back
CTIZAN AD

कारबम आक्रमणमा २५ को मृत्यु सरकारी बमबारीमा २५ सर्वसाधारणको मृत्यु

वि.सं.२०७३ मंसिर ३ शुक्रवार

867 

shares

३  मङ्सिर,बेरुत । सिरियाको उत्तरी प्रान्त अलेप्पोमा बिहीबार सिरियाली विद्रोहीलाई लक्ष्यगरी गरिएको एक कारबम आक्रमणमा कम्तिमा २५ व्यक्तिको मृत्यु भएको छ ।

यस आक्रमणमा परी सिरियाली विद्रोही लडाकू र सर्वसाधाराण गरी २५ व्यक्तिको मृत्यु भएको विद्रोही समूहले जानकारी दिएको छ ।

विद्रोहीसँग आवद्ध नुरेद्दिने अल जिन्की समूहका वरिष्ठ अधिकारी यासिर युसेफले एएफपी समाचार समितिलाई आजाज सहरमा भएको यो आक्रमण इस्लामिक स्टेट (आईएस) आतङ्ककारी समूहले गर्ने गरेको प्रकृति भएको हुनाले यो आक्रमणमा पनि उनै समूहले गराएको हुनुपर्ने जनाएका छन् । आफ्नो लडाकू र सर्वसाधारण गरी २५ व्यक्तिको मृत्यु भएको युसेफले थप जानकारी दिएका छन् ।

बेलायतसँग आवद्ध मानव अधिकारवादी समूह ‘द सिरियन अब्जरभेटरी अफ ह्युम्यान राइट्स’का अनुसार नुरेद्दिने अल जिन्की समूहको हतियार भण्डारण गोदामलाई लक्षित यो आक्रमणमा १० लडाकू मारिनुको साथै अन्य दर्जनाँै घाइते भएका छन् ।

त्यसैबीच प्राप्त एक अर्को समाचारअनुसार विद्रोहीको बलियो प्रभाव भएको सिरियाली सहर अलेप्पोमा सरकारआवद्ध हवाई आक्रमण र गोलाबारीमा परी कम्तीमा २५ सर्वसाधारणको मृत्यु भएको छ । ‘द सिरियन अब्जरभेटरी अफ ह्युम्यान राइट्सले यो जानकारी दिएको छ ।

सिरियामा सन् २०११ को मार्चबाट सिरियाली राष्ट्रपति बसार अल असादको राजीनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिवर्तन भयो । यो गृहयुद्धमा पनि अलकायदाआवद्ध आतङ्ककारी समूहलगायत इस्लामिक स्टेटको प्रभाव बढ्दै गयो ।

जारी यस द्वन्द्वमा परी सन् २०११ देखि हालसमम २ लाख ९० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । लाखौँ व्यक्ति घाइते भएका छन् भने लाखौँ आफ्ना घरबार छोडी देशभित्र वा छिमेकी राष्ट्रमा शरणार्थी जीवन बिताउन बाध्य छन् । रासस÷एएफपी

वि.सं.२०७३ मंसिर ३ शुक्रवार ०५:३० मा प्रकाशित

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...