back

टर्कीको केन्द्रीय बैंकका गभर्नर राष्ट्रपतिको आदेशमा बर्खास्त

वि.सं.२०७६ असार २२ आइतवार

549 

shares

२२ असार, अङ्कारा । । टर्कीले यहाँको केन्द्रीय बैंकका गभर्नरलाई वर्खास्त गरेको राष्ट्रपतिको कार्यालयले शनिबार जानकारी गराएको छ ।

सन् २०१६ मा गभर्नरको जिम्मेवारी पाएका मुरत सेतिन्कायलाई शनिबार प्रकाशित राजपत्रमा राष्ट्रपतीय घोषणा सार्वजनिक भएको हो । सेतिन्कायको स्थान यसअघि डेपुटी गभर्नरका रूपमा कार्यभार सम्हाल्दै आएका मुरत यूसाले गर्नेगरी तोकिएको छ ।

सेतिन्कायलाई किन हटाइएको भन्नेबारे पत्रमा कुनै कारण उल्लेख गरिएको छैन ।

व्याजदर कटौतिका लागि सरकारले गरेको प्रस्तावमा सेतिन्कायले नमानेपछि सरकार र बैंकबीचको विवाद बाहिरिएपछि उन लाई हटाउने हल्लाहरू भने नागरिक स्तरमा नै चर्चा भएका थिए ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बैंकलाई उच्च ब्याजदर घटाउन पटक पटक निर्देशन दिएपनि सेन्तिकायले प्राविधिक समस्या देखाउँदै परिवर्तन गर्न आनाकानी गर्दै आएका थिए ।
राष्ट्रपतिले उच्च ब्याजदरलाई ‘सबै दुर्जनहरूको अविभावक’ को सज्ञा दिँदै आएका हुन् ।

गत अगस्टमा टर्कीको मुद्रामा देखिएको सङ्कटसँगै आधार विन्दुबाट ६२५ अङ्क वृद्धि गर्दै ब्याजदरलाई २४ प्रतिशत पु¥याएका थिए । सेतिन्कायले ब्याजदर वृद्धिलाई निर्विकल्प उपाय बताउँदै आएका थिए ।

नवघोषित गभर्नरले आफूले मौद्रिक नीतिमा आधारित भएर ‘स्वतन्त्र’ रूपमा काम गर्ने, मूल्यको स्थिरता प्रत्याभूत गर्नु आफ्नो प्रमुख लक्ष्य रहने बताएको केन्द्रीय बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नयाँ कार्यक्रमबारे उनले आगामी दिनमा छिट्टै पत्रकार सम्मेलन गरी जानकारी दिने पनि बैंकद्वारा जारी विज्ञप्तिमा बताइएको छ ।

टर्कीको मुद्रास्फीति दर मे महिनामा १८।७१ रहेकोमा जुनमा १५।७२ कायम भएको बुधबार सार्वजनिक सरकारी तथ्याङ्कहरूमा उल्लेख छ । उक्त दर यस बर्षको शुरूदेखि अहिलेसम्मकै सवैभन्दा निम्न दर हो । (रासस÷एएफपी)

वि.सं.२०७६ असार २२ आइतवार १२:१६ मा प्रकाशित

Himalayan Life AD
अलास्का-युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प

अलास्का-युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प

लस एन्जलस  । अमेरिकी राज्य अलास्का र क्यानाडाको युकोन क्षेत्रको...

गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको दुःखद मृत्यु

गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको दुःखद मृत्यु

मुम्बई । भारतको लोकप्रिय पर्यटक गन्तव्य गोवामा अवस्थित एक नाइटक्लबमा...

हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन

हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन

हङकङ । हङकङका नेता जोन लीले गत हप्ता एउटा अपार्टमेन्ट...

नयाँदिल्लीमा वायु प्रदूषण तिव्र

नयाँदिल्लीमा वायु प्रदूषण तिव्र

नयाँदिल्ली । पछिल्लो समयमा बढ्दो वायु प्रदुषणका कारण भारतको नयाँदिल्ली...

नुनका नदीहरू  : जलवायु परिवर्तनसँग बङ्गलादेशको तटीय जीवन सङ्घर्ष

नुनका नदीहरू  : जलवायु परिवर्तनसँग बङ्गलादेशको तटीय जीवन सङ्घर्ष

खुल्ना (बङ्गलादेश) ।  विशाल हिमाली नदीहरू समुद्रको अँगालोमा प्रवेश गर्ने बङ्गलादेशको...

मलेसियामा बाढीका कारण दश हजार भन्दा बढी मानिसहरु विस्थापित

मलेसियामा बाढीका कारण दश हजार भन्दा बढी मानिसहरु विस्थापित

क्वालालम्पुर (मलेसिया) । मलेसियामा हालै आएको बाढीको कारण दश हजार...