Logo
१५ आश्विन २०८०, सोमबार
     Mon Oct 2 2023
E-paper
  English Edition
   Unicode
Logo

पत्थरको कथा



(अनकन्टारको एकलासे ठाउँ, केही धमिला मुर्तिहरुजस्ता मनुष्यका आकारका व्यक्तिहरु देखिन्छन् ।
राम्ररी उज्यालो भएपछि ती व्यक्तिहरुमध्ये कुनै–कुनै चलमलाएजस्ता देखिन्छन् । ती मुर्ति मात्र हैनन् भन्ने भान हुन्छ । तर केहीबेरसम्मन् अङ्ग–सञ्चालनबाहेक त्यहाँ अरु केही भएको देखिँदैन । अकस्मात् कुनै एक कराउँछ, सन्नाटा खलबलिन्छ । अरुहरु पनि बिउँझेजस्ता हुन्छन् । अनि कुनै–कुनै चलमलाएर हिँड्न थाल्दछन् । आश्चर्यचकित भएर आफूलाई सर्वाङ्ग स्पर्श गरेर हेर्छन् । एकले अर्कालाई पनि स्पर्श गर्न थाल्दछन् ।
एक कुनाकाट पहिले कराउने व्यक्ति उठेर नजिक आउँछ ।)
त्यही व्यक्ति: आज के भो, मेरा आँखाले केही देखेजस्तो भान भइरहेछ । तिमीहरु के जिउँदा हौ ?
अर्काे व्यक्ति ः मैले आफूलाई छामिहेरेँ, मेरा हातखुट्टा चल्दछन् बोली पनि निस्कन्छ, मुखबाट । के म जिउँदो हुँ ? (एउटी नारी दौडेर आउँछे) को तिमी ?
नारी: म,म को ? धेरै दिनहरुपछि बिउँझे, म कहाँ छु, तपाईंहरु भन्न सक्नुहुन्छ ? मलाई भन्नोस् साँच्ची तपाईंहरु को ? मलाई डर लाग्न थालिरहेछ । फेरि कोही मलाई लखेट्तै आइरहेछ ? म पनि सम्झन लागिरहेछु, केही कुरा ।
पहिलो व्यक्ति: सम्झना ! हो मैले पनि केही सम्झेजस्तो भइरहेछ । म के सम्झँदैछु ? मेरा मस्तिष्कका तारहरुले एकैचोटी झनझनाएर उठाए, त्यहाँ कुनै रुप छैनन्, वस्तुआकार छैनन् । एक त्रासको भावनाबाहेक त्यहाँ केही छैन, अरु शून्य छ बस, मैले सम्झेँ हात्ती बाँधेको एउटा घर, देखेँ उः के म जिउँदो छु ?
नारी ः ठूलो घर, कस्तो ठूलो घर ? हो मैले पनि ठूलो घर सम्झेँ, जहाँ ठूला–ठूला झ्यालहरु, गुम्बजहरु छन्, बरन्डा निस्केको छ, जाईजुईका लहराहरुले सब झाङ्गिएको छ । म त्यहीँ थिएँ ।
दोस्रो व्यक्ति ः तिमी त्यहाँ थियौ, त्यही घरमा, म पनि त्यस्तै घरमा थिएँ । तिमी मलाई निश्चय पनि चिन्दछ¥यौ । तिम्रो नाम ?
नारी ः मेरो नाम मेरो, मेरो, खै सम्झन्नँ । म को ?(अर्काे व्यक्ति, जो त्यहाँ त्यसै टोलाएर बसिरहेछ, अकस्मात् नजिक आउँछ) यो को ?
तेस्रो व्यक्ति: म । तिमीहरुजस्तो नामहीन । नाम केको नाम चाहियो ? तर यो हामी सबलाई के भएको हो आज, यो बोल्न थाल्यो, त्यो कराउन थाल्यो, म बोल्न थालेँ, सब हिँड्न थाले । एकले अर्कालाई चिनेजस्तो फेरि चिनेर पनि बिर्सेजस्तो । मेरो नाम मलाई याद भयो–मेरो नाम अहो, रघुवीरसिंह पो रहेछ ।
तीनैजना ः रघुवीरसिंह ! (तीनैजना एक–एक डल्लो भएर उठ्छन् ।)
रघुवीरसिंह ः किन तस्र्या’ तिमीहरु ?
पहिलो व्यक्ति ः तिम्रो नाम मलाई याद भयो अब, तिमी त्यही रघुवीरसिंह हौ, तिमे स्वरको गुञ्जन र ध्वनि पनि त्यस्तै छ, जस्तो मैले चिनेको रघुवीरको थियो । अनुहारमा पनि त्यस्तै, त्यस्तै– तिमीले मलाई पनि चिन्लाऊ, म अँ… सायद स्कुलको मास्टर थिएँ श्रीकान्त ।
नारी ? तपाईं श्रीकान्त ! श्रीकान्त मास्टरसाहेब ?
रघुवीरसिंह ः श्रीकान्त तपाईं ?
दोस्रो व्यक्ति ः म त्यसो भए –
नारी ः म ज्वाला–मैले भर्खर सम्झेँ । म ज्वाला नै हुँ । हो म ज्वाला । मलाई अब सम्झना भयो । मलाई किन डर लाग्छ ! रघुवीर, तिमी हत्यारा ?
श्रीकान्त ः रघुवीर, तिमी यहाँ कहिलेदेखि छौ ?
रघुवीरसिंह ः मलाई थाहा छैन । मलाई यत्तिकै थाहा छ, एउटा मानिस, जो उसै घरको नोकर थियो –शत्रुघ्न, त्यसलाई मारेर फर्कें । अनि म सुत्न गएँ । एउटा चिसो गोलीजस्तो टाउकाभित्र घुस्यो । अनि याद छैन–आज तपाईंलाई देख्तैछु ।
श्रीकान्त ः त्यो भए तिमी पनि मारियौ ?
ज्वाला ः रघुवीर, तिमीलाई याद छ ? तिमीले मेरो मुखमा रुमाल कोचेर उठाएर लगेका थियौ, अनि बञ्चरोले मेरो खप्परमा हानेका थियौ । मैले कति हात जोडेको थिएँ तिमीसँग, कति मायालाग्दो स्वरले बच्चाहरुलाई भेट्नसम्म देऊ भनेकी थिएँ । तिमीले मेरा कलिला बच्चाहरुलाई हेर्नसम्म् दिएनौ–ती बच्चाहरु ! उफ् ! तिमी निर्दयी हौ ।
दोस्रो व्यक्ति ः म शत्रुघ्न हुँ, रघुवीर दाइ । अहिले सम्झना भयो । तिमीले मलाई बिनसित्ति मा¥यौ, मेरो के कसूर थियो ? मलाई मा¥यौ, म जाबो भाँडा माझ्ने नोकर, ज्वाला मैयाँको नोकर ।
ज्वाला ः शत्रुघ्न, तिमी ! लौ हेर तँ पनि मारिइस् आजै थाहा भयो मलाई ।
रघुवीरसिंह ः हो, मैले सबलाई मारेकै हुँ ।
ज्वाला ः तिम्रो त मुख पनि हुर्नु छैन, मास्टरसाहेब–यसलाई हाम्रो माझमा कसले किन ल्याएको होला ?
श्रीकान्त ः आज मैले बिउँझनुभन्दा पहिले केही भएजस्तो सम्झेको थिएँ–केही जरुर भयो । त्यस घरमा, ठूलो घटना घटेको छ ।
रघुवीरसिंह ः मलाई पनि त्यस्तै लाग्छ, मालिकसाहेब आउँदै हुनुहुन्छ ।
ज्वाला ः को मालिक
रघुवीरसिंह ः विपिनबाबूसाहेब ।
ज्वाला ःविपिन, जसले मलाई फकाई–फुलाई घर लगेथ्यो, एक–दुई छोराछोरीकी आमा हुनेबित्तिकै अहो ! त्यसको नामै नलेऊ रघुवीर । त्यसले कुटेको जीउभरि अझ डामेडाम छ मेरो, त्यसको अनुहार सम्झनेबित्तिकै सर्वाङ्ग जल्दछ । यहाँ त्यो फेरि आयो भने, म कहाँ भागूँ ?
रघुवीरसिंह ः त्यो आयो भने म पनि बदला लिन्छु । मलाई थाहा छ–उसैले हो उसैले तपाईंलाई मार्न लगायो, रुपियाँ दिन्छु भनेर । उसको मन परेकी अर्कै आइमाई थिई । सुन्नुहुन्छ– त्यो आइमाई आएपछि तपाईंलाई हत्या नगरी सुख भएन, तपाईं मारिनुभयो, तपाईंका दुवै छोराछोरीहरु पनि मारिए, तिनीहरु यतै कतै होलान् ।
ज्वाला ः के भन्यौ, रवि र समा पनि मारिए ? म के सुन्दैछु यो ।
रघुवीरसिंह ः यही हात हो तिनीहरु मार्ने पनि । यस हातबाट को को मारिएनन् ? एकजना जमिनदारको, मालिकको हुकुमले एउटा सेवकले के गर्न सक्तैन ? मास्टरसाहेब, तपाईंले गाउँ भाँडेको हुनाले –रैतीहरुलाई साँचो–साँचो कुरा बताई उभाडेको हुनाले तपाईंको ज्यान गयो । मार्ने मै हुँ– तपाईंलाई छुरीले रोपेर । तपाईं रातमा लम्फाको अगाडी किताब पढ्दै हुनुहुन्थ्यो । मैले पछाडीबाट वार गरेँ– तपाईं ठहरै हुनुभयो । अहो ! कस्तो दृश्य थियो, तपाईंको पिठ¥यूँबाट रगतको फोहोरा छुटेको थियो । मैले तुरुन्तै तपाईंलाई उठाएर जमिनमुनि गाडिदिएँ । थाहा छ– त्यस अपराधमा तपाईंको पक्षमा रहने ती किसानहरु पक्रिए– ठूलो मुद्दा भयो, आजसम्मन् ती किसानहरु झ्यालखानामा कुहिएकै होलान् । गबाही दिने म पनि एक हुँ ।
ज्वाला ः उफ् ! मेरा दुवै छोराछोरी मारिए । समा कस्ती राम्री थिई, भर्खर तोतेबोली बोल्दै थिई । कस्तो प्यारो गरी गालामा म्वाइँ खान आउँथी–‘ममी, ममी’ भन्थी । तिनीहरु मारिए । उफ् ! मेले यो के सुन्नुपरेको !
श्रीकान्त ः अब अपसोच व्यर्थ छ, तपाईं शान्त हुनुहोस् ।
ज्वाला ः कसरी बिर्सूं ती सब ? म आमा भएर ती छोराछोरी सन्तानको हत्याको कहानी सुनूँ र नरोइबसूँ ?
श्रीकान्त ः अहिले हाम्रो गिदीमा सम्झनाको प्रारम्भ भयो, यसैले पोल्यो । हामीलाई यतिन्जले कुनै तकलिफ थिएन, कुनै पीडा थिएन, पछि पनि रहनेछैन । यो सम्झना नै व्यथाको मूल कारण हो । यहाँ केको व्यथा भन्ने ? हाम्रो आँसुको मूल्य यस ठाउँलाई छ न धरतीलाई छ । यसैले पीर मान्ने जरुरत छैन ।
शत्रुघ्न ः कस्ता पापीहरु ! ती साना बच्चाहरुले के अपराध गरेका थिए कि मारिहाले । अहो ! रविबाबूले मेरो काखै छाड्नुहुन्थेन, समा मेरो बुई चढेर हिँड्नुहुन्थ्यो । यो काँधमा बोकी–बोकी हिँड्ने दुवैलाई कस्ता राम्रा कलिला थिए ।
ज्वाला ः हो तँलाई उनीहरुले खूबै पछ¥याउँथे । मलाई थाहा छ ।
रघुवीरसिंह ः यी हातले अझ कस्ता–कस्ता अपराध गरेका छन् । मालिकको कुरा नमानेबापत गाउँ जलाइदिएको छु, कति मानिसहरु रोईकराई हात जोड्थे झिटिमिटी झिक्नलाई । बन्धुक हातमा लिएर अगाडी उभिएपछि तिनीहरुलाई छुनसम्मन् दिन्थिनँ, त्यसतो बेला कति बच्चाहर उसिनिएर मर्थे, कति बूढाबूढी भसक्क डढ्थे, कति बेघरबार हुन्थे, कङ्काल । त्यस्तो घटना घटाएको छु । यो हात त्यस्तो पाप र अत्याचारले मुछिएको छ, यसैले गनाउँछ ।
श्रीकान्त ः त्यस बखत तिमीलाई थाहा थिएन कि यो अपराध हो ?
ज्वाला ः भो, यस्तो दुष्टसाग कुरा नगर्नेस् । यस पापीले मलाई मा¥यो, किन यसलाई यी बालकलाई मार्नुपथ्र्याे ? के मारेँ भनेर कसैलाई सुम्पिदिन सक्तैनथ्यो ? यो महादुष्ट हो, यो महापापी , यसको अनुहार हुर्न पनि पाप लाग्छ । कसरी सहनु मेरा ती बच्चाहरु ।
रघुवीरसिंह ः हुँ, म महापापी, महादुष्ट, महाअपराधी । हरे ! के मेरो मर्जीले त्यो भएको थियो ? के मलाई मात्रै त्यस्तो दुष्कर्म गर्ने इच्छा हुँदो हो ? के मलाई माया लागेन होला–मलाई ज्वालारानी, तपाईंजस्ती सुशील मालिक्क्नीलाई छुनसम्मन् के ह्याउ हुन्थ्यो, तपाईंलाई कहिले आँखा उठाएर यस्तोसम्मन् हेर्न सक्थेँ–हेर्दिनथेँ । तर त्यस रात तपाईंलाई मार्ने अडर पाएँ–पहिले आश्चर्यचकित भएँ । उनलाई विश्वास गर्न सकिनँ । तपाईंजस्ती सुन्दर, सुशील, पतिव्रतालाई मार्ने हुकुम कसरी पत्याउनु ? तर मेरो छातीमा मालिकको बन्धुक थियो । मेरो त्यसै बखतमा मिति पुग्थ्यो, अनि त्यसैले मैले कम्मर कसेँ । तपाईं सुतेको कोठामा पुगेँ– मुखमा कपडा कोचेँ । मालिक एक कुनाबाट हेरिररहनुभएको थियो । कस्तो क्रूर अनुहार थियो त्यो । बन्चरो, काठ चिर्न राखेको बन्चरो, त्यसमा मेरो आँखा प¥यो । मैले आँखा चिम्लेर उठाएँ–तपाईंमाथि । मलाई विश्वास थिएन तपाईंलाई मार्न सकुँला । अहो ! कस्तो भयभीत त्रस्त अनुहार थियो तपाईंको, कस्तो मायालाग्दो आँखा थियो, कस्तो आँट चाहिन्थ्यो तपाईंमाथि प्रहार गर्न अहो ! यो हात, अहिले किन झर्देन ? किन झर्देन ?
श्रीकान्त ः भइहाल्यो छाड यी कुराहर– हत्यारा तिमी होइनौ । हत्या गर्ने आदेश पायौ, पालन ग¥यौ । तिमी इमानदार नोकर थियौ ।
रघुवीरसिंह ः हैन मास्टरसाहेब म पापी हुँ । ज्वालारानी नरुनोस् मैले तपाईंका बच्चाहरुको त्यस रात हत्या गरेँ । उनीहरु ‘ममी, ममी’ कराउँदै थिए, ‘पापा,पापा’ बोलाउँदै थिए । कस्तो ह्रदय त्यो होला जो पग्लँदैन ? म छटपटिएँ, मेरा हातहरु फतक्क गले, आँखाबाट आँसु झरे, म रोएँ ज्वालारानी, म रोएँ । म रोएँ तर त्यो कस्तो बाबु होला जो यो दृश्य सहजै हेर्न सक्छ ? पापा, पापा भन्दाखेरि एक अँगालोसम्मन् दिँदैन–आँखामा मायाको एक झल्कोसम्मन् उदाउँदैन ।
ज्वाला ः भो नभन, म सुन्न सक्तिँन, सहन सक्तिनँ ।
रघुवीरसिंह ः के मेरो मात्रै हात उठ्थ्यो–ती बच्चाहरुमाथि के मेरो मात्रै आत्मा मान्थ्यो तिनीहरुलाई मार्न, ती कलिला बच्चाहरुप्रति मेरो केको रिस, केको इबी ? कसरी कङ्कला स्वरले उनीहरु रोइरहेका थिए । मैले आफ्नो आत्मालाई कसरी मार्न प¥यो ! कसरी थिच्नुप¥यो ! आँखाको आँसुलाई घुटुक्क पिएर एक जल्लादको काम गर्नुप¥यो । म त्यसै बखतमा मर्नुपथ्र्याे हात उठ्नुभन्दा पहिले । मेरो हात त्यसै बखत कुहिनुपथ्र्याे, उनीहरुलाई निमोठ्नुभन्दा पहिले । मैले आँखा चिम्लेर हत्या गरेँ । घरमा आएर पछि रोएँ, राएर ढुनमुनिएँ । त्यस दिनदेखि म बौलाहा भएँ । म मानिस रहिनँ । अनि जसलाई मार भन्यो सजिलोसँग मारिदिन्थेँ, एउटा पागलझैं । तपाईंलाई मारेँ मास्टरसाहेब बिनाअत्तोपत्तोसँग ।
श्रीकान्त ः मलाई मार्नू भन्ने अडर तिमीले पायौ मा¥यौ, मलाई त्यसको केही अपसोच छैन । तर तिमीले अघि भनेझैं मैले न किसानहरुलाई विपिनबाबूको विद्रोह गर्न उचालेको थिएँ, न विपिनबाबूसँग मेरो कुनै सम्बन्ध थियो । हो, बरु बराबर क्लासमा भन्ने गर्थें, अत्याचार सहनुहुन्न । सहने बानी बसाल्नु हुन्न । हो, बराबर सर्वसाधारण किसानलाई औषधि बाँड्थेँ, सिकाउँथेँ, मदत गर्थें ।
रघुवीरसिंह ः यही त उहाँलाई मन पर्दैनथ्यो । तपाईं उहाँका दासहरुले जस्तो उहाँलाई गर्न हुन्थेन र टाउको ठाडो पारेर हिँड्नुुहुन्थ्यो । के यही उहाँलाई विष भएन ? तपाईंको नाम उहाँले ‘गोवन सर्प’ राख्नुभएको थियो । जो उहाँको विरुद्ध कलिकति मात्र शिर उठाउँछ, त्यसलाई सर्वनाश गर्न उहाँ तम्सिहाल्नुहुन्थ्यो । के उहाँलाई गाउँमा स्कुल भएको मन परेको थियो ? थिएन । कसैले पढेको मन परेको थियो ? थिएन । यही अपराध तपाईंको थियो उहाँको निमित्त । अनि म त्यसैले खटिएँ, थाहा थियो मलाई, तपाईं बिछट्टै असल हुनुहुन्थ्यो तर मैले तपाईंलाई नमारेको खण्डमा पहिलेका ज्यानहरु, जुन मैले मारेँ, त्यस दोषमा उहाँले मलाई पक्राइदिनुहुन्थ्यो वा मार्नुहुन्थ्यो ।
शुत्रुघ्न ः होइन रघुवीर दाइ, फेरि किन मा¥यो त तिमीलाई ?
रघुवीरसिंह ः यो हुस्सूलाई त्यति पनि थाहा छैन ।
ज्वाला: रघुवीर, कसरी मेरा ती फूलजस्ता कलिला बच्चाहरु कल्पेर मरे होलान् उफ् ! मेरो त मगजले काम गर्दैन ।
श्रीकान्त: भो नकल्पनोस् । त्यो धरतीको कथा धरतीमा नै टुङ्गिसक्यो । हामी यहाँ छँदैछैनौँ, त्यो अस्तित्व हाम्रो हुँदै हैन बरु हामी त्यही हौँ अब । बरु आश्चर्य यो छ आज हामी किन सब सम्झनलाई बिउँझेका छौँ वा ज्यूँदाजस्ता छौँ, पुरानो अस्तित्वमा हामी किन आयौँ ?
ज्वाला: यही दुःख खप्नलाई । मेरा छोराछोरी दुवै मारिएका वृत्तान्त सुन्नलाई । उफ् ! ती बच्चाहरु त्यहाँ ज्यूँदा मात्र भइदिएका भए–
रघुवीरसिंह: मैले सुनाउनु नपर्ने । तर के गर्नु ? मेरो छाती त्यही कुराले जलिरहेछ, मनमा पश्चाताप हुन्छ । घरीघरी त्यही मात्र सम्झना हुन्छ । बदला लिन्छु !
