back

कारबम आक्रमणमा २५ को मृत्यु सरकारी बमबारीमा २५ सर्वसाधारणको मृत्यु

वि.सं.२०७३ मंसिर ३ शुक्रवार

489 

shares
IME Limited
NTC AD

३  मङ्सिर,बेरुत । सिरियाको उत्तरी प्रान्त अलेप्पोमा बिहीबार सिरियाली विद्रोहीलाई लक्ष्यगरी गरिएको एक कारबम आक्रमणमा कम्तिमा २५ व्यक्तिको मृत्यु भएको छ ।

यस आक्रमणमा परी सिरियाली विद्रोही लडाकू र सर्वसाधाराण गरी २५ व्यक्तिको मृत्यु भएको विद्रोही समूहले जानकारी दिएको छ ।

विद्रोहीसँग आवद्ध नुरेद्दिने अल जिन्की समूहका वरिष्ठ अधिकारी यासिर युसेफले एएफपी समाचार समितिलाई आजाज सहरमा भएको यो आक्रमण इस्लामिक स्टेट (आईएस) आतङ्ककारी समूहले गर्ने गरेको प्रकृति भएको हुनाले यो आक्रमणमा पनि उनै समूहले गराएको हुनुपर्ने जनाएका छन् । आफ्नो लडाकू र सर्वसाधारण गरी २५ व्यक्तिको मृत्यु भएको युसेफले थप जानकारी दिएका छन् ।

बेलायतसँग आवद्ध मानव अधिकारवादी समूह ‘द सिरियन अब्जरभेटरी अफ ह्युम्यान राइट्स’का अनुसार नुरेद्दिने अल जिन्की समूहको हतियार भण्डारण गोदामलाई लक्षित यो आक्रमणमा १० लडाकू मारिनुको साथै अन्य दर्जनाँै घाइते भएका छन् ।

त्यसैबीच प्राप्त एक अर्को समाचारअनुसार विद्रोहीको बलियो प्रभाव भएको सिरियाली सहर अलेप्पोमा सरकारआवद्ध हवाई आक्रमण र गोलाबारीमा परी कम्तीमा २५ सर्वसाधारणको मृत्यु भएको छ । ‘द सिरियन अब्जरभेटरी अफ ह्युम्यान राइट्सले यो जानकारी दिएको छ ।

सिरियामा सन् २०११ को मार्चबाट सिरियाली राष्ट्रपति बसार अल असादको राजीनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिवर्तन भयो । यो गृहयुद्धमा पनि अलकायदाआवद्ध आतङ्ककारी समूहलगायत इस्लामिक स्टेटको प्रभाव बढ्दै गयो ।

जारी यस द्वन्द्वमा परी सन् २०११ देखि हालसमम २ लाख ९० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । लाखौँ व्यक्ति घाइते भएका छन् भने लाखौँ आफ्ना घरबार छोडी देशभित्र वा छिमेकी राष्ट्रमा शरणार्थी जीवन बिताउन बाध्य छन् । रासस÷एएफपी

वि.सं.२०७३ मंसिर ३ शुक्रवार ०५:३० मा प्रकाशित

इलन मस्क पनि उत्रिए राजनीतिमा, गठन गरे अमेरिकन पार्टी

इलन मस्क पनि उत्रिए राजनीतिमा, गठन गरे अमेरिकन पार्टी

विश्वकै धनाढ्य इलन मस्कले अमेरिकामा नयाँ पार्टी गठन गरेका छन्...

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले...

द्वन्द्व र अस्थिरता कारण गरिबीको समस्या भयावह बन्दै गएको  विश्व वैंकको गम्भीर चेतावनी

द्वन्द्व र अस्थिरता कारण गरिबीको समस्या भयावह बन्दै गएको  विश्व वैंकको गम्भीर चेतावनी

वासिङ्टन । विश्व बैंकले एक नयाँ अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै...

टोयोटाको बिक्रीमा उल्लेखनीय वृद्धि, उत्पादनमा भने केही कमी

टोयोटाको बिक्रीमा उल्लेखनीय वृद्धि, उत्पादनमा भने केही कमी

टोकियो । टोयोटा मोटर कम्पनीले सन् २०२५ मे महिनामा विश्वभर...

एकै दिनमा ३० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

एकै दिनमा ३० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

काबुल । पश्चिमी हेरातको इस्लाम काला सीमा पार गरेर एकै...

म्यान्मामा डिसेम्बर अन्त्यसम्ममा चुनाव गरिने : जुन्टा प्रमुख

म्यान्मामा डिसेम्बर अन्त्यसम्ममा चुनाव गरिने : जुन्टा प्रमुख

याङ्गुन । म्यान्मारको जुन्टा प्रमुखले आगामी डिसेम्बर र जनवरीमा निर्वाचन...