back

जनमानसमा डरत्रास सिर्जना नगर्न कतारबाट अलि मियाको आग्रह

वि.सं.२०७६ असार ८ आइतवार

771 

shares

नेपाली परामर्शदाता एवं राष्ट्रिय मानव अधिकार समिति कतारका नेपाली सम्योजक तथा अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारअन्तर्राष्ट्रिय संयोजक मोहम्मद रमजान अलि मियाले  कतारको जेलमा सजाय भोगिरहेका विनोद रानाभाटका विषयलाई लिएर पछिल्लो समयमा भएका विभिन्न टिकाटिप्पणीमा संयमितता अपनाउन आग्रह गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणाका साथै रानाभाटमाथिको आरोप र उनीमाथि हुन सक्ने कानुनी कार्वाहीका सन्दर्भमा कतारमा मौजाद कानुनी व्यवस्थाका बारेमा जानकारी समेत गराएका छन् । उनले घटनाको प्रकृति र कानुन नबुझि मनगढन्ते रुपमा गरिने अनुमानले उनको परिवारलाई दुख पु¥याउने र उनले प्राप्त गर्न सक्ने न्यायले गलत मोड लिन सक्ने तर्फ उनले सर्तक गराएका छन् ।

उनले लेखेका छन् :-
केही समयबाट नेपाली नागरिक चितवन निवासी बिनोद रानाभाट बारे केही अनलाइन सञ्चार माध्यममा निरन्तर रुपमा विभिन्न समाचार र उनको अवस्था बारे फरक फरक समाचार तथा सहयोग संकलनको बिषयले स्थान पाएको देखेको छु।आज पनि धेरै साथीहरूले उनको भविष्यको अवस्था बारे म सङ्ग परामर्श गर्नु भएको थियोे। म आभारी छु ती सबै सहयोगी र हृदयी मनहरु प्रती जस जसले चिन्ता प्रकट गर्नु भयो।बिशेष गरि एन आर एन ए आइ सि सि का Bimal Subedi समाजसेवी तथा मेरा आदरणीय मित्र Hamshraj Dhakal Chhetriज्यु, बहिनी Tika Chapagain Dulal सञ्चारकर्मी मित्र एवं म्याग्दीका होनहार ब्याक्तित्व मोना कतारका अध्यक्ष Tilu Sharma ज्यु।
कानुनी पक्षलाई बुझ्ने हो भने केही कुरा हामीले बुझ्नु पर्ने हुन्छ क्रमशः सम्मानित अदालत बाट जारी भएको फैसला बमोजिम निजले अब्दुल्लाह कुटि अशरफ भन्ने भारतिय नागरिकको हत्या गरेको ठहर गरेको छ।

अरबी वाक्य लाई मध्यनजर गर्ने हो भने प्रस्तुत मुद्दामा कतारी कानुनका दुई धारा आकर्षित भएको देखिन्छ ….
(१) हुक्म ए असली
(२)हुक्म ए फरइ

फैसलाको दुवै धारामा मृत्युदण्ड तथा आजिवन कारावास तथा फासीको कुनै जिकिर छैन।हो यति कुरा दोस्रो धारा बाट प्रष्ट हुन्छ कि ब्लडमनी नतिरेसम्म कैदमा बस्नु पर्नेछ त्यो पनि कानुनले ब्यवस्था गरे अनुसार। जस्को निर्धारण सिविल कोर्टमा च्यालेन्ज गरे वा मृतकको परिवार सहमतिमा आएको आधारमा पनि हुन्छ।

यस फैसलालाई आधार मान्ने हो भने यदि हाल सम्म पनि बिनोद रानाभाटको तर्फबाट पुनरावेदन भएको छैन भने पुनरावेदन गर्न मिल्ने आधार समयावधि भित्र हुन पनि सक्छ नहुन पनि सक्छ। यो दुई वटा कुरा फरक फरक सबुत प्रमाणको आधारमा हुने छन। यसैगरी प्रस्तुत मुद्दालाइ सिविल कोर्टमा च्यालेन्ज पनि गर्न सकिन्छ यदि हामी केही सबुत प्रमाण जुटाउन वा कुनै माध्यमबाट निज निर्दोष देखिने केही झिनो आधार छ भने।

