back
CTIZAN AD

हरेक साता दुई बाघ मारिन्छन् : प्रतिवेदन

वि.सं.२०७३ मंसिर २ बिहीवार

963 

shares

२ मंसीर, हनोइ (भियतनाम) । प्रत्येक हाता कम्तिमा दुई वटा बाघ मारिने वा गैरकानुनी उनीहरूको शरीरको व्यापार गरिने गरेको बुधबार सार्वजनिक गरिएको एक प्रतिवेदनले गरेको छ ।

अहिले विश्वभर बाँकी रहेका करिब चार हजार बाघको भाविष्य अत्यन्तै सङ्कटपूर्ण रहेको भियतनामको राजधानी हनोइमा बिहीबारदेखि दुई दिनसम्म हुने अन्तर्राष्ट्रिय वन्यजन्तुबारे चासो राख्ने विज्ञहरूको सम्मेलन हुन ठिक एक दिन बाँकी रहेका बेला सार्वजनिक प्रतिवेदनमा जनाइएको छ ।

बिहीबारदेखि सुरु हुने सम्मेलनमा विश्वका वन्यजन्तु विज्ञ तथा बेलायती राजकुमार विलियमलगायत विशिष्ट व्यक्तिहरूको सहभागिता हुनेछ ।

अन्तर्राष्ट्रिय वन्यजन्तु अनुगमनकारी संस्था (ट्राफिक) ले ल्याएको बाघका भविष्यबारे डरलाग्दो तथ्याङ्क १६ वर्ष विश्वभरका बाघ बसोबास गर्ने क्षेत्रको अध्ययन र त्यहाँ मृत भेटिएका बाघको अध्ययन तथा विश्लेषणपछि सार्वजनिक गरिएको हो ।

ट्राफिकको तथ्याङ्कअनुसार सन् २००० यता ११० वटा बाघ गैरकानुनी रूपमा मारिएका पाइएको छ ।

अध्ययनले दुर्लभ बाघको संरक्षणका लागि खोलिएका भनिएका प्रजनन् केन्द्र नै उनीहरूको भविष्यमाथि पूर्ण जिम्मेवार रहने नगरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । त्यसमा पनि दक्षिण एसियाली मुलुकहरूमा बाघको भविष्यमाथि जिम्मेवारपूर्ण गतिविधि नदेखिने गरेको प्रतिवेदनमा बताइएको छ ।

अनुसन्धानकर्ताले थाइल्यान्ड, लाओस, भियतनामलगायतका मुलुक बाघको सङ्ख्या संरक्षणका लागि महत्वपूर्ण क्षेत्र हुनसक्ने बताए पनि यी देशले बाघको सङ्ख्या घट्न नदिन उल्लेख्य भूमिका खेल्न नसकेको ट्राफिकका वन्यजन्तु विज्ञ कानिथा कृष्पासमीले बताउनुभएको छ ।

सन् २००० देखि सन् २००३ सम्ममा बाघको बासस्थान दुई प्रतिशतले अन्य प्रयोजनका लागि ओगटिएको पाइए पनि सन् २०१२ देखि सन् २०१५ मा आउँदा ३० प्रतिशत बाघको संरक्षित क्षेत्रमा हस्तक्षेप भएको पाइएको छ । यद्यपि लाओस र भियतनामले बाघको संरक्षणका लागि पछिल्लो समय विशेष योजनाका साथ कार्यक्रम ल्याएको बताइएको छ ।

बेलायती राजकुमार विलियमले विहीबार नै यस विषयमा भियतनामका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटी छलफलसमेत गर्नुभएको छ । एएफपी

वि.सं.२०७३ मंसिर २ बिहीवार ०३:३७ मा प्रकाशित

 अनशनरत भारतीय अभियन्ताको स्वास्थ्य अवस्थाबारे चिन्ता

 अनशनरत भारतीय अभियन्ताको स्वास्थ्य अवस्थाबारे चिन्ता

नयाँदिल्ल । नयाँदिल्लीको एक अदालतले बिहीबार भारतको परीक्षा प्रणालीविरुद्ध अनशनरत...

अमेरिकी महिलाको रिहाइमा ‘शुभेच्छाको इशारा’:  भन्दै राष्ट्रपति ट्रम्पद्धारा प्रशंसा

अमेरिकी महिलाको रिहाइमा ‘शुभेच्छाको इशारा’:  भन्दै राष्ट्रपति ट्रम्पद्धारा प्रशंसा

वाशिङटन, अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थानीय समय अनुसार...

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

काठमाडौँ । इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

इरानबाट आएका चार क्षेप्यास्त्र जोर्डनको हवाई प्रतिरक्षाद्वारा निस्तेज

इरानबाट आएका चार क्षेप्यास्त्र जोर्डनको हवाई प्रतिरक्षाद्वारा निस्तेज

अम्मान । जोर्डनको हवाई प्रतिरक्षा प्रणालीले मङ्गलबार बिहान इरानी भू–भागबाट...

बैङ्ककको पबमा आगलागीः आधारभूत सुरक्षा उपायको अभाव रहेको विज्ञको दाबी

बैङ्ककको पबमा आगलागीः आधारभूत सुरक्षा उपायको अभाव रहेको विज्ञको दाबी

बैङ्कक । थाइल्यान्डको राजधानी बैङ्ककस्थित एक बारमा भएको भीषण आगलागीमा...