back

रक्तदान नै गर्न अफ्रिका पुग्दाको अनुभव

वि.सं.२०७६ असार ८ आइतवार

567 

shares

न्यूयोर्कबाट रुवान्डा जान सिधा हवाइजहाज सेवा भएको भए करीब १० घण्टामा पुग्थेँ होला । त्यस्तो नभएकाले हवाइ जहाजले रुवान्डा भन्दा पनि धेरै टाढा कतार लाग्यो । त्यहाबाट अर्क्रो हावाइजहाजले फर्केर रुवान्डा ल्याउँदा २२ घण्टा लाग्यो । थकाईले लखन्तरान भएको थिएँ । त्यहाका युवाहरुमा रक्तदान गर्न हौषला बढाउन उनिहरुका सामुन्ने नै मैले रगत दिन थकाईको वास्ता नगर्दै ब्लड बैन्कमा गएर रक्तदान गरेँ ।

बिरामीहरुलाई रगत दिएर बच्चाउनु संसार भरमा एक सामान्य चिकित्सा उपचार हो । यस्तो भएता पनी धेरै बिरामीहरुले समयमा नै रगत नपाएरजीवन गुमाउने गरेका हामीले सुन्दै आएका छौं । केहीलाई भए पनि मेरो आफ्नै रगत दिइ बचाउँ, केहीलाई रक्तदान गर्न हौषला प्रदान गरुँ, केहीलाई उत्प्रेरणा गरुँ भन्ने भावनाले पटक पटक अफ्रिकाको मलावी, युगान्डा, इथियोपिया जस्ता देशमा गएर रक्तदान गर्ने गरेको छु ।

अफ्रिकामा अझबढी सेवा गर्न मैले अफ्रिका सोसाइटी ब्लड ट्रान्सफ्युजन संस्थाको सदस्यता लिएको छु । यस संस्थामार्फत वर्ल्ड ब्लड डोनर्स डे २०१९रुवान्डामा जुन १४ मा मनाउन लागेको थाहा पाएँ । मैले तुरुन्तै रुवान्डा बायोमेडिकल सेन्टरका पब्लिक हेल्थ डाइरेक्टर जनरल एसोसिएट प्रोफेसर डाजेनिन कोन्डोसँग संपर्क गरेँ । उनले मलाई ईमेल लेखे, ‘यस बर्ष विश्व स्वास्थ्य संगठनले मनाउन लागेको वर्ल्ड ब्लड डोनर्स डे २०१९ हामीले होष्ट गर्दैछौ, जुन १३ – १४ सम्म हुने उक्त कार्यक्रममा तपाईंले स्वेच्छिक रक्तदान ‘सबै को लागि सुरक्षित रगत’ गर्नको लागि एक उपाय बिषयमा बोलिदिनुपर्यो। ‘ मैले तुरुन्तै जवाफ दिदै,हुन्छ, म आउछुु’ भनेँ । मैले नाइँ भन्ने कुरै नै भएन । यो मेरो लागि ठुलो अबसर पनी थियो ।

न्यूयोर्कबाट रुवान्डा जान सिधा हवाइजहाज सेवा भएको भए करीब १० घण्टामा पुग्थेँ होला । त्यस्तो नभएकाले हवाइ जहाजले रुवान्डा भन्दा पनि धेरै टाढा कतार लाग्यो । त्यहाबाट अर्क्रो हावाइजहाजले फर्केर रुवान्डा ल्याउँदा २२ घण्टा लाग्यो । थकाईले लखन्तरान भएको थिएँ । त्यहाका युवाहरुमा रक्तदान गर्न हौषला बढाउन उनिहरुका सामुन्ने नै मैले रगत दिन थकाईको वास्ता नगर्दै ब्लड बैन्कमा गएर रक्तदान गरेँ । त्यसपछी त्यहाउपस्थित करीब एक दर्जन जती युवाहरुमा अफ्रिकामा रगत नै नपाएर धेरै बिरामीहरुले जीवन गुमाउनु पर्दा मलाई करुणा लाग्यो । त्यसैले, मेरोआफ्नै रगतले एक जना बिरामीलाई मात्र भए पनि बच्चाउन र तपाईं उपस्थित युवाहरुमा पनि कम्तिमा बर्षको एक पटक भए पनि रक्तदान गर्न उत्प्रेरणा गरु भन्ने उद्देश्यले पटक पटक अफ्रिका आउनु परेको हो भनेँ ।

