Logo
२२ जेष्ठ २०८०, सोमबार
     Mon Jun 5 2023
E-paper
  English Edition
   Unicode
Logo

हरेक साता दुई बाघ मारिन्छन् : प्रतिवेदन



२ मंसीर, हनोइ (भियतनाम) । प्रत्येक हाता कम्तिमा दुई वटा बाघ मारिने वा गैरकानुनी उनीहरूको शरीरको व्यापार गरिने गरेको बुधबार सार्वजनिक गरिएको एक प्रतिवेदनले गरेको छ ।

अहिले विश्वभर बाँकी रहेका करिब चार हजार बाघको भाविष्य अत्यन्तै सङ्कटपूर्ण रहेको भियतनामको राजधानी हनोइमा बिहीबारदेखि दुई दिनसम्म हुने अन्तर्राष्ट्रिय वन्यजन्तुबारे चासो राख्ने विज्ञहरूको सम्मेलन हुन ठिक एक दिन बाँकी रहेका बेला सार्वजनिक प्रतिवेदनमा जनाइएको छ ।

बिहीबारदेखि सुरु हुने सम्मेलनमा विश्वका वन्यजन्तु विज्ञ तथा बेलायती राजकुमार विलियमलगायत विशिष्ट व्यक्तिहरूको सहभागिता हुनेछ ।

अन्तर्राष्ट्रिय वन्यजन्तु अनुगमनकारी संस्था (ट्राफिक) ले ल्याएको बाघका भविष्यबारे डरलाग्दो तथ्याङ्क १६ वर्ष विश्वभरका बाघ बसोबास गर्ने क्षेत्रको अध्ययन र त्यहाँ मृत भेटिएका बाघको अध्ययन तथा विश्लेषणपछि सार्वजनिक गरिएको हो ।

ट्राफिकको तथ्याङ्कअनुसार सन् २००० यता ११० वटा बाघ गैरकानुनी रूपमा मारिएका पाइएको छ ।

अध्ययनले दुर्लभ बाघको संरक्षणका लागि खोलिएका भनिएका प्रजनन् केन्द्र नै उनीहरूको भविष्यमाथि पूर्ण जिम्मेवार रहने नगरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । त्यसमा पनि दक्षिण एसियाली मुलुकहरूमा बाघको भविष्यमाथि जिम्मेवारपूर्ण गतिविधि नदेखिने गरेको प्रतिवेदनमा बताइएको छ ।

अनुसन्धानकर्ताले थाइल्यान्ड, लाओस, भियतनामलगायतका मुलुक बाघको सङ्ख्या संरक्षणका लागि महत्वपूर्ण क्षेत्र हुनसक्ने बताए पनि यी देशले बाघको सङ्ख्या घट्न नदिन उल्लेख्य भूमिका खेल्न नसकेको ट्राफिकका वन्यजन्तु विज्ञ कानिथा कृष्पासमीले बताउनुभएको छ ।

सन् २००० देखि सन् २००३ सम्ममा बाघको बासस्थान दुई प्रतिशतले अन्य प्रयोजनका लागि ओगटिएको पाइए पनि सन् २०१२ देखि सन् २०१५ मा आउँदा ३० प्रतिशत बाघको संरक्षित क्षेत्रमा हस्तक्षेप भएको पाइएको छ । यद्यपि लाओस र भियतनामले बाघको संरक्षणका लागि पछिल्लो समय विशेष योजनाका साथ कार्यक्रम ल्याएको बताइएको छ ।

बेलायती राजकुमार विलियमले विहीबार नै यस विषयमा भियतनामका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटी छलफलसमेत गर्नुभएको छ । एएफपी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यायाधीश नियुक्तिसम्बन्धी व्यवस्था नेपालको संविधानले न्यायसम्बन्धी अधिकार संविधान, अन्य कानून र न्यायका मान्य सिद्धान्तबमोजिम

सुदूरपश्चिम । जाँड रक्सीको नशा लागेकाले आफ्नै घरमा कतिसम्मको क्षति पु¥याउँछन् भन्ने कुरा धनगढीमा

काठमाडौँ । भारतबाट नेपाललाई उपलब्ध गराइने १५ वटा मुर्रा जातको राँगाबाट कम्तीमा एक लाख

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी