्युत् उत्पादन क्षमता

बढ्यो चीनको विद्युत् उत्पादन क्षमता

बेइजिङ । चीनको कुल विद्युत् उत्पादन क्षमता चालु वर्षको सन्...

अमेरिकी सहरहरूमा ट्रम्प विरोधी प्रदर्शनको अर्को चरण

अमेरिकी सहरहरूमा ट्रम्प विरोधी प्रदर्शनको अर्को चरण

न्युयोर्क । हजारौँ प्रदर्शनकारीले शनिबार न्यूयोर्क, वासिङ्टन र संयुक्त राज्य...

सयौँ युक्रेनी सैनिकको शव प्राप्त गरेको किएभको भनाइ

सयौँ युक्रेनी सैनिकको शव प्राप्त गरेको किएभको भनाइ

किएभ ।  किएभले शुक्रबार रुससँगको युद्धमा मारिएका सयौँ युक्रेनी सैनिकको...

सन् २०२५ चीनको अन्तरिक्ष  अभियान : के तयारी गर्दैछ चीन ?

सन् २०२५ चीनको अन्तरिक्ष  अभियान : के तयारी गर्दैछ चीन ?

बेइजिङ  । चीनले सन् २०२५ मा धेरै महत्वपूर्ण अन्तरिक्ष अभियानहरू...