भोलिपल्टको ‘वर्ल्ड ब्लड डोनर्स डे’ को एकेडेमी सत्रमा प्रमुख अतिथी रुवान्डाका स्वास्थ्य राज्य मन्त्री र १५ देशका ५२ जना सहभागीहरुलाई सम्बोधनगर्दै आफुले रक्तदान र रक्तदान उत्प्रेरणा गरेका बिभिन्न कार्यहरु र स्वेच्छिक रक्तदान ‘सबैको लागि सुरक्षित रगत’ गर्नको लागि एक उपाय बिषयमा १८ वटा पावर प्वाइन्ट स्ल्याइड मार्फत कुराहरु प्रस्तुत गरेँ । ‘मैले ३२ बर्ष यता १७१ पटक रक्तदान गरी सकेछु । मैले दान गरेको रगतको करीब ८५ हजार मिलिलिटर परीमाण हुन आउछ । मेरो आफ्नै रगतले मात्रै करीब ५१३ जना सम्मलाई बच्चाउन सहयोग हुन्छु भनेको थियँ । रक्तदान गरौँ भन्ने लाखौँमा सन्देश पुर्याएँ, सयौ रक्तदान कार्यक्रम राखेँ, हजारौ पोका रगत संकलन गर्न सघाएँ। दिवा भोजको समयमा धेरैले मेरो कामको तारिफ गरे ।

पर्सीपल्टको कार्यक्रममा रुवान्डाका करीब २५० जना रक्तदाताहरु पनि थपिय । त्यही बेलामा आयोजक, केही अतिथी र म पनि बाहिर ढोकासम्म पुगेर प्रमुख अतिथी मन्त्रीलाई स्वागत गर्दै रक्तदान कार्यक्रम चली रहेको ठाउमा गयौ । मन्त्रिले कार्यक्रम बढो रुचिका साथ अवलोकन गरी रहेकाथिय । मैले मन्त्रिलाई ‘हजुर पनि रक्तदान गर्नु हुन्छ कि !’ सोधेँ । समय धेरै लाग्ने हो कि भन्दै मन्त्रिले रक्तदान गरे । रुवान्डामा बिरामी भएका जनतालाई मन्त्री आँफैले रक्तदान गरेर बच्चाउन प्रयास गरे, त्यहाँका युवाहरुमा रक्तदान गर्न सन्देश गयो भन्ने मलाई लाग्यो ।

दिउसो, कार्यक्रम आयोजकले मलाई टेष्टिमोनि स्पिचको लागि मन्चमा बोलाए । यो अबसर मेरो लागि अर्को राम्रो अबसर थियो । मैले बोल्ने टिप्पणीहरायकोले बोल्ने क्रममा उत्प्रेरणा गर्न महत्व राख्ने मुख्य मुख्य कुराहरु नै छुटे । म पछुताएँ । कार्यक्रमको अन्त्यमा प्रमुख अतिथी मन्त्रिले म लगाएत देश बिदेशका बिभिन्न १५ जनालाई सम्मान गरे । मलाई सम्मान गरिएको प्लेकमा ‘बिरामिहरुको जीवन बच्चाउन तपाईंले उदारतका साथ रगत दान गर्नुभएकोमा स्वास्थ्य मन्त्रालय तपाईंलाई पुरस्क्रित गर्न पाउदा खुशी छु’ लेखिएको थियो ।

यसरी दुईदिनको समयमा अफ्रिकाका युवाहरुमा रक्तदान गरी रहन जुरुक जुरुक गराएँ । मेरो कृयाकलापलाई स्थानिय टेलिभिजन, समाचारपत्रहरुले महत्व दिएका थिए ।

आफ्ना यि कार्यहरुलाई सोसिएल मिडिया, फेसबुकमा राखेँ । करीब तीन हजार दुइसय जनाले हेरेछन । २६० जनाले मनपराउनुको साथै ३० जनाले साझेदारी गरेछन । त्यसमध्ये केहीले राम्रो काम, प्रेरणात्मक, कस्तो सपर्पण,मानवताको प्रत्यक्ष उदाहरण, असली नायकु जस्ता कुराले टिप्पणी गरेछन । अझ मैले काम गर्ने कम्पनिका प्रमुखले ‘अर्जुनले मिशन पुरा गर्न अद्भुत र अर्को अवीश्वासनिय यात्रा गरेका छन’ लेखेका थिए । अफ्रिकाका धेरै देशहरुमा राष्ट्रिय रक्त संचार सेवाहरुले बिरामीहरुको लागि चाहिय जती रगत संकलन गर्न सकेका छैनन । यस्तो अवस्थामा मेरोउपस्थिती तथा रक्तदान उत्प्रेरणाका प्रयासले थोरै भए पनि रक्तदाता बढ्न सके भने म आफुलाई धन्य सम्झिने छु ।

रगत दान गर्न अमेरिकाबाट इथियोपिया पुग्दा…

 

वि.सं.२०७६ असार ८ आइतवार ०८:५० मा प्रकाशित

Himalayan Life AD