श्रीकान्त ः के कुरा गर्छौ तिमी बदलाको, के फर्कन सक्छौ तिमी धरतीमा ? हामी यसै ठाउँमा यसै गरी रहन बाध्य छौँ । बरु नबिउँतेको भए जसरी अघि थियौँ स्मृतिहीन, रुपहीन, स्पन्धनहीन, शून्यतामा लीन ! को यतैतिर दौडँदै आइरहेछ ? (एउटा स्वास्नीमान्छे दौडँदै पस्छिन्) को तिमी ?
स्वास्नीमान्छे ः म किन चाहियो तपाईंहरुलाई ? म जोसुकै हुँ । बरु मलाई भन्नोस् यस ठाउँमा बस्ने कुनै होटेलसोटेल छैन ?
श्रीकान्त ? होटेल ?
स्वास्नीमान्छे ः हो, होटेल । किन छक्क परेर हेरिरहनुभएको मलाई ? ओ दिदी, तपाईं नै भन्नोस् यहाँ कतै बस्ने होेटेल छैन ?
ज्वाला ः तपाईं भर्खर आउनुभएको हो ?
स्वास्नीमान्छे ः हो, हो, आउँदैछु । बरु मलाई हतार छ ।
रघुवीरसिंह ः त्यसैले उहाँलाई केही थाहा रहेनछ । भनिदिनोस् न मास्टरसाहेब, यहाँ होेटेल छैन भनेर
स्वास्नीमान्छे ः के रे होटेल छैन ? कस्तो सहर त यो एउटा जाबो होटेल पनि नभएको ।
श्रीकान्त ः केमा आउनुभयो तपाईं यहाँ ? त्यसै हिँडेर ?
स्वास्नीमान्छे ः किन जिस्क्याउनुहुन्छ ? म मोटरमा आएको ।
ज्वाला ः मोटर ?
रघुवीरसिंह ः मोटरमा चढ्नुभा’थ्यो । गुडेर आउनुभयो । यहाँलाई थाहा छैन–हामी सबै मरेका प्राणी भन्ने कुरा । हामीहरु सब मुर्दा ।
स्वास्नीमान्छे ः मुर्दा ? मसँग ठट्टा गर्ने तपाईंहरु ? मलाई ठट्टसट्टा मन पर्दैन सुनाइदिएको छु, दिदी, भन्नोस् न कहाँ छ बस्ने ठाउँ ? मलाई हतार छ, त्यो लखेट्तै आइरहेछ ।
श्रीकान्त ः कसले लखेट्त्तै आइरहेछ ?
स्वास्नीमान्छे ः जसले भए पनि तपाईंलाई केको चासो ? दिदी, हेर्नाेस् त्यसले मलाई भेट्टायो भने नमारी छाड्दैन । नमारी छाड्दैन । तपाईंलाई त्यस्तै अप्ठ¥यारो छ भने नभन्नोस् म आफैं खोज्न जान्छु होटेल ।
श्रीकान्त ः पर्खनुहोस् तपाईंलाई कसले मार्छ, त्यो पनि भन्नुभएन, त्यस मानिसको नाम पनि बताउनुभएन, अब साँचो कुरा सुन्नुस् । तपाईं मरिसक्नुभयो –कुनै दुर्घटनाले वा कसैले हत्या गरेर । तपाईं अहिले पृथ्वीमा हुनुहन्न । यो मृतकहरु बस्ने लोक हो; अब बुझ्नुभो यहाँ कहाँ होटेल ?
स्वास्नीमान्छे ः के भन्नुभयो –म मरिसकेँ ? म जिउँदै छु, कसरी म मर्न सक्छु ? म मर्न सक्तिनँ । मलाई त्यसले मार्न सक्तैन । त्यही मार्छ भनेर त म घरबाट भागेर हिँडेकी, अत्तोपत्तो नै नदिईकन । हो म घरमा भएको भए मारिन्थेँ । विष खुवाउन तयार थियो ऊ, या घाँटी थिचेर पनि माथ्र्याे मलाई । त्यस्तो डरलाग्दो क्रुर थियो । मलाई बराबर ‘हात्तीले कुल्चाएर मार्छु’ भन्थ्यो ।
ज्वाला ः हात्ति !
रघुवीरसिंह ः के तपाईंको घरमा हात्ती थियो ?
स्वास्नीमान्छे ः के जमिनदार र यसको घरमा हात्ती हुँदैन, के सोधेको होला ?
रघुवीरसिंह ः त्यसो भए तपाईं त्यही आइमाई हो, मैले चिनेँ । तपाईंको नाम मलाई याद छ, अनुहार याद छ, स्वर पनि चिनेँ । तपाई कृष्णारानी होइन ? विपिनबाबुकी जहान ।
स्वास्नीमान्छे ः हुँ त के भयो ?
रघुवीरसिंह ः मलाई चिन्नुभएन ? म त्यही रघुवीरसिंह त हुँ नि !
