
३ असार, काठमाण्डौं । सेयर कारोबारीहरुलाई खुसीको खबर छ । अब १० वटा बाणिज्य बैंकले आफ्नै कार्यालयबाट सेवाग्राहिलाई सेयर कारोबारको सुविधा दिने अनुमती पाएका छन् ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने सम्बन्धी प्रावधान अनुसार धेरै बाणिज्य बैंकहरुले राष्ट्रबैंकबाट ब्रोकर कम्पनी संचालन गर्ने अनुमति पाएका हुन् ।
ब्रोकर लाइसेन्सका लागि १९ वाणिज्य बैंकले आवेदन दिएका मध्ये नविल बैंक, कृषि विकास बैंक, हिमालयन बैंक, नेपाल बंगलादेश बैंक, माछापुछ«े बैंक, लक्ष्मी बैंक, सिटिजन्स बैंक, सनराइज बैंक, सिभिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक प्रक्रियामै रहेका छन् ।
त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंक, बैंक अफ काठमाण्डौं, एनआइसी एशिया बैंक, कुमारी बैंक लिमिटेड, सिद्धार्थ बैंक, ग्लेवल आइएमई बैंक, जनता बैंक, मेगा बैंक, सेन्चुरी कर्मर्शियल बैंक, सानिमा बैंकले अनुमति पाइसकेको पनि राष्ट्रबैंकद्धारा जारी सूचनामा उल्लेख छ ।
राष्ट्र बैंकबाट अनुमति पाएपनि बाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिने बारेमा कार्यविधि नबनिसकेको, नेप्सेको संचालक समितिमा छलफल हुन बाँकी रहेको र नेपाल धितोपत्र बोर्डसँग पनि छलफल गर्नुपर्ने नेप्सेका कार्यकारी प्रमुख चन्द्र साउदले बताएका छन् ।
वि.सं.२०७६ असार ३ मंगलवार १०:३० मा प्रकाशित