back

अन्तराष्ट्रिय नेपाली मुस्लिम समाज साउदीद्वारा आर्थिक सहयोग

वि.सं.२०७६ असार ८ आइतवार

618 

shares

२३ जुन, साउदी । साउदीमा सडक दुर्घटनामा परेर ज्यान गुमाएका प्यार मोहम्मद मियाँको परिवारलाई अन्तराष्ट्रिय नेपाली मुस्लिम समाज साउदीले आर्थिक सहयोग गरेको छ ।

हान्सपुर ४ प्युठान, नेपाल घर भइ विगत दुई बर्षदेखी साउदी अरबको खमिस मुसेदमा मस्जिद सरसफाईमा काम गर्दै आएका प्यार मोहम्मद मियाँको सडक दुर्घटनामा परेर ज्यान गुमाएपछि उनको परिवारको आर्थिक अवस्थालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज साउदी अरबको पहलमा उनको परिवारलाई सहयोग स्वरुप केहि रकम हस्तान्तरण गरिएको हो ।

आफ्नो तथा परिवारको दैनिक जीवन र भबिश्यको सुन्दर सपना मनमा सजाउँदै साउदी आइपुगेका मियाँको गत १ डिसेम्बर २०१८ का दिन मृत्यु भएको थियो भने एनआरएनए आरसिसि अल कासिम, हातेमालो प्रवासी नेपाली समूह खमिस र अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज साउदी अरबको संयुक्त पहलमा महावाणिज्यदूतावाससँगको नियमित समन्वय पछि घटना भएको करिब डेढ महिनाको अन्तरालमा गत २४ जनवरी २०१९ का दिन मृतकको शव नेपाल पठाइएको थियो ।

उनको पारिवारिक कमजोर आर्थिक अवस्थालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज साउदी अरबको पहलमा राजु सैय्यद बाट ३००, मोहम्मद फिरोजबाट २३५, चाँद मोहम्मदबाट २००, मोहम्मद जैनुल अब्दिनबाट १००, मोहम्मद अख्लाक आलम बाट १००, रम्जान दिन मियाँबाट ६५, रफि मियाँ बाट ५०, सल्मान जिरेलबाट ५०, फिरोज राइनबाट ५०, मोहम्मद अब्बास तथा साथीहरूबाट ५०, सर्फु मियाँबाट ३०, इब्राहिम मियाँबाट २५, फिरोजबाट ३०, नुरुल जमा अन्सारीबाट २०, सफर मियाँबाट २०, इर्साद इन्डियनबाट २०, अस्फाकबाट २०, आजमबाट १५,ओसि आदमबाट ११, रोशन बाट ११, कमरी राईबाट १० साउदी रियल गरि जम्मा (१४१२ साउदी रियल) ४०,६३५ र (चालीस हजार छ सय पैतिस नेपाली रुपैयाँ) अर्थिक सहयोग गरेको छ ।

उक्त सहयोग रकम गत ६ असार २०७६ शुक्रबारका दिन नेपाल छुट्टी रहेका यसै संस्थाका महासचिव रम्जान दिनमियाँ द्वारा केही स्थानीय ब्यक्तिहरुको रहोवरमा मृतकका आफन्त लाई हस्तान्तरण गरेका थिए भने उनका आफन्तले हाम्रो यो संस्था र सहयोगी हातहरुलाइ धन्यवादका साथमा आभार प्रकट गरेका थिए ।

वि.सं.२०७६ असार ८ आइतवार १६:२४ मा प्रकाशित

Himalayan Life AD
युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...

न्युयोर्कमा मनाइयो बलिहाङ्

न्युयोर्कमा मनाइयो बलिहाङ्

न्यूयोर्क । युनाइटेड किरात राई अर्गनाइजेशन अमेरिकाको आयोजनामा न्यूयोर्कमा किराँत...

न्युर्योक पुग्यो नेपाली चलचित्र ‘मोहर’, जाने होइन त हेर्न ?

न्युर्योक पुग्यो नेपाली चलचित्र ‘मोहर’, जाने होइन त हेर्न ?

अमेरिका । प्रवासमा पनि नेपाली कला, सस्कृति र भाषालाइ प्रवर्धन...

टेक्सासमा चाडपर्वको शुभकामना आदान प्रदान

टेक्सासमा चाडपर्वको शुभकामना आदान प्रदान

नेपाली विद्यार्थी समाज युनिभर्सिटी अफ टेक्सास एल पासोले अक्टोबर १८...