back
CTIZAN AD

बृहत रक्तदान कार्यक्रम तथा एनबिडिएको प्रथम साधारणसभा सम्पन्न

वि.सं.२०७६ असार २ सोमवार

972 

shares

२ असार काठमाण्डौ । अन्तर्रा्ष्ट्रिय रक्तदाता दिवसको अवसरमा शुक्रवार काठमाण्डौको चाहबहिलामा आयोजित बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ׀
महालक्ष्मी बिकास बैंक चाबहिल शाखाको आयोजना तथा अन्तर्रा्ष्ट्रिय नेपाली रक्तदाता संघ(INBDA), नेपाली रक्तदाता संघ(NBDA र फ्रेन्डशिप कम्युनिटी अस्पतालको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ׀

दिउँसो ३ बजेदेखि ५ः३० सम्म संचालन भएको उक्त रक्तदान कार्यक्रममा रक्तदान गर्न इच्छुक ६९ जनामध्ये ३६ जनाले रक्तदान गरेका थिए ׀

अमेरिकाबाट नेपाल आइपुगेका अन्तर्रा्ष्ट्रिय नेपाली रक्तदाता संघका अभियानकर्ता केदार तिमिल्सिना समेतले उक्त कार्यक्रममा रक्तदान गरेका थिए ׀

त्यसैगरी शिघ्र संचालनमा आउन लागेको फ्रेन्डशिप कम्युनिटी अस्पतालका ३ सदस्यीय प्राबिधिक टोलीले रक्तदान गर्न आएका रक्तदाताहरुलाई सुगर र ब्लड प्रेसर लगायत जांच गरि सेवा पुर्याएका थिए ׀

उक्त अवसरमा केन्द्रिय रक्तसंचार केन्द्रकी निर्दे्शिका मनिता राजकर्णिकारको प्रमुख आतिथ्यतामा नेपाली रक्तदाता संघ (NBDA) को प्रथम साधारणसभा समेत सम्पन्न भएको थियो ׀ संघका संस्थापक अध्यक्ष निरन्जन पौडेलको सभापतित्वमा सम्पन्न उक्त प्रथम साधारण सभाले आगामी कार्यकालका लागि राहुल रेग्मीको नेतृत्वमा संघको ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ׀


संघको तर्फबाट कोषाध्यक्ष उत्तम अधिकारीद्वारा प्रस्तुत कार्यप्रगति प्रतिबेदन पारित गर्दै भाबि कार्य्दिशा निकर्याैल गर्दै प्रथम साधारण सभा सम्पन्न भएको हो ׀
कार्यक्रममा महालक्ष्मी विकास बैंक चाहबिल शाखाकि शाखा प्रबन्धक रुपा कोइराला र प्रमुख अतिथि मनिता राजकर्णिकारले शुभकामना मन्तब्य दिएका थिए ׀

निर्वा्चित कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई संस्थापक अध्यक्ष पौडेलले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुका साथै ब्लड पल नामक संस्थाद्वारा संचालन गरिएको फोटो कन्टेस्ट प्रतिस्पर्धाका ३ जना बीजेतालाई पुरस्कार समेत प्रदान गरियो ׀

उक्त साधारण सभाले संघको उपाध्यक्षमा खेटराज मैनाली, महासचिवमा कृष्ण प्रसाद देवकोटा, सचिवमा कल्पना खरेल र सदस्यहरुमा बिस्वदीपा उप्रेती, पवित्रा पोखरेल, अस्मिता सिवाकोटीलाइ चयन गरेको छ ׀

प्रस्तुत प्रतिबेदन अनुसार संघले एकल तथा संयुक्त रक्तदान कार्यक्रम मार्फत ४७९ पिन्टरगत संकलन गरेको र अस्पतालमा रहेका बिरामीलाई संस्था मार्फत बिभिन्न मितिमा अस्पतालमै गएर २९ पिन्ट रगत (फ्रेस ब्लड) उपलब्ध गराएको छ ׀
त्यसैगरी संघले आगामी दिनमा अस्पतालमा उपचार गराईरहेका गम्भीर बिरामीले सहज रुपमा रगत प्राप्त गर्न नसक्ने परिस्थितिमा अस्पतालमै गएर फ्रेस ब्लड उपलब्ध गराउनका लागि संस्था मातहत एक “Fresh Blood Unit” गठन गर्ने बिशेष प्रस्ताव पारित गरेको छ ׀

वि.सं.२०७६ असार २ सोमवार १०:५४ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...