back
CTIZAN AD

जागिरै जागिरको अवसर, यता पनि दिन सक्नुहुन्छ आवेदन

वि.सं.२०७६ असार ७ शनिवार

912 

shares

७ असार, काठमाण्डौं । नेपालस्थित स्विस दूतावासले ‘अर्थशास्त्री’ पदका लागि विज्ञापन खुलाएको छ ।

९ जुलाई २०१९ सम्म फर्म भर्ने म्याद राखी खुलाईएको सो पदमा प्रत्यासीले Kathmandu.application@eda.admin.ch   मा दरखास्त दिन सक्ने बताईएको छ । महिला उम्मेदवारलाई प्राथमिकता दिइने बताइएको सो दूतावासले सो सम्बन्धी विवरण आधिकारीक वेवसाइटमा राखेकोछ ।

त्यसैगरी रिड ग्लोवल अन्तर्गतको रिड नेपाल संस्थाले परियोजना प्रबन्धकको माग गरेको छ । जुन ३०, २०१९ सम्म फर्म भर्न पाइने सो पदका प्रत्यासीलाई राम्रो सुविधा दिइने तथा नुवाकोटको कुमरी, दोलखाको चरिकोट, चितवनको माडी र दाङको देउखुरी लगायतका विभिन्न आवस्यक ठाउँमा गइरहनुपर्ने कुरा समेत खुलाएको छ । रिड नेपालका अनुसार आवेदकले jobs.readernepal@gmail.com मार्फत आवेदन दिन सक्नेछन् ।
यसैगरी आधुनिक फोल्टी फर्मले कम्तिमा स्नाकोत्तर गरेको अंग्रेजी र नेपाली भाषाका दक्ष, सम्बन्धीत क्षेत्रमा अनुभव भएको क्षतिपूर्ति अधिकृत तथा कानुन र लेखाका लागि सहायक स्तरका कर्मचारी मागेको छ । उसले १० जुलाईभित्र nrd.afp@gmail.com मा आवेदन दिन सक्ने जनाइएको छ ।

यसैगरी नेशनल हेल्थ केयर प्रा.लिले मेडिकल अफिसरको पद खुलाएको छ । विएस्सी वा वि फार्म गरेकालाई काठमाण्डौं, पोखरा, विर्तामोड, धरान, विराटनगर, जनकपुर, भरतपुर, वुटवल, नेपालगन्ज, धनगढी लगायतका ठाउँबाट काम गर्ने गरी मागिएको जनाएको छ । यसबाहेक यो कम्पनीले सो योग्यतासहित ४ वर्ष अनुभव भएका व्यक्तिलाई हुने गरी ‘एरिया विजनेश मेनेजर’ पनि खुलाएको छ । साथै कम्पनीले कम्तिमा स्नातक उत्र्तिण र ग्राफिक डिजाइनमा अनुभवि ग्राफिक्स डिजाइनर समेत मागेको छ । कम्पनीका अनुसार २०७६ असार १३ गते भित्र pmt@nationalhealthcare.com.np  मा दरखास्त दिन सकिने बताइएको छ ।
यसैगरी एउटा विद्यालयका लागि पूरा समय दिने गरी ३ वर्ष अनुभव भएको कम्प्युटर शिक्षक मागिएको छ । vacancysch@gmail.com मा असार १० भित्र दरखास्त दिन सकिने गरी मोवाइल नं ९८५११८५५९० मा सम्पर्क गर्न सकिने बताइएको छ ।

होटल सम्बन्धी अनुभव र सीप छ भने आवेदन दिइहाल्नुहोस्

वि.सं.२०७६ असार ७ शनिवार १४:४४ मा प्रकाशित

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

नवलपुर । देवचुली नगरपालिका–१५, प्रगतिनगरस्थित प्रतिष्ठित जनज्योति माध्यमिक विद्यालय मा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

याङजोमको प्रश्न ‘हेल्लो गृष्मा, तिम्रो एसइई कस्तो हुँदैछ ?’

याङजोमको प्रश्न ‘हेल्लो गृष्मा, तिम्रो एसइई कस्तो हुँदैछ ?’

प्रकाश सिलवाल, काठमाडौँ। 'हेल्लो गृष्मा, तिम्रो परीक्षा कस्तो हुँदै छ...

आजदेखि एसइई परीक्षा

आजदेखि एसइई परीक्षा

काठमाडौँ । आजदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा...