back
CTIZAN AD

अन्तराष्ट्रिय नेपाली मुस्लिम समाज साउदीद्वारा आर्थिक सहयोग

वि.सं.२०७६ असार ८ आइतवार

780 

shares

२३ जुन, साउदी । साउदीमा सडक दुर्घटनामा परेर ज्यान गुमाएका प्यार मोहम्मद मियाँको परिवारलाई अन्तराष्ट्रिय नेपाली मुस्लिम समाज साउदीले आर्थिक सहयोग गरेको छ ।

हान्सपुर ४ प्युठान, नेपाल घर भइ विगत दुई बर्षदेखी साउदी अरबको खमिस मुसेदमा मस्जिद सरसफाईमा काम गर्दै आएका प्यार मोहम्मद मियाँको सडक दुर्घटनामा परेर ज्यान गुमाएपछि उनको परिवारको आर्थिक अवस्थालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज साउदी अरबको पहलमा उनको परिवारलाई सहयोग स्वरुप केहि रकम हस्तान्तरण गरिएको हो ।

आफ्नो तथा परिवारको दैनिक जीवन र भबिश्यको सुन्दर सपना मनमा सजाउँदै साउदी आइपुगेका मियाँको गत १ डिसेम्बर २०१८ का दिन मृत्यु भएको थियो भने एनआरएनए आरसिसि अल कासिम, हातेमालो प्रवासी नेपाली समूह खमिस र अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज साउदी अरबको संयुक्त पहलमा महावाणिज्यदूतावाससँगको नियमित समन्वय पछि घटना भएको करिब डेढ महिनाको अन्तरालमा गत २४ जनवरी २०१९ का दिन मृतकको शव नेपाल पठाइएको थियो ।

उनको पारिवारिक कमजोर आर्थिक अवस्थालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज साउदी अरबको पहलमा राजु सैय्यद बाट ३००, मोहम्मद फिरोजबाट २३५, चाँद मोहम्मदबाट २००, मोहम्मद जैनुल अब्दिनबाट १००, मोहम्मद अख्लाक आलम बाट १००, रम्जान दिन मियाँबाट ६५, रफि मियाँ बाट ५०, सल्मान जिरेलबाट ५०, फिरोज राइनबाट ५०, मोहम्मद अब्बास तथा साथीहरूबाट ५०, सर्फु मियाँबाट ३०, इब्राहिम मियाँबाट २५, फिरोजबाट ३०, नुरुल जमा अन्सारीबाट २०, सफर मियाँबाट २०, इर्साद इन्डियनबाट २०, अस्फाकबाट २०, आजमबाट १५,ओसि आदमबाट ११, रोशन बाट ११, कमरी राईबाट १० साउदी रियल गरि जम्मा (१४१२ साउदी रियल) ४०,६३५ र (चालीस हजार छ सय पैतिस नेपाली रुपैयाँ) अर्थिक सहयोग गरेको छ ।

उक्त सहयोग रकम गत ६ असार २०७६ शुक्रबारका दिन नेपाल छुट्टी रहेका यसै संस्थाका महासचिव रम्जान दिनमियाँ द्वारा केही स्थानीय ब्यक्तिहरुको रहोवरमा मृतकका आफन्त लाई हस्तान्तरण गरेका थिए भने उनका आफन्तले हाम्रो यो संस्था र सहयोगी हातहरुलाइ धन्यवादका साथमा आभार प्रकट गरेका थिए ।

वि.सं.२०७६ असार ८ आइतवार १६:२४ मा प्रकाशित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...