इस्लामी शरीयाह कानुन अनुसार दियतको ब्यवस्था अनुरुप परिवारले सहमति जनाएमा ब्लड मनि ( भुक्तानी )अदा गरे पश्चात् फैसला भएको मिति वा आफुले कैदमा रहेको मिति कटाएर बाकी अवधी कट्टा गरि यो फैसला बर्हिगमन अर्थात डिपोर्टेशन मार्फत निज सहजै नेपाल फिर्ता हुन सक्ने प्रसस्त कानुनी ब्यवस्था रहेको छ। कानुनी दफा नम्बर १/३०६०५१ पुनरावेदन भएको छैन र यसै फैसला लाइ अन्तिम मान्ने हो भने निज बिनोद रानाभाटले ३ वर्ष जेल सजाय काट्नु पर्नेछ र सजाय स्वरुप कतार बाट डिपोर्ट हुनु पर्ने सम्मानित अदालतको फैसलामा जिकिर गरिएको छ।यसलाइ अरबी भाषामा ‘हुक्म ए असली’ भनिन्छ।

हत्या नै गरेको साबित भए पनि इस्लामी शरीया कानुनमा समुहगत रुपमा हत्या र एकल रुपमा गरेको वा ठहरिएको हत्यामा ठूलो अन्तर देखाइएको छ र हुने सजाय पनि फरक फरक प्रकृतिका छन।
कत्ल ए खता
कत्ल ए अमद इत्यादि ..
अनि सजाय (१)कसास अर्थात बराबरी , सोही प्रकृतिको सजाय ज्यानको बदला ज्यान( खुनको बदला खुन)
(२) दियत अर्थात जे जस्तो भएता पनि अर्कोको ज्यान नलिइयोस र आर्थिक मामिला बाट समाधान।

यसैगरी ३ वर्ष कारावास र निजले मृतकको परिवारलाइ २,६०००० अक्षेरुपी दुई लाख साठी हजार कतारी रियाल ब्लड मनि पनि तिर्नु पर्ने छ।यस कानुनी प्रावधान लाई हुक्म ए फरई भनिन्छ।

यसैगरी यदि निजले समय अवधी भित्र सो ब्यवस्थापन गर्न नसकेमा यो सजाय लामो समय करावासमा परिणत पनि हुन सक्नेछ जस्लाइ अरबी कानुनमा ‘ताअन’ भनी ब्यख्या गरिएको छ। तर सञ्चार माध्यममा आए जस्तो मृत्युदणड अथवा फासीको सजाय भने नरहेको अवगत गराउन चाहन्छु। यसैगरी सम्बन्धि देशको कानुनि ब्यवस्थाको धज्जी उडाउने खालका समाचार तथा समाजिक संजालमा अस्वभाविक टीका टिप्पणी गर्ने र झुन्ड्याएर मार्ने अनि फासिमा झुन्डयाउने निराधार कुराहरुलाई सम्प्रेषण गरी आम जनमानसमा डर त्रास र भ्रम सृजना नगर्न नगराउन पनि विनम्र अनुरोध गर्दछु। हो, अरबका केही राष्ट्रहरुमा मृत्यु दण्डको कानुनी ब्यवस्था छ तर त्यो अत्यन्तै जटिल र गम्भीर प्रकृतिका मुद्दामा छ र मृत्यु दन्डको प्राकृति पनि फरक फरक रहेको छ जस्तै गोलि हानी,लामो समय कारावास, ठूलो जरिवाना देश निकाला इत्यादि ।

बरु सकिन्छ भने यथाशीघ्र मृतक अब्दुल्लाह कुटिको परिवार सङ्ग भेटेर परामर्श गरि मेलमिलापमा आउन आव्हान गर्न पहल गरौं यो भनेको उत्तम र अहम पक्ष हो जुन प्राथमिकतामा पर्नु पर्ने थियोे र हाल सम्म हुन नसकेकोमा दु:ख लागेको छ।