कृष्णारानी ः तिमी रघुवीरसिंह ! तिमी त सर्पले टोकेर मरिसकेका थियौ नि । तिमीलाई जलाएको नै देख्या’ मैले हुँ ।
रघुवीरसिंह ः म त्यही त हुँ नि । यहाँ ज्वालारानी हुनुहुन्छ । तपाईंभन्दा पहिले विपिनबाबूकी श्रीमती ।
कृष्णारानी ः हो, मैले चिनेँ अहिले, तस्बिरमा देखेको थिएँ उहाँलाई साँच्चै के म …
श्रीकान्त ः हो, तपाईं त्यस धरतीमा हुनुहुन्न ।
कृष्णा ः म मान्नै सक्तिनँ, म मरेँ । म जिउँदोजस्ती नै छु, बोक्न सक्छु, हिँड्न सक्छु । मलाई त्यसले मार्न सक्तैन । म मोटरमा कुदेर भागेकी । मैले उसले दिएको केही खाँदै खाइनँ । म कसरी मर्न सक्छु ?
रघुवीरसिंह ः मोटरको ड्राइभरलाई चिन्नुभा’थ्यो ? थिएन । त्यो ड्राइभरलाई पहिले नै मिलाएको रहेछ भने, के मोटर कतै रोकिएन ?
कृष्णा ? रोकिया’ थियो ।
रघुवीरसिंह ः अनि त्यसपछि के भो, तपाईंलाई थाहा छ ? होस छैन–तपाईंलाई मारेर उसले नदीमा या कतै मिल्काइदियो होला, अनि तपाईं यहाँ आइपुग्नुभो । विपिनबाबूको जाल म बुझ्दछु ।
कृष्णा ः होइन, होइन, म पत्याउनै सक्तिनँ, पत्याउनै सक्तिनँ, म कसरी मर्न सक्छु ? मलाई उसले कसरी ?
ज्वाला ः मलाई कसरी त्यस राक्षसले मा¥यो, त्यसरी तिमीलाई मार्न सक्छ । मेरा बच्चाहरुलाई कसरी त्यसले मा¥यो, त्यसरी नै तिमीलाई मार्न सक्छ । त्यसले मार्न सक्छ, त्यो पापी दुष्टले मार्न सक्छ । बहिनी ! तिमीलाई त्यसले मा¥यो, मा¥यो ।
कृष्णा ः त्यसो भए म मरेँ मोटरमा, म यहाँ आएको होइन ?
रघुवीरसिंह ः तपाईं बेहोस् हुनुभयो । मोटरमा आएको भान भयो ।
कृष्णा ः म मरेँ उफ् म मरेँ ! म मर्दिन बाबा, त्यसको हातबाट म मर्दिनँ ।
श्रीकान्त ः नहडबडाउनुहोस् ।
कृष्णा ः मैले त्यसले मार्छ भन्ने थाहा पाउनेबित्तिकै कस्तो चलाखी गरेर त्यहाँबाट भागेको, मैले थाहा पाएको थिएँ दिदी, तपाईंलाई त्यसले मारेको कुरा । झन् त्यसबखतदेखि नै म सतर्क भएँ । त्यसको माया मप्रति फोस्रो थियो भन्ने कुरा केही महिनामा नै थाहा पाएँ । अर्की आइमाई नपाउन्जेल त्यसले मलाई माया ग¥यो, भनेको जस्तो राख्यो पनि । तर जब आइमाई पायो, मलाई गाली गर्ने, पिट्नेचुट्ने गर्न थाल्यो–मेरो सानो छोरालाई सर्पले टोक्यो भनेर मारेर मिल्काइदियो । त्यस दिनेदेखि नै म झस्केँ । एउटी बुढिया नोकर्नीले मलाई भाग्ने सल्लाह दिई नत्र त्यसै बखत मारिने रहेछु । विष ल्याएर राखेको पनि पत्तो पाएँ । खानेकुरा त्यसदिनदेखि छुँदै छोइनँ । निराहारजस्तो बसिदिएँ । स्वास्नीमान्छे फेरि–फेरि ल्याउने बानी उसको रहेछ । एउटीलाई मा¥यो, अर्कीलाई ल्यायो, ओहो ! म कसरी फुत्केर भागेकी थिएँ । म कसरी मर्न सक्छु ? म मर्दिनँ बाबा, मर्दिनँ ।
ज्वाला ः उसको पहिलो सिकार म भएँ । दोस्रो सिकार तिमी भयौ । अब तेस्रो कुनै अर्की होली ।
रघुवीरसिंह ? यी सबको बदला लिन्छु । थाहा छ कृष्णारानी तपाईंलाई ? मलाई सबै जनालाई मार्न लगायो–यहाँहरु सबलाई मारें र अन्तमा मलाई नै मारिदियो । मेरो सामुन्ने भएको भए अहिले ।
श्रीकान्त ः कृष्णारानी तपाईंलाई मर्न मन थिएन । मर्न कसलाई मन लाग्छ ? धरतीको न्यानो घाम कसलाई छाड्न मन लाग्छ ? तपाईं मारिनुभयो जालमा परेर ।
कृष्णाः के म साँच्ची मरेँ ? मेरो केही जोड चलेन । भन्नोस् न म साँच्ची मरे ?
श्रीकान्त ः त्यो बूढो हात्ती अझ ज्यूँदो छ । हामी यहाँ मरिसक्यौँ, त्यो बूढो हात्ति ज्यूँदो छ ।
कृष्णाः छ, हात्ती ज्यूँदो छ ।
श्रीकान्त ः हात्ती नमरुन्जेल त्यो मर्दैन, त्यसको अत्याचार मर्दैन । कोही यतै आउँछैछ फेरि ।
कृष्णा ः को त्यो ? छाँटकाँटले उही जस्तो छ । उही भए कसरी बस्नु यहाँ ?
रघुवीरसिंह ः को भन्नुभयो ? ए ! बुझेँ उही त हो नि, यतै आइरहेछ । मेरो मुराद पुग्ने भो ।
ज्वाला ः को उही भनेको ?
रघुवीरसिंह ः विपिनबाबू ।
ज्वाला ः विपिनबाबू, अहो ! म यहाँ कसरी बस्नु ? म त्यस्ता निर्दयीको सामुन्ने बस्न सक्तिनँ, मुखै हेर्न सक्तिनँ (हिँड्न खोज्छे, हिँड्न सक्तिनँ) के भो मेरो खुट्टालाई ? मैले हिँड्न बिर्सेँ के भो यो ?
रघुवीरसिंह ः उः आइपुग्यो, यतै आओस् ।
श्रीकान्त ः लौ आयो । (विपिनबाबू भित्रै पस्छन्)
रघुवीरसिंह ः आउनोस् विपिनबाबू । धेरै दिनपछि तपार्यंको दर्शन पाएँ । आउनोन्, स्वागत छ ।
श्रीकान्त ः साँच्ची विपिनबाबू रहेछ ।
विपिन ः (यताउती हेरेर) म, म यहाँ कहाँबाट आइपुगेँ ?
रघुवीरसिंह ः तपाईंले हामीलाई चिन्नुभएन ? उः ज्वालारानी, उः कृष्णारानी, यो शत्रुघ्न,–तपाईंको नोकर, मास्टरसाहेब श्रीकान्त, मलाई पनि चिन्नुभएन ? म रघुवीर तपाईंको अनन्य भक्त सेवक ।
विपिन ः (झस्केर) रघुवीर ! तिमी कृष्णा कसरी आइपुग्या’ यहाँ ?
श्रीकान्त ः जसरी तपाईं आइपुग्नुभो ।
विपिन ः कृष्णा त मरिसकेकी थिई ।
कृष्णाः हो, कृष्णा त मरिसकेकी, म मरिसकेको, तपाईंलाई कसले आउनू भन्यो यहाँ ? के यहाँ पनि हामीलाई दुःख दिन नछाड्ने, के यहाँ पनि पछ¥याउँदै आएको ?
ज्वाला ः त्यस्तासँग पनि कुरा गर्नु बहिनी, भो छाड म त मुखै हेर्दिनँ, मेरा बच्चाहरुसम्मन् हत्या गराउने, राक्षस !
विपिन ः को ज्वाला ? तिमीलाई सरम लाग्दैन राक्षस भन्न, म त तिम्रो लोग्ने पो ।
कृष्णा ः यस्ता लोग्ने( अनुहार हेरेर) जसले आफैँले जन्माएको सन्तानलाई भनेन, सबलाई मार्न लगायो । आज साँच्चीलो भएर लोग्ने भनिटोपल्ने । लाज छैन लोग्ने भनाउन ?
विपिन ः रघुवीर, तिमी के सुन्दैछौ, यस्ताहरुलाई…..
रघुवीरसिंह ः पुरानो बानी तपाईंको छुटेको रहेनछ । यहाँ तपाईंको खटनपटन केही चल्दैन, अडर–आदेश केही चल्दैन । सुन्नभयो ? तपाईं पनि हामीसरह मुर्दा !
विपिन ः म मुर्दा ! मैले साँच्ची त्यसो भए विष पिएँ त, मलाई शङ्का मात्र लाग्या’ थियो –त्यस बुढियाले गल्तीले विष भएको सिसी लल्याइन ?
श्रीकान्त ः त्यसो भए तपाईं गल्तीले मर्नुभयो । कोही गल्तीले मर्छन्, कसैलाई मार्न लगाइन्छ । तपाईंले हामी सबलाई मार्न लगाउनुभयो । आफू गल्तीले मर्नुभयो । फरक केही भएन । मृत्यु त दुवै एकै हो ।
रघुवीरसिंह ः कहाँ एकै हो ? यहाँले गरेको पाप, अपराध, अन्याय, सबको जबाफ यहाँ अहिले दिनुपर्छ ।
विपिन ः म त्यसो भए मरिसकेँ ? म मरिसकेँ । अहो, कस्तो गल्ती गर्न पुगेँ । त्यो सिसीलाई जाँची हेर्नुपर्ने मैले । ठूलो गल्ती भो, गल्ती भो अब । त्यो चञ्चला के गरिरहेकी होली ?
कृष्णाः तपाईंको नाम भजिरहेकी होली, दुःखमनाउ गरिरहेकी होली, छाती पिटी–पिटी रोइरहेकी होली, थाहा पाउनुभो ?
विपिन ः तिमी नकराउ, कृष्णा । तिमीलाई अझ यहाँ जेसुकै गरेर देखाउन सक्छु बुझ्यौ तिमीले ?
ज्वाला ः के गर्न सक्नुहुन्छ यहाँ तपाईं ? मारिसकेर पनि अझ चित्त बुझ्या’ छैन तपाईंलाई ? खै मेरा ती छोराछोरी ? तिनीहरुको कलेजो खाएर पनि तपाईंको धीत मरेन ?
विपिन ः कस्तो कराउँछे यो, ज्वाला तिमीसँग कसैले कुरा ग¥या’छैन । तिमीलाई मैले उहिले नै बिर्सिसक्या’ थिएँ ।
रघुवीरसिंह ः तपाईं यहाँ मलाई अडर दिनुहुन्छ ? शत्रुघ्न पनि यहीँ छ ।
विपिन ः श्रीकान्त, के म मरिसकेर यहाँ आइपुगेको, अनौठो भो । अब म के गरुँ ?
रघुवीरसिंह ः विपिनबाबू सुन्नोस् । तपाईं आरामसँग बस्न सक्नुहुनछ । बरु के भने, पृथ्वीमा जस्तो ठूलो घर पाउनुहुन्न । न शासन गर्नलाई यहाँ रैती दुनियाँ नै पाउनुहुन्छ । खालि के भने, हामी छौँ तपाईंलाई चिन्ने मानिस– तपाईंले गरेको पाप, अत्याचार हत्याको बारेमा हामीलाई थाहा छ, त्यो कुरा सम्झाई–सम्झाई तपाईंलाई वीर गराउन सक्छौँ । तपाईँले मारेका मानिसहरु निरन्तर तपाईंको मुखमा थुकिरहरन सक्छन् ।
विपिन ः श्रीकान्त, सुन्नुभो यसको कुरा ? मेरो नोकर भएर मलाई यस्तो कुरा भन्न डराउँदैन ।
रघुवीरसिंह ः विपिनबाबू तपाईंले मलाई सबको हत्या गराउन लगाउनुभयो, अडर मान्दै आएँ । अनि तपाईंले मेरै हत्या गर्नुभयो । त्यो पनि सहेँ । अझ यहाँ आएर मलाई तर्साउन खोज्नुहुन्छ ?
श्रीकान्त ः भो किन कुरा बढाउने ?
ज्वाला ः यस्तालाई मुखमा थुक्न पनि हामीले घिनाउनुपर्छ, बुझ्यो रघुवीर !
कृष्णाः अझ यहाँ आउर पनि पुरानो रबाफ धाक देखाउन खोज्छ ।
रघुवीरसिंह ः भो छाड्नोस् श्रीकान्तबाबु, यिनीसँग आज बदला लिइछाड्छु ।
विपिन ः केको बदला भन्छस् ए छुसी ?
रघुवीरसिंह ः तपाईंले मार्न लगाएको बदला, मैले यत्तिकालाई मारेँ, निर्दाेष अबला सबलाई । थाहा पाउनुभयो यसको बदला ! लौ आऊ म तिमीसँग भिड्छु, जुध्छु । सके मार्छु ।
श्रीकान्त ः के कुरा ग¥या रघुवीर ! हामी त मरि नै सकयौँ नि, के मार्छौ उसलाई फेरि । भो नबाझ । बरु यस्ता घृणित पशुसँग सम्बन्धे नराखौँ, बोल्दै नबोलौँ । हिँड ।
रघुवीरसिंह ः कहाँ छाड्छु र म त्यसो भए पनि !
विपिनः रघुवीर लौ आ । (विपिन हात उठाउन खोज्छ, उठ्देन खुट्टा चलाउन खोज्छ, चल्दैन) के भो मलाई श्रीकान्त, मेरा हात–गोडा नै चल्दैनन् ।
श्रीकान्त ः अब मुख चल्न पनि बन्द हुन्छ, तिमी पत्थर हुँदैछौ ।
रघुवीरसिंह ः हो तिमी पत्थर भयौ । हामी तिम्रो मुखमा थुक्न सक्छौँ अब । (रघुवीर थुक्छ ।)
विपिन ःलौ थुक् थु….(पूर्णरुपेण पत्थर भइसक्छ ।)
कृष्णा ः लौ पत्थर भइसक्यो, हामी पनि त्यस्तै, अहो मलाई डर लाग्यो ।
श्रीकान्त ः हामी सब पत्थर हुन्छौँ, शिलाखण्ड हुन्छौँ; स्मृतिहीन, संज्ञाहीन, अस्तित्वहीन ।
कृष्णाः दिदी !
ज्वाला ः म मेरा बच्चाहरु…(पत्थर भइसक्छे ।)
रघुवीरसिंह ःमैले त्यसको अनुहारमा थुकिसकेँ । मलाई पत्थर भए पनि केही छैन अब…
कृष्णा ः श्रीकान्त, बोल्नोस्, म पत्थर हुन्छु । (श्रीकान्त बोल्दैन, पत्थर भइसक्छ) अहो ! म पनि पत्थर हुन्छु, सब जना पत्थर भइसके– म के गुरुँ अब(भाग्ने कोसिस गर्छे, दौडन्छे, लोट्छे, चिच्च्याउँछे, कराउँछे, घोप्टिन्छे, पत्थर हुन्छ ।)


-->

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज

खेमराज गौतम, ढोरपाटन (बागलुङ) । नेपाल उद्योग वाणिज्य महासङ्घले हाल शिथिल जस्तो देखिएको मुलुकको

काठमाडौँ । वरिष्ठ पत्रकार याम शर्मा पौडेलको निधन भएको छ । ७० बर्षको उमेरमा

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुहाका ५३ वर्षीय चन्द्रकान्त डुम्रेले मौसमी तथा बेमौसमी