back

सेवा आयोगको जरुरी सूचना

वि.सं.२०७६ असार ५ बिहीवार

609 

shares


५ असार, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सेवा आयोग सुर्खेतले सेवा आयोगको परीक्षाको समय तालिका सम्बन्धी सूचना जारी गरेको छ ।
आयोगका अनुसार असार २ गते प्रकाशित परीक्षा समयतालिकामा खुला शिक्षकतर्फ विज्ञापन नम्बर ३०, ३१ र ३२ र खुला कर्मचारीतर्फ विज्ञानपन नम्बर ४९ र ५० को परीक्षा एकै दिन परेकोले समय तालिका फेरिएको हो ।

उक्त विज्ञापन अनुसार खुला शिक्षकतर्फको विज्ञापन सिभिल इन्जिनियरिङ, स्ट्रक्चरल इन्जिनियरिङ र कन्स्ट्रक्सन इन्जिनियरिङको परीक्षा र कर्मचारी तर्फको मुख्य सहायक ल्याब र कम्प्युटरको परीक्षा भूलबश एउटै मितिमा परेको जनाउँदै यसले गर्दा दुवैतर्फ फर्म भर्ने उमेद्वारहरु परीक्षा दिनबाट बञ्चित हुने भएकाले परीक्षाको समयतालिका संशोधित गरिएको हो ।

वि.सं.२०७६ असार ५ बिहीवार १०:५० मा प्रकाशित

Himalayan Life AD
त्रिविद्वारा शैक्षिक क्यालेण्डर सार्वजनिक

त्रिविद्वारा शैक्षिक क्यालेण्डर सार्वजनिक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि सुरु हुने शैक्षिकसत्रका...

विदेश पढ्न जानेले एक महिनामै लगे रु ३२ अर्ब ७६ करोड

विदेश पढ्न जानेले एक महिनामै लगे रु ३२ अर्ब ७६ करोड

काठमाडौँ । उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीमार्फत ठूलो...