अब आयो कुरा सहयोग जुटाउने यस बिषयमा मैले एउटा नजिर फेला पारेको छु जुन केही बर्ष अगाडि कतारमै यसै प्रकृतिको एउटा घटना घटेको थियोे र सिराहाका चन्द्रशेखर यादवलाइ पनि मृत्यु दण्डको सजाय सुनाइएको थियोे। निजको रिहाइका लागि कतारको नेपाली समाजले ऐतिहासिक कदम चाल्दै नेपाली राजदुतावास कतार र एन आर एन ए एन सि सि को सहयोगमा तत्कालीन राजदुत सुर्यनाथ मिश्रको तदारुकतामा सहयोग संकलन गरि मुद्दाको किनारा लगाइ आरोपित चन्द्रशेखर यादव लाई सकुशल स्वदेश फर्काउन सफल भएको थियोे।

म्मानित अदालतको फैसला अध्ययन पश्चात् मले ब्यक्तिगत रुपमा यस मुद्दा लाई पनि सोही प्रकृतिको देखेको छु र उद्दार एवं सहयोग पनि सोही बमोजिम गर्दा उचित हुने देखेको छु।अन्तिम कुरा यस प्रकारको मुद्दाको किनारा लगाउन र निर्दोष हुन सक्छ भन्ने झिनो पनि आधार भएको खण्डमा कतारमा रहेका मानव कल्याणकारी संस्थाहरुले आर्थिक सहयोग गर्छ्न वा गर्दैनन् त्यो भन्ने बुझ्न बाकी रहेको छ। उद्दार सहयोग र आर्थिक संकलनका निम्ति हामी सबैको अभिभावक कतार स्थित नेपाली राजदुतावास परिवार सङ्ग परामर्श गरि अगाडि बढन सुझाव दिन चाहन्छु।
#Shariyah Law
#Qatari Law
#civilian Law
#Acts
#Islamic judicial Systems
#Family Court
#General authorities for minority affairs Qatar

स्मरण रहोस :  विनोद रानाभाट बैदेशिक रोजगारीका लागि जनरल क्लिनरको पदमा कामका लागि करीब ३ बर्षअघि कतार पुगेका थिए । भरतपुर १५ चितवन निवासी विनोद भारतीय नागरिकको हत्या आरोपमा कतारस्थित ओक्रा जेलमा थुनिएका छन् । भारतीय कामदारले आक्रमण गरेकोमा आफ्नो ज्यानको सुरक्षाका लागि प्रतिकार गर्दा भारतकै अर्का कामदारको मृत्यु हुन पुगेको रानाभाटको स्पष्टीकरण रहेको छ । एकातिर अदालतले ब्लड मनी मागेको भन्दै त्यसका लागि आवश्यक रकम जुटाउन सहयोग समिति समेत गठन गरिएको छ भने अर्का तर्फ जनमानसमा अनावश्यक फैलाउने किसिमले टिकाटिप्पणी भएका छन् ।

वि.सं.२०७६ असार ८ आइतवार १६:३५ मा प्रकाशित

Himalayan Life AD
रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...

न्युयोर्कमा मनाइयो बलिहाङ्

न्युयोर्कमा मनाइयो बलिहाङ्

न्यूयोर्क । युनाइटेड किरात राई अर्गनाइजेशन अमेरिकाको आयोजनामा न्यूयोर्कमा किराँत...

न्युर्योक पुग्यो नेपाली चलचित्र ‘मोहर’, जाने होइन त हेर्न ?

न्युर्योक पुग्यो नेपाली चलचित्र ‘मोहर’, जाने होइन त हेर्न ?

अमेरिका । प्रवासमा पनि नेपाली कला, सस्कृति र भाषालाइ प्रवर्धन...

टेक्सासमा चाडपर्वको शुभकामना आदान प्रदान

टेक्सासमा चाडपर्वको शुभकामना आदान प्रदान

नेपाली विद्यार्थी समाज युनिभर्सिटी अफ टेक्सास एल पासोले अक्टोबर १८...

न्यूर्योकका नेपाली समाजसेवीको पहलमा निःशुल्क भोजन वितरण

न्यूर्योकका नेपाली समाजसेवीको पहलमा निःशुल्क भोजन वितरण

  न्यूयोर्क – समाजसेवा र मानवीय सहयोगको सुन्दर उदाहरण प्रस्तुत...