back
CTIZAN AD

टर्कीको केन्द्रीय बैंकका गभर्नर राष्ट्रपतिको आदेशमा बर्खास्त

वि.सं.२०७६ असार २२ आइतवार

654 

shares

२२ असार, अङ्कारा । । टर्कीले यहाँको केन्द्रीय बैंकका गभर्नरलाई वर्खास्त गरेको राष्ट्रपतिको कार्यालयले शनिबार जानकारी गराएको छ ।

सन् २०१६ मा गभर्नरको जिम्मेवारी पाएका मुरत सेतिन्कायलाई शनिबार प्रकाशित राजपत्रमा राष्ट्रपतीय घोषणा सार्वजनिक भएको हो । सेतिन्कायको स्थान यसअघि डेपुटी गभर्नरका रूपमा कार्यभार सम्हाल्दै आएका मुरत यूसाले गर्नेगरी तोकिएको छ ।

सेतिन्कायलाई किन हटाइएको भन्नेबारे पत्रमा कुनै कारण उल्लेख गरिएको छैन ।

व्याजदर कटौतिका लागि सरकारले गरेको प्रस्तावमा सेतिन्कायले नमानेपछि सरकार र बैंकबीचको विवाद बाहिरिएपछि उन लाई हटाउने हल्लाहरू भने नागरिक स्तरमा नै चर्चा भएका थिए ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बैंकलाई उच्च ब्याजदर घटाउन पटक पटक निर्देशन दिएपनि सेन्तिकायले प्राविधिक समस्या देखाउँदै परिवर्तन गर्न आनाकानी गर्दै आएका थिए ।
राष्ट्रपतिले उच्च ब्याजदरलाई ‘सबै दुर्जनहरूको अविभावक’ को सज्ञा दिँदै आएका हुन् ।

गत अगस्टमा टर्कीको मुद्रामा देखिएको सङ्कटसँगै आधार विन्दुबाट ६२५ अङ्क वृद्धि गर्दै ब्याजदरलाई २४ प्रतिशत पु¥याएका थिए । सेतिन्कायले ब्याजदर वृद्धिलाई निर्विकल्प उपाय बताउँदै आएका थिए ।

नवघोषित गभर्नरले आफूले मौद्रिक नीतिमा आधारित भएर ‘स्वतन्त्र’ रूपमा काम गर्ने, मूल्यको स्थिरता प्रत्याभूत गर्नु आफ्नो प्रमुख लक्ष्य रहने बताएको केन्द्रीय बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नयाँ कार्यक्रमबारे उनले आगामी दिनमा छिट्टै पत्रकार सम्मेलन गरी जानकारी दिने पनि बैंकद्वारा जारी विज्ञप्तिमा बताइएको छ ।

टर्कीको मुद्रास्फीति दर मे महिनामा १८।७१ रहेकोमा जुनमा १५।७२ कायम भएको बुधबार सार्वजनिक सरकारी तथ्याङ्कहरूमा उल्लेख छ । उक्त दर यस बर्षको शुरूदेखि अहिलेसम्मकै सवैभन्दा निम्न दर हो । (रासस÷एएफपी)

वि.सं.२०७६ असार २२ आइतवार १२:१६ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...