back
CTIZAN AD

लागुऔषधसहित ६ पक्राउ

वि.सं.२०७६ असार २ सोमवार

498 

shares

२ असार, म्यागदी । लाागुऔषधसहित बेनीबाट छ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुई युवती पनि छन् ।

उनीहरुको साथबाट ८६ सेट (डाइजापाम, फेनेरागन र नुर्फिन) बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले जानकारी दिए । उनीहरुलाई जिल्ला अदालतबाट अनुसन्धानका लागि आइतबार १० दिनको म्याद थप गरेर हिरासतमा राखिएको छ ।

पक्राउ पर्नेमा रघुगङ्गा गाउँपालिका–१ बेगका २१ वर्षीय निखिल फगामी, बेनी नगरपालिका–८ की रेजिना श्रेष्ठ र मङ्गला गाउँपालिका–३ बरंजाकी २२ वर्षीया सीता केसी छन् । यस्तै बेनी नगरपालिका–९ गलेश्वरका राजकुमार शेरपुञ्जा, बेनी नगरपालिका–८ का २८ वर्षीय विजय बानियाँ र रघुगङ्गा–६ घर भई हाल बेनी नगरपालिका–७ मङ्गलाघाट बस्ने २० वर्षीय प्रविण छन्त्याल रहेका छन् ।

शङ्कास्पद रुपमा हिँडिरहेका उनीहरुलार्ई गस्तीमा रहेको प्रहरी टोलीले शनिबार राति जाँच गर्ने क्रममा लागुऔषध फेला परेपछि नियन्त्रणमा लिएको हो । उनीहरुले लागुऔषध प्रयोगका साथै ओसारपसारमा समेत संलग्न भएको प्रारम्भिक बयान दिएका छन् ।

पाँच हजार सवारीसाधन कारवाहीमा
म्याग्दीमा चालू आर्थिक वर्ष २०७५\७६ को ११ महीनाको अवधिमा पाँच हजारभन्दा बढी सवारीसाधन कारवाहीमा परेका छन् । साउनदेखि जेठ महीनासम्म ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच हजार ३५६ सवारीसाधनका धनी तथा चालकलाई कारवाही गरेर रु ३६ लाख ७० हजार राजश्व सङ्कलन गरेको छ ।

नियमविपरीत सवारीसाधन चलाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने र आवश्यक कागजातविना सवारी चलाउने ट्रकरटिपर, बस, जिप, कार, भ्यान, ट्र्याक्टर, मोटरसाइकल, स्कुटरका चालक र सवारीधनीलाई कारवाही गरिएको प्रहरी सहायक निरीक्षक मित्रलाल ढकालले जानकारी दिए ।

ट्रकरटिपर ८९७, बस ९२८, जिप कार भ्यान एक हजार ९९०, ट्र्याक्टर ५४५, मोटरसाइकल स्कुटर ९१७ लाई कारवाही भएको छ । ९४ सवारी चालकलाई मादक पदार्थ सेवन गरेर सवारी चलाएकोमा कारवाही गरिएको कार्यालयका प्रहरी जवान बैकुण्ड पौडेलले जानकारी दिए । यस वर्ष म्याग्दीमा सात दुर्घटनामा दुईको मृत्यु, पाँच सिकिस्त घाइते, १३ समान्य घाइते र दुई बेपत्ता भएका छन् ।

वि.सं.२०७६ असार २ सोमवार ०९:३